प्रतिनिधि सभा | |
---|---|
दोस्रो सङ्घीय संसद | |
प्रकार | |
प्रकार | नेपालको सङ्घीय संसदतल्लो सभा |
समयावधि | ५ वर्ष |
इतिहास | |
पूर्ववर्ती | नेपालको दोस्रो संविधान सभा |
नेतृत्वकर्ता | |
संरचना | |
सिट | २७५ |
![]() | |
सरकार (१८२)
बाह्य समर्थन (१३) प्रतिपक्ष (८०)
| |
निर्वाचन | |
समानान्तर मत प्रणाली:
| |
४ मङ्सिर २०७९ | |
बैठक स्थल | |
![]() | |
अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, नयाँ बानेश्वर, काठमाडौँ, नेपाल | |
वेबसाइट | |
hr |
प्रतिनिधि सभा नेपालको सङ्घीय संसदको तल्लो सदन हो; सङ्घीय संसदको माथिल्लो सदन भने राष्ट्रिय सभा हो। प्रतिनिधि सभाका सदस्यहरू समानान्तर मतदान प्रणालीबाट निर्वाचित हुन्छन्। प्रतिनिधि सभाका सदस्यहरूको कार्यकाल राष्ट्रपतिद्वारा मन्त्रिपरिषद्को सुझावमा सभा पहिल्यै विघटन नगरिएको खण्डमा ५ वर्षको रहन्छ। सभाको बैठक अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, बानेश्वर, काठमाडौँमा हुन्छ।
प्रतिनिधि सभाका २७५ सदस्यहरूको चयन मिश्रित निर्वाचन प्रणाली अन्तर्गत दुई तरिकाले गरिन्छ; १६५ सदस्यको चयन एकल-मतदान निर्वाचन क्षेत्रबाट प्रत्यक्ष निर्वाचन प्रणालीमार्फत र बाँकी ११० सदस्यको चयन एक राष्ट्रव्यापी निर्वाचन क्षेत्रबाट बन्द सूचीको समानुपातिक निर्वाचन प्रणालीद्वारा गरिन्छ।[१] प्रत्येक मतदाताले दुईवटा विधिहरूको लागि छुट्टाछुट्टै मतपत्र पाउँछन्। समानुपातिकतर्फ कुनै पनि एक पार्टी वा चुनावी गठबन्धनले एउटा सिट छुट्याउन समग्र वैध मतदानको ३% मत पाउनु पर्ने व्यस्था गरिएको छ।[२] प्रतिनिधि सभाको कार्यकाल, पहिल्यै विघटन नगरिएको खण्डमा, आफ्नो पहिलो बैठकको लागि तोकिएको मितिदेखि ५ वर्षसम्मको रहन्छ। यद्यपि आपतकालिन अवस्थामा प्रतिनिधि सभाको कार्यकाल सङ्घीय कानुन बमोजिम बढिमा एक वर्ष थप हुन सक्छ।
वर्तमान प्रतिनिधि सभा वि.सं. २०७९ मा निर्वाचित भएको थियो र यसको पहिलो बैठक वि.सं. २०७९ पौष २५ मा बसेको थियो।[३][४][५]
प्रतिनिधि सभाका बारेमा सर्वप्रथम "नेपालको अधिराज्यको संविधान, २०४६" द्वारा निर्दिष्ट गरिएको थियो जसले संसदको तत्कालीन पञ्चायत प्रणालीलाई द्विसद्रीय संसदमा प्रतिस्थापित गर्यो। तत्कालीन प्रतिनिधि सभामा एकल सदस्य निर्वाचन क्षेत्रबाट प्रत्यक्ष रूपमा २०५ सदस्यहरू निर्वाचित थिए। ५ वर्षीय अवधि भएतापनि सभाको कार्यकाल समाप्त हुनुभन्दा अघि प्रधानमन्त्रीको सल्लाहमा राजाले यसलाई विघटन गर्न सक्थे।
