चित्र:বাংলা একাডেমির লোগো.png बाङ्ला एकाडेमीको प्रतीक | |
प्रकार | स्वयत्तशानसित प्रतिष्ठान |
---|---|
लक्ष्य | बङ्गाली भाषा, साहित्य तथा संस्कृतिको अनुसन्धान |
प्रधान कार्यालय | बर्धमान गृह |
स्थान | |
आधिकारिक भाषा | बङ्गाली |
वेबसाइट | banglaacademy |
बाङ्ला एकाडेमी (बङ्गाली: বাংলা একাডেমি) एक स्वायत्त संस्था हो जसलाई तत्कालीन पूर्व पाकिस्तान (हाल बङ्गलादेश) सरकारले बङ्गाली भाषा, साहित्य र संस्कृतिको प्रवर्द्धन, राष्ट्रिय भाषा नीतिको विकास र कार्यान्वयनका साथै बङ्गाली भाषामा मौलिक अनुसन्धान गर्न सहयोग पुर्याउने उद्देश्यका साथ स्थापना गरेको थियो। यस संस्थानको स्थापना सन् १९५५ डिसेम्बर ३ का दिन ढाकामा भएको थियो। यो ढाकाको रमनाको बर्धमान गृहमा स्थित छ भने यो ढाका विश्वविद्यालय र सोहरावार्दी उद्यानको मैदान भित्र रहेको छ। बाङ्ला एकाडेमीको स्थापनाको माग राष्ट्रभक्ति आन्दोलनको सन्दर्भमा उठेको थियो। एकाडेमीको मुख्यालