फोक्सुन्डो ताल | |
---|---|
![]() | |
भौगोलिक निर्देशांक | २९°१२′३०″उ ८२°५७′३०″पू / 29.20833°N 82.95833°E |
सिंचित क्षेत्र | नेपाल |
अधिकतम लम्बाई | ५.१५ किलोमिटर |
अधिकतम चौडाई | ८०० मिटर |
सतहको क्षेत्रफल | ४९४ बर्गकिमी |
अधिक गहिराई | १४५ मिटर |
पानीको आयतन | ४०,९०,००,००० घनमिटर |
सतहको उचाई | ३६१२ मिटर |
फोक्सुन्डो ताल नेपालको डोल्पा जिल्लामा अवस्थित ताल हो। यो ताललाई स्थानीय तहमा रिग्म तालको नामले पनि चिनिन्छ।[१] यो ताल शे-फोक्सुन्डो राष्ट्रिय निकुञ्ज भित्र अवस्थित हिमाली सफापानीको ताल हो। यो ताल ३६११.५ मिटरको उचाइंमा डोल्पा जिल्लामा अवस्थित छ। फोक्सुन्डो ताल नेपालको सबभन्दा गहिरो ताल हो। यो ताल नेपालको डोल्पा जिल्लामा पर्छ। यो ताल समुद्री सतहभन्दा करिब ३९०० मिटरको उचाइमा छ। यस तालको लम्वाइ ४.८ कि.मी., चौडाइ १.६ कि.मी. र गहिराई ६५० मीटर छ। कान्जिरोवा हिमालको काखमा अवस्थित यो ताल 'वाई' आकारको छ। फोक्सुन्डो तालबाट सुलिगाँड झरना निस्केको छ। फोकसुण्डो तालको पानीको घनत्व ४०,९०,००,००० घनमिटर रहेको छ भने पानीको बहाव ३.७१५ घनमिटर प्रति सेकेन्ड रहेको छ।[२] सन् २००४ मा नेपालको जल तथा मौसम विज्ञान विभागद्वारा एउटा सर्वेक्षणमा यस तालको अधिकतम गहिराइ १४५ मिटर (४७६ फिट) रहेको पाइएको थियो।[३] सन् २००७ सेप्टेम्बरमा फोकसुण्डो ताललाई रामसार क्षेत्रमा सुचिकृत गरियो।[४]
यस तालको दक्षिणी छेउमा स्थित रिंग्मो गाउँमा ३०,००० देखि ४०,००० वर्ष पहिला भएको पहिरोको कारण यस तालको उत्पति भएको देखिन्छ।
यस तालको वरिपरीको क्षेत्रमा २० वटा बौद्ध स्तुप रहेको छ भने पूर्व दिशामा एउटा गोम्पा रहेको छ जसमा बौद्ध धर्मावालाम्बीहरू बार्षिक रूपमा यहाँ आएर पुजा पाठ गर्ने गर्छन।