वि.सं. २०५९ वैशाख (सन् २००२ मे) मा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाको सल्लाहमा राजा ज्ञानेन्द्रले प्रतिनिधिसभालाई विघटन गरे। त्यसवेला गृहयुद्धका कारण चुनाव हुन सकेन, जसको परिणामस्वरूप राजा ज्ञानेन्द्रले एकल राज सुरु गरे। वि.सं. २०६३ (सन् २००६) को लोकतन्त्र आन्दोलनपछि राजाले अघिल्लो प्रतिनिधि सभालाई पुनर्स्थापित गरे। वि.सं. २०६३ माघ १ (सन् २००७ जनवरी १५) मा प्रतिनिधि सभालाई एक अन्तरिम व्यवस्थापिकाका रूपमा परिणत गरियो, जसमा सात दलको गठबन्धन र नेपाल कम्युनिष्ट पार्टी (माओवादी) बीचको सम्झौता अन्तर्गत नियुक्त सदस्यहरू थिए।
वि.सं. २०१५ फागुन १ (सन् १९५९ फेब्रुअरी १२) मा घोषणा गरिएको नेपाल अधिराज्यको संविधानमा पहिलोपटक प्रतिनिधि सभाको बारेमा उल्लेख यसरी गरिएको थियो: "संसदको संरचना यस प्रकारको रहनेछ जसमा श्री ५ सरकारका अतिरिक्त दुई सदन हुनेछन्, जसको नाम क्रमशः महासभा र प्रतिनिधिसभा हुनेछन्।" (नेपाल अधिराज्यको संविधान,२०१५, धारा १)
वि.सं. २०१५ को संविधानलाई वि.सं. २०१९ पौष १ मा रद्द गरियो र नयाँ संविधान (नेपालको अधिराज्यको संविधान, २०१९) घोषणा गर्दै नेपाल अधिराज्यको संसदलाई एक सदनात्मक कायम गरियो।
सदनको संरचना र शक्तिहरू नेपालको संविधानको भाग ८ र ९ द्वारा स्थापित गरिएको छ। प्रतिनिधिसभाको सदस्यको योग्यता संविधानको धारा ८७ का अतिरिक्त प्रतिनिधिसभा निर्वाचन ऐन, २०७४ मा तोकिएको छ।[६]
देहायको कुनै अवस्थामा सङ्घीय संसदको सदस्यको स्थान रिक्त हुनेछः[७]
प्रदेश | निर्वाचन क्षेत्र |
---|---|
कोशी प्रदेश | २८ |
मधेश प्रदेश | ३२ |
वाग्मती प्रदेश | ३३ |
गण्डकी प्रदेश | १८ |
लुम्बिनी प्रदेश | २६ |
कर्णाली प्रदेश | १२ |
सुदूरपश्चिम प्रदेश | १६ |
नाम | दल | पदभार ग्रहण | पद छोडेको | कार्यकाल | |
---|---|---|---|---|---|
कृष्णप्रसाद भट्टराई[८] | नेपाली काङ्ग्रेस | २०१६ असार १९ | २०१७ पुस १ | पहिलो प्रतिनिधि सभा | |
दमननाथ ढुङ्गाना[९][१०] | नेपाली काङ्ग्रेस | २०४८ असार ९ | २०५१ असोज १५ | दोस्रो प्रतिनिधि सभा | |
रामचन्द्र पौडेल[१०] | नेपाली काङ्ग्रेस | २०५१ पुस ३ | २०५५ चैत ९ | तेस्रो प्रतिनिधि सभा | |
तारानाथ रानाभाट[११][१२] | नेपाली काङ्ग्रेस | २०५६ असार ९ | २०६३ वैशाख १५ | चौथो प्रतिनिधि सभा | |
सुवासचन्द्र नेम्वाङ | नेकपा (एमाले) | २०६३ वैशाख ३० | २०६३ माघ १ | अन्तरिम व्यवस्थापिका संसद | |
ओनसरी घर्ती[१३] | नेकपा (माओवादी केन्द्र) | २०७२ असोज २९ | २०७४ असोज २९ | व्यवस्थापिका संसद | |
कृष्णबहादुर महरा[१४][१५] | नेकपा (माओवादी केन्द्र) | २०७४ माघ २७ | २०७६ असोज १४ | पाँचौँ प्रतिनिधि सभा | |
अग्नीप्रसाद सापकोटा[१६] | नेकपा (माओवादी केन्द्र) | २०७६ माघ १२ | २०७९ असोज २ | ||
देवराज घिमिरे[१७][१८][१९] | नेकपा (एमाले) | २०७९ माघ ५ | बहालवाला | छैटौँ प्रतिनिधि सभा |
नाम | दल | पदभार ग्रहण | पदभार छोडेको | कार्यकाल | |
---|---|---|---|---|---|
