साइटको प्रकार | निजी |
---|---|
संस्थापित | अगस्ट २०१० |
मुख्यालयहरू | गुरुग्राम, भारत |
सेवा क्षेत्र | भारत |
मालिक | एक्सिस बेङ्क |
संस्थापक (हरू) | कुनल शाह सन्दीप टण्डन |
प्रमुख कार्यकारी अधिकृत | प्रशान्त कण्डपाल |
उद्योग | इन्टरनेट |
सेवाहरू | रिचार्ज, भुक्तानी, रकम स्थानान्तरण, सम्झौता, उपहार कार्ड, संयुक्त कोष |
युआरएल | Freecharge |
दर्ता | आवश्यक |
वर्तमान स्थिति | चालू |
फ्रिचार्ज गुरुग्राम हरियाणा, भारतमा आधारित वित्तीय सेवाहरूको लागि एक अङ्कीय बजार हो। फ्रिचार्जका सेवाहरू बचत, भुक्तानी, बीमा, लगानी सहित वित्तीय साधनहरूको निश्चित क्षेत्र भरि उपलब्ध छन्। कम्पनीको ध्यान नवीन उत्पादन र सुविधाहरूको पारिस्थितिक प्रणाली सृजना गर्नु हो जसले विना पैसा लेनदेनलाई सक्षम गर्दछ। फ्रिचार्जका उपभोक्ताहरूले बिजुली, ग्यास र ल्याण्डलाइन प्रयोग गरेबापत यस मार्फत पैसा तिर्न सक्दछन् भने यसका प्रयोगकर्ताहरूले मोबाइल, विस्तृत पट्टी, डिटिएच र मेट्रो कार्डहरूलाई रिचार्ज गर्न पनि सक्दछन्। यसको अतिरिक्त, एक्सिस बेङ्कद्वारा सञ्चालित फ्रिचार्जले प्रयोगकर्ताहरूलाई परस्पर कोषमा लगानी गर्न र फ्रिचार्ज एमआई मार्फत सजिलो ऋण प्राप्त गर्न सक्षम गर्दछ। ८ अप्रिल २०१५ मा, स्न्यापडिलले फ्रिचार्जको अधिग्रहण गरको थियो जुन अहिलेसम्म भारतीय ई-वाणिज्य क्षेत्रको दोस्रो सबैभन्दा ठूलो अधिग्रहण रूपमा परिचित छ। सम्झौता लगभग ४० करोड अमेरिकी डलरको रूपमा नगद र सेयरको लागि रहेको थियो।[१][२] २७ जुलाई २०१७ मा, एक्सिस बेङ्कले ६ करोड अमेरिकी डलरमा फ्रिचार्जको अधिग्रहण गरेको थियो।[३]
फ्रिचार्जलाई कुनाल शाह र सन्दीप टण्डनले अगष्ट २०१० मा सुरु गरेका थिए।[४]
सन् २०१० मा टण्डन समूह र सेक्वाइया क्यापिटलबाट अज्ञात रकमको प्रमुख कोष प्राप्त गरेपछि, कम्पनीले सन् २०११ मा सेक्वाइया क्यापिटलबाट २०० मिलियन भारुको कोष प्राप्त गरेको थियो।[५] नोभेम्बर २०१२ मा, कम्पनीले दैनिक आधारमा ६ मिलियन भारूको अनलाइन रिचार्ज गरिरहेको दावी गरेको थियो।[६]
सन् २०११ मा, फ्रिचार्जलाई प्लग्ड डटइनद्वारा भारतको सबैभन्दा आशाजनक प्रविधि कम्पनीको रूपमा नामकरण गरिएको थियो।[७]
१ सेप्टेम्बर २०१४ मा, फ्रिचार्जले कोष सङ्कलनको दोस्रो चरणमा सेक्वाइया क्यापिटल, सोफिना र रुनेटबाट ३ करोड ३० लाख अमेरिकी डलर प्राप्त गरेको थियो, जुन एक भारतीय प्रविधि कम्पनीले जुटाएको सबैभन्दा ठूलो कोष थियो। [८] ६ फेब्रुअरी २०१५ मा, फ्रिचार्जले हङकङ स्थित कोष टायबर्न पूँजी व्यवस्थापक, एसएफ-आधारित कोष भेलियन्ट पूँजी व्यवस्थापक र अवस्थित लगानीकर्ताबाट ८ करोड अमेरिकी डलर उठाएको थियो। [९] फ्रिचार्जले विज्ञापन मञ्च बनाउँदैछ जुन अनलाइन र अफलाइन खरीद व्यवहार र उपभोक्ताहरूको ब्राण्ड प्राथमिकताहरूको नियन्त्रण गर्दछ।[१०]
८ अप्रिल २०१५ मा भारतीय ई-वाणिज्य स्न्यापडिलले नगद र सेयरमा २८०० करोडमा (४०० मिलियन अमेरिकी डलर) फ्रिचार्जको अधिग्रहण गरेको थियो।[११]
मार्च २०१७ मा, स्न्यापडिललले जेसन कोठारी फ्रिचार्जका नयाँ प्रमुख कार्यकारी अधिकृत हुने घोषण गरेको थियो। स्न्याडिलले २० करोड डलर लगानी गर्ने निर्णय गरेको थियो।[१२]
१८ मे २०१७ मा, फ्रिचार्जको नियन्त्रण र सञ्चालन गरेको जेस्पर इन्फोटेकले कम्पनीमा थप २२ करोड लगानी गर्ने निर्णय गरेको थियो। यो कम्पनी तेस्रो यस्तो लगानी रहेको थियो। [१२] २७ जुलाई २०१७ मा, एक्सिस बेङ्कले फ्रिचार्जलाइ ६ करोड अमेरिकी डलरमा खरिद गर्ने बताइएको थियो।[१३][१४]