बाग्लुङ विमानस्थल | |||||||||||
---|---|---|---|---|---|---|---|---|---|---|---|
विवरण | |||||||||||
विमानस्थल प्रकार | सार्वजनिक | ||||||||||
सेवा गर्ने स्थान | बागलुङ, नेपाल | ||||||||||
उचाइ समुद्री सतह | ३३२० ft / १,०१२ मी | ||||||||||
निर्देशाङ्क | २८°१२′४६″उ ८३°३९′५९″पू / 28.21278°N 83.66639°E | ||||||||||
नक्सा | |||||||||||
नेपालको नक्सामा बाग्लुङ विमानस्थलको अवस्थिति | |||||||||||
धावनमार्ग | |||||||||||
| |||||||||||
बलेवा विमानस्थल वा बाग्लुङ विमानस्थल गण्डकी प्रदेशको बागलुङ जिल्लाको बागलुङ नगरपालिकामा अवस्थित हाल नियमित उडान नभएको विमानस्थल हो।
बाग्लुङ विमानस्थल सन् १९७३ मा खोलिएको थियो[३] तर सन् १९९२ मा पोखरासम्म सडक पहुँच स्थापित भएपछि बन्द भएको थियो। १४ जनवरी २०१८ मा, नेपाल नागरिक उड्डयन प्राधिकरण, वायुसेवा कम्पनीहरू र बागलुङ नगरपालिकाले विमानस्थल पुनः सञ्चालन गर्न सम्झौतामा हस्ताक्षर गरेका थिए।[४] १४ मार्च २०१८ मा, तारा एअरले विमानस्थलमा आफ्नो परीक्षण उडान गरेको थियो र बन्द भएको २६ वर्षपछि यसलाई आधिकारिक रूपमा पुन: खोलेको थियो।[५]