महेन्द्रनारायण निधि | नेपाली काङ्ग्रेस | २०१६ चैत १८ | २०१७ पुस १ | पहिलो प्रतिनिधि सभा | |
महन्थ ठाकुर | २०४८ असार ९ | २०५१ पुस २ | दोस्रो प्रतिनिधि सभा | ||
रामविलास यादव | राष्ट्रिय प्रजातन्त्र पार्टी | २०५१ पुस ३ | २०५४ असोज २७ | तेस्रो प्रतिनिधि सभा | |
लीला श्रेष्ठ सुब्बा | नेकपा (एमाले) | २०५५ वैशाख २३ | २०५५ असोज २४ | ||
भोजराज जोशी | २०५५ असोज २८ | २०५५ चैत ९ | |||
चित्रलेखा यादव | नेपाली काङ्ग्रेस | २०५६ असार १५ | २०६३ माघ ३ | चौथो प्रतिनिधि सभा | |
अन्तरिम व्यवस्थापिका संसद | |||||
शिवमाया तुम्बाहाम्फे | नेकपा (एमाले) | २०७४ चैत ४ | २०७६ माघ ६ | पाँचौँ प्रतिनिधि सभा | |
पुष्पा भुसाल | नेपाली काङ्ग्रेस | २०७९ असार ३१ | २०७९ असोज २ | ||
इन्दिरा राना मगर | राष्ट्रिय स्वतन्त्र पार्टी | २०७९ माघ ७ | बहालवाला | छैटौँ प्रतिनिधि सभा |
निर्वाचन | प्रतिनिधि सभा | कार्यकाल | सभामुख | |
---|---|---|---|---|
सुरु | अन्त्य | |||
नेपाल अधिराज्यको संसद | ||||
२०१५ | पहिलो प्रतिनिधि सभा | वि.सं. २०१६ जेठ | वि. सं. २०१७ पौष | कृष्णप्रसाद भट्टराई |
२०४८ [२०] | दोस्रो प्रतिनिधि सभा | वि.सं. २०४८ जेठ | वि.सं. २०५१ साउन | दमननाथ ढुङ्गाना[२१][१०] |
२०५१[२२] | तेस्रो प्रतिनिधि सभा | वि.सं. २०५१ असोज | वि.सं. २०५६ वैशाख | रामचन्द्र पौडेल[१०] |
२०५६[२३] | चौथो प्रतिनिधि सभा | वि.सं. २०५६ जेठ | वि.सं. २०५९ वैशाख | तारानाथ रानाभाट[१०][२४] |
अन्तरिम व्यवस्थापिका संसद | वि.सं. २०६३ वैशाख | वि.सं. २०६३ माघ | सुवासचन्द्र नेम्वाङ | |
संघीय संसद | ||||
२०७४ | पाँचौ प्रतिनिधि सभा | वि.सं. २०७४ फागुन | वि.सं. २०७९ असोज | कृष्णबहादुर महरा[२५][२६] (वि.सं. २०७६ असोज १४ सम्म) |
अग्निप्रसाद सापकोटा[२७] (वि.सं. २०७६ माघ १२ देखि) | ||||
२०७९ | छैटौं प्रतिनिधि सभा | वि.सं. २०७९ पौष | हाल | देवराज घिमिरे[२८] |
दल | संसदीय दलका नेता | सदस्य | |
---|---|---|---|
नेपाली कांग्रेस | शेरबहादुर देउवा | ८९ | |
नेकपा (एमाले) | केपी शर्मा ओली | ७९ | |
नेकपा (माओवादी-केन्द्र) | पुष्पकमल दाहाल (प्रचण्ड) | ३२ | |
राष्ट्रिय स्वतन्त्र पार्टी | डोलप्रसाद अर्याल | १९ | |
राष्ट्रिय प्रजातन्त्र पार्टी | राजेन्द्रप्रसाद लिङ्देन | १४ | |
जनता समाजवादी पार्टी, नेपाल | उपेन्द्र यादव | १२ | |
नेकपा (एकीकृत समाजवादी) | माधवकुमार नेपाल | १० | |
जनमत पार्टी | चन्द्रकान्त राउत | ६ | |
लोकतान्त्रिक समाजवादी पार्टी | महन्थ ठाकुर | ४ | |
नागरिक उन्मुक्ति पार्टी | रञ्जिता श्रेष्ठ | ४ | |
नेपाल मजदुर किसान पार्टी | प्रेम सुवाल | १ | |
राष्ट्रिय जनमोर्चा | चित्रबहादुर केसी | १ | |
स्वतन्त्र | ३ | ||
रिक्त | १ | ||
कुल | २७५ |