![]() पुस्तक आवरण | |
लेखक | लीलबहादुर क्षेत्री |
---|---|
देश | नेपाल |
भाषा | नेपाली |
विषय | उपन्यास |
प्रकाशक | मदन पुरस्कार पुस्तकालय, साझा प्रकाशन |
प्रकाशित मिति | वि.सं. २०१४ |
पृष्ठ | ६२ |
आइएसबिएन | 9789993328964 |
बसाइँ लीलबहादुर क्षेत्रीद्वारा लेखिएको र मदन पुरस्कार पुस्तकालयले वि.स. २०१४ सालमा बजारमा ल्याएको एक नेपाली भाषाको उपन्यास हो ।[१] बसाइँ उपन्यास मुना मदन पछि सबैभन्दा बढी बिक्री हुने नेपाली पुस्तक हो । यो पुस्तक त्रिभुवन विश्वविद्यालयको पाठ्यक्रममा पनि सम्मिलित गरिएको छ ।
पुस्तक पूर्वी नेपालको एउटा नामहीन पहाडी गाउँको चित्रण गरेको छ । धनबहादुर बस्नेत आफ्नो श्रीमती, बहिनी र एक छोरासँग बस्ने गरिब किसान हुन् । पुस्तकले गाउँमा उनको सङ्घर्ष र अरूबाट कसरी धोका खाएको देखाउँछ । गरिब नेपाली जनताले रोजगारीका लागि आफ्नो घरबाट भारतमा बसाइँ सर्नु पर्ने अवस्थालाई पुस्तकले देखाएको छ ।
बसाइँ उपन्यास नेपाली साहित्यका बहुसङ्ख्यक पाठकहरू माझ अति नै प्रिय बनेका नेपाली उपन्यासहरू मध्यको एक उत्कृष्ट रचना हो । यसको प्रथम प्रकाशन २०१४ सालामा मदन पुरस्कार पुस्तकालयबाट भएको हो । लिलबहादुर क्षेत्रीको यस उपन्यासले तात्कालिन नेपाली समाजको जर्जर वर्गीय द्वन्द र आर्थिक विषमताले निम्त्याएको सङ्कटलाई प्रभावकारी ढङ्गले चित्रण गरेको छ । पूर्वी नेपालका जनाताले बोल्ने नेपाली भाषा उनीहरूले लगाउने भेषभूषा र उनीहरूले बाँचिरहेको जीवनलाई यस उपन्यासमा जीवन्त अभिव्यक्ति दिइएको छ ।
माइकल हटद्वारा पुस्तकलाई अङ्ग्रेजीमा 'माउन्टेन्स पेन्टेड विद टर्मरिक' को रूपमा अनुवाद गरिएको छ ।[२]