बङ्गलादेश छात्र लिग বাংলাদেশ ছাত্রলীগ | |
---|---|
छोटो रूप | बिएसएल |
अध्यक्ष | सद्दाम हुसेन [१] |
महासचिव | शेख वाली आसिफ इनान [२] |
संस्थापक | शेख मुजिबुर रहमान |
स्थापना | ४ जनवरी १९४८ |
पूर्वकालीन | पूर्व पाकिस्तान मुस्लिम छात्र लिग |
प्रमुख कार्यालय | २३, बङ्गबन्धु एभिन्यु, गुलिस्तान, ढाका |
राजनीतिक दलको झन्डा | |
वेबसाइट | |
bsl |
बङ्गलादेश छात्र लिग बंगलादेश मा एक आतंकवादी विद्यार्थी संगठन हो। भारतको विभाजनमा पूर्वी बङ्गालको विलय भएको केही दिनपछि यसको गठन भएको थियो। यो बंगलादेश अवामी लीग को एक भगिनी संगठन को रूप मा मान्यता प्राप्त छ।
छात्र लिगमाथि बारम्बार यातना, फिरौती, हिंसा, जबर्जस्ती वेश्यावृत्ति र डर पैदा गर्न हत्याको प्रयोग गरेको आरोप लाग्दै आएको छ।[३][४][५] सन् २००९ देखि २०१४ को बीचमा छात्र लिगको आक्रमणमा परी कम्तीमा ३३ जनाको मृत्यु भएको थियो भने १,५०० जना गम्भीर घाइते भएका थिए। सन् २०१४ देखि २०१८ को बीचमा मृत्यु हुनेको सङ्ख्या १२९ पुगेको थियो भने सन् २०१८ मा मात्रै ३१ जनाको मृत्यु भएको थियो।
सन् २०१६ को जुलाईमा ढाकामा भएको आक्रमणपछि प्रतिबन्धित आतङ्कवादी समूह जामात उल मुजाहिदिन बङ्गलादेशसँग सम्बन्ध रहेको आरोपमा छात्र लिगका एक नेतालाई पक्राउ गरिएको थियो।[६] सन् २०२१ मा बङ्गलादेशमा भएको साम्प्रदायिक हिंसामा पनि छात्र लिगका नेता तथा कार्यकर्ताको संलग्नता देखिएको थियो।[७] बङ्गलादेश छात्र लिगमाथि इडेन कन्या कलेजका छात्राहरूलाई दबाब दिई 'जबर्जस्ती वेश्यावृत्ति' गर्ने गिरोह चलाएको आरोप लागेको छ।[८]
सन् २०१८ मा विद्यार्थी प्रदर्शनकारीहरूमाथि भएको आक्रमणपछि बङ्गलादेशका सर्वसाधारण नागरिकहरूले चेन्ज डट ओर्गमा बङ्गलादेश छात्र लिगलाई आतङ्कवादी सङ्गठनको रूपमा सूचीबद्ध गर्न दर्खास्त दिएका थिए। सन् २०१९ मा बङ्गलादेशको प्रमुख अङ्ग्रेजी भाषाको दैनिक, ढाका ट्रिब्युनले यस संस्थालाई "लज्जास्पद समूह"को रूपमा सूचीत गरेको थियो।[९] सन् २०२२ मे २६ मा असन्तुष्ट विद्यार्थी समूहहरूमाथि शृङ्खलाबद्ध आक्रमण पछि ८ वामपन्थी विद्यार्थी सङ्गठनहरूले बङ्गलादेश छात्र लिगलाई आतङ्कवादी सङ्गठनको सङ्ज्ञा दिएका थिए।[१०]
सन् १९४८ जनवरी ४ मा बङ्गबन्धु शेख मुजिबुर रहमानले ढाका विश्वविद्यालयको फजलुल हक हलको सभाहलमा बङ्गलादेश छात्र लिगको स्थापना गरेका थिए।[११] यसको स्थापनाको समयमा यसको नाम पूर्वी पाकिस्तान मुस्लिम छात्र लिग थियो भने यस सङ्गठनको पहिलो कार्यालय १५० मोगल्टुलीमा थियो। मुस्लिम लिगका केही बङ्गाली नेताहरूले बङ्गबन्धुको नेतृत्वमा छात्र लिगको स्थापना गर्दा मुस्लिम लिगका अन्य नेताहरूले यसलाई अस्वीकार गरेका थिए जसकारण त्यहाँ गुटबन्दी भएको थियो।[१२] असन्तुष्ट पक्षले कार्यालय कब्जा गरी आक्रमण गर्न थाल्द पनि छात्र लिगका नेता शओकत अली र अन्य नेताहरूको शक्तिका कारण उनीहरूले पद ओगट्न असमर्थ बनेका थिए। युवा विद्यार्थी नेता शओकत अलीले नयाँ कार्यालयको लागि टेबल, कुर्सी, दराजको व्यवस्था गरेका थिए।
सन् १९४८ को जनवरी ४ का दिन फजलुल हक मुस्लिम हलको सभागृहमा एक बैठक बोलाइयो, जहाँ एक विद्यार्थी सङ्गठनको नाम 'पूर्वी पाकिस्तान मुस्लिम छात्र लिग' राख्ने निर्णय गरियो। … मैले संस्थाको कार्यालय नम्बर १५० मोगल्टुलीलाई बनाएँ। मुस्लिम लिगका नेताहरूले यो कार्यालय कब्जा गर्न धेरै पटक प्रयास गरे, तर शओकत मियाका कारण सम्भव हुन सकेन। हामीले 'मुस्लिम लिग वर्कर्स क्याम्प' लेखिएको साइनबोर्ड राख्यौँ। त्यसपछि पूर्वी पाकिस्तान मुस्लिम छात्र लिगको कार्यालय पनि त्यहीँ स्थापना गरियो। शओकत मियाले टेबल, कुर्सी, दराज, सबै कुरा मिलाए। उहाँ नभएको भए हामीले काम गर्ने सक्ने थिएनौँ। मोगल्टुलीमा उहाँसँगै बस्ने हामीहरूमध्ये थोरैले मात्र हाम्रो खानपानको जिम्मेवारी लिएका थिए। … नेसनल गार्डको कार्यालय मोगल्टुलीमा स्थापना गरिएको थियो। तीन तले घर, त्यहाँ धेरै ठाउँ थियो।
— शेख मुजिबुर रहमान (अधुरो संस्मरण, पृष्ठ ८८, ८९)
स्थापनाकालदेखि नै बङ्गलादेश छात्र लिगले बङ्गलादेशमा विभिन्न समयमा विभिन्न अधिकार आन्दोलनहरूमा अग्रणी भूमिका निर्वाह गर्दै आएको छ। तीमध्ये उल्लेखनीय; भाषा आन्दोलन, शिक्षाको अधिकार, बङ्गालीहरूका लागि स्वायत्तताको स्थापना, जनविद्रोह, स्वतन्त्रता र जनाधिकारको आन्दोलनहरू छन्। नाइमउद्दीन अहमदले संस्थापनको संयोजकको भूमिका निभाए र पछि दबिरुल इस्लामलाई सङ्गठनात्मक रूपमा यसको अध्यक्षको रूपमा मनोनीत गरिएको थियो।[१३] खालेक नेवाज खान छात्र लिगका संस्थापक महासचिव थिए।
सन् १९४८ जनवरी ४ का दिन बङ्गलादेश छात्र लिगको स्थापना पछि यसले पहिलो पटक मातृभाषा बङ्गाली लागि सङ्घर्ष गरेको थियो। आन्दोलनको निरन्तरतामा बङ्गलादेश छात्र लिगले सन् १९५२ को भाषा आन्दोलनमा अहम् भूमिका निर्वाह गर्नुका साथै सन् १९५४ को संयुक्त मोर्चाको चुनावमा तत्कालीन पूर्वी पाकिस्तान छात्र लिगले महत्वपूर्ण भूमिका खेलेको थियो। राष्ट्रपिता बङ्गबन्धु शेख मुजिबुर रहमान सन् १९५४ को संयुक्त मोर्चाको चुनावमा सबैभन्दा कान्छो मन्त्री थिए। सन् १९६२ को शिक्षा आन्दोलनमा तत्कालीन पूर्वी पाकिस्तान छात्र लिगका नेता तथा कार्यकर्ताले नेतृत्वदायी भूमिका निर्वाह गरेका थिए। शेख मुजिबुर रहमानले सन् १९६६ को ६ बुँदे माग राखेका थिए जुन बङ्गाली राष्ट्रको स्वतन्त्रताको बडापत्र थियो। यसैलाई मध्यनजर गर्दै बङ्गलादेशको स्वतन्त्रताको आन्दोलनले गति लिन थालेको थियो। बङ्गबन्धु तत्कालीन छात्र लिगका नेताहरूको आन्दोलनबाट निकै प्रभावित थिए।
सन् १९६९ को ऐतिहासिक जनआन्दोलनमा पनि तत्कालीन पूर्वी पाकिस्तान छात्र लिगको ऐतिहासिक भूमिका खेलेको थियो। सन् १९६९ मा बङ्गाली विद्यार्थीहरूले बङ्गलादेशको स्वतन्त्रताका लागि पाकिस्तान विरुद्ध सशक्त जनआन्दोलन सुरु गरेपछि यसले जनविद्रोहको रूप लिएको थियो। सन् १९७१ को स्वतन्त्रता युद्धलाई गति दिन बङ्गाली विद्यार्थी समुदायको तर्फबाट तत्कालीन छात्र लिगका नेता तोफेल अहमदले शेख मुजिबुर रहमानलाई 'बङ्गबन्धु' को उपाधि दिएका थिए। सन् १९७० को चुनावमा तत्कालीन विद्यार्थी लिगको भूमिका महत्वपूर्ण थियो। त्यतिबेला छात्र लिगले शेख मुजिबुर रहमानको अग्रदस्ताको रूपमा काम गरेको थियो। बङ्गलादेशमा पाकिस्तानको कुशासन विरुद्ध सशक्त जनआन्दोलन निर्माण गरी बङ्गाली राष्ट्रका निर्विवाद नेता, बङ्गबन्धु शेख मुजिबुर रहमानलाई निर्वाचित गर्न छात्र लिगले प्रत्यक्ष र अप्रत्यक्ष रूपमा भूमिका खेलेको थियो।
राष्ट्रलाई स्वतन्त्रता दिलाउन उत्प्रेरित गर्न र सर्वसाधारणहरूलाई संलग्न गराउन छात्र लिगको ठूलो योगदान थियो। यस युद्धमा छात्र लिगका धेरै नेता तथा कार्यकर्ताहरू सहिद। भएका थिए सन् १९७१ को स्वतन्त्रता युद्धपछि पूर्वी पाकिस्तान मुस्लिम छात्र लिगलाई बङ्गलादेश छात्र लिगले प्रतिस्थापन गरेको थियो। लोकतान्त्रिक आन्दोलनमा छात्र लिगले अग्रणी भूमिकाका साथसाथै निरङ्कुशता विरोधी आन्दोलनमा छात्र लिगको भूमिका प्रशंसनीय छ। निरङ्कुशता विरोधी आन्दोलनमा विश्वविद्यालयहरूले पनि अग्रणी भूमिका खेलेका थिए। फलस्वरूप निरङ्कुश सरकारको पतन भई लोकतान्त्रिक सरकारको उदय भएको थियो। बङ्गलादेश छात्र लिगले शेख हसिना सहित सबै विद्यार्थी र शिक्षकहरूको रिहाईको माग गर्दै एक जनआन्दोलनको सुरुवात गरेको थियो। लोकतान्त्रिक प्रक्रियामा रहेका सबै राजनीतिक बन्दीहरूको रिहाइपछि सन् २००८ मा निर्वाचनमार्फत लोकतान्त्रिक सरकारको उदय भएको थियो।
सन् २०१८ जुलाई ३१ का दिन रेजवानुल हक चौधुरी शोभन र गोलम रब्बानीले सङ्गठनको राष्ट्रिय परिषद्मा छात्र लिगको नेतृत्व लिएका थिए। दुई केन्द्रीय नेताहरूको विवादास्पद गतिविधिका कारण सन् २०१९ सेप्टेम्बर १४ का दिन अल नाहियान खान जय कार्यवाहक अध्यक्ष र लेखक भट्टाचार्यले कार्यवाहक महासचिवको जिम्मेवारी लिएका थिए।[१४] त्यसयता परिषद्मा उनीहरूलाई नियमित अध्यक्ष र महासचिव बनाइएको थियो।[१५]
छात्र लिग अविभाजित पाकिस्तानको पहिलो विद्यार्थी सङ्गठन थियो। यस सङ्गठनले पूर्वी पाकिस्तान मुस्लिम छात्र लिगको रूपमा आफ्नो यात्रा सुरु गरेको थियो। बङ्गलादेशले स्वतन्त्रता प्राप्त गरेपछि यसको नाम बङ्गलादेश छात्र लिग राखिएको थियो। अवामी मुस्लिम लिगको गठन सन् १९४९ जुन २४ मा भएको थियो। पछि पार्टीमा साम्प्रदायिक विवादबाट बच्न मुस्लिम शब्द पार्टीको नामबाट हटाई सन् १९५५ मा पूर्वी पाकिस्तान अवामी लिगको रूपमा नामकरण गरिएको थियो। साम्प्रदायिक आरोपबाट बच्नका लागि छात्र लिगको नाम परिवर्तन गरी 'पूर्वी पाकिस्तान छात्र लिग' राखिएको थियो। मुजिबवाहिनीको गठन स्वतन्त्रता युद्धको समयमा छात्र लिगको नेतृत्वमा गरिएको थियो।[१६] मुक्तिवाहिनी, मुजिबवाहिनी लगायत विभिन्न संस्थाहरूले स्वतन्त्रता युद्धमा भाग लिएका थिए। स्वतन्त्रतापछि पार्टीको नाम पनि परिवर्तन हुँदा छात्र लिगको नाम बङ्गलादेश छात्र लिग हुन गएको थियो।[१७]
