बङ्गलादेशी मानक समयले (भाषा-बङ्गाली|বাংলাদেশ মান সময়) बङ्गलादेशको समय क्षेत्र जनाउँदछ। यो समय अन्तर्राष्ट्रिय प्रमाणिक समय +६:००ले अगाडि छ जुन विश्वमा भएका अरू समय क्षेत्रहरू भन्दा भिन्न छ र देशभरी एक राष्ट्रिय मानक समयको रूपमा परिचित छ। बङ्गलादेशले संक्षिप्त समयका लागि देशमा चलिरहेको बिजुली सङ्कटको सामना गर्नका लागि सन् २००९ मा डेलाइट सेभिङ टाइम अपनाएको थियो तर सन् २०१० मा बङ्गलादेश सरकारले उक्त नियमलाई खारेज गरेको थियो।
बङ्गलादेश मानक समय द्वारा जो आधिकारिक सङ्केत दिइन्छ उक्त सङ्केतको गणना ९०° पूर्व देशान्तरको आधारमा हरुङ्कडी सङ्घको हरिरामपुर उपजिल्ला, मानिकगञ्ज जिल्ला र ढाकादेखि गुजरती सम्म गणना गरिन्छ।
सन् १८५८ देखि सन् १९४१ मा बङ्गाल राज्य ब्रिटिस राजको अधिनमा रहेको थियो जसकारण यहाँ कलकत्ताको समय (५:५३:२०) को प्रयोग गरिएको थियो। [१]
सन् १९४० को दशकमा छोटो समयावधिको लागि, दोस्रो विश्वयुद्धको बीचमा, बेलायती भारतमा समय क्षेत्र परिवर्तन गरिएको थियो। [१][२]
सन् १९४७ मा भारतको स्वतन्त्रता पछि ब्रिटिस भारतको विभाजित भएर भारत र पाकिस्तानमा स्थापित भएको भने पूर्वी पाकिस्तान हालको बङ्गलादेश बनेको थियो।[७][८][९][१०] भारत विभाजन पश्चात् पूर्वी पाकिस्तानको समय क्षेत्र प्रभावित भएको थिइन।[११][१२]
सन् १९५१ मा यस क्षेत्रको समय ६:३०बाट ६:०० मा परिणत गरिएको थियो जुन हाल बङ्गलादेशको आधिकारिक मानक समय हो। [१][६]