छात्र लिगको नेतृत्व अध्यक्ष र महासचिवले गर्ने गर्दछन्। राष्ट्रिय सम्मेलन, अवामी लिगको केन्द्रीय कार्यसमितिको बैठकलगायत विभिन्न तरिकाले उनीहरू निर्वाचित हुन्छन्। तल छात्र लिगको सुरुवातदेखिका नेताहरू सूची दिइएको छ:[१८]
समयावधि | सभापति | महासचिव | टिप्पणी |
---|---|---|---|
सन् १९४८ | नाइमउद्दिन अहमद (संयोजक) | [१८] | |
सन् १९४८-१९५० | खालेक नेवाज खान | ||
सन् १९५०-१९५२ | खालेक नेवाज खान | कामरुज्जामान | |
सन् १९५२-१९५३ | कामरुज्जामान | एमए वादुद | |
सन् १९५३-१९५७ | अब्दुल मोमिन तालुकदार | एमए आयवाल | |
सन् १९५७-१९६० | रफिकुल्लाह चौधुरी | आजहार अली, शाह मोवाज्जेम होसेन (भारप्राप्त) | |
सन् १९६०-१९६३ | शाह मोवाज्जेम होसेन | शेख फजलुल हक मोनी | |
सन् १९६३-१९६५ | केएम वायदुर रहमान | सिराजुल आलम खान | |
सन् १९६५-१९६७ | सैयद मजहारुल हक बाकी | अब्दुर राज्जाक | |
सन् १९६७-१९६८ | फेरदौस अहमद कोरेसी | अब्दुर राज्जाक | |
सन् १९६८-१९६९ | अब्दुर रउफ (बहिष्कृत) | खालेद मोहम्मद अली | |
सन् १९६९-१९७० | तोफायल अहमद | आसम अब्दुर रब | |
सन् १९७०-१९७२ | नूरे आलम सिद्दिकी | शाहजहान सिराज (बहिष्कृत), इसमत कादिर गामा | |
सन् १९७२-१९७३ | शेख शहीदुल इस्लाम | एमए रसिद | |
सन् १९७३-१९७४ | मोनिरुल हक चौधुरी | शफिउल आलम प्रधान (बहिष्कृत), मोस्तफा जालाल मोहिउद्दीन | |
सन् १९७६-१९७७ | एमए आउवाल (संयोजक) | ||
सन् १९७७-१९८१ | वायदुर कादेर | बाहालुल मजनुन चुन्नु | |
सन् १९८१-१९८३ | मोस्तफा जालाल मोहिउद्दीन | खम जहाङ्गीर | |
सन् १९८३-१९८५ | अब्दुल मान्नान | जहाङ्गीर कविर नानक | |
सन् १९८६-१९८८ | सुल्तान मोहम्मद मनसुर | मोहम्मद अब्दुर रहमान | |
सन् १९८८-१९९२ | हाबिबुर रहमान (बहिष्कृत), शाहे आलम (कार्यकारी) | असीम कुमार उकिल | |
सन् १९९२-१९९४ | माइनुद्दिन हासान चौधुरी | इमबालुल रहिम | |
सन् १९९४-१९९८ | एकेएम एनामुल हक सामिम | इसहाक अली खान पान्ना | |
सन् १९९८-२००२ | बहादुर बेपारी | अजयकर खोकन | |
सन् २००२-२००६ | लियाकत सिक्दार | नजरुल इस्लाम बाबु | |
सन् २००६-२०११ | माहमुद हासान रिपन | माहफुजुल हैदर चौधुरी रोटन | |
सन् २०११-२०१५ | एचएम बदिउज्जामान सोहाग | सिद्दिकी नाजमुल आलम | [१९] |
सन् २०१५-२०१८ | मोहम्मद साइफुर रहमान सोहाग | एसएम जाकिर हुसेन | [२०] |
सन् २०१८-२०१९ | रेजवानुल हक चौधुरी शोभान | गोलाम राब्बानी | [१४] |
सन् २०१९-२०२२ | अल नाहियान खान जय | लेखक भट्टचार्य | [१४] |
सन् २०२२- | सद्दाम हुसेन | शेख वाली आसिफ इनान | [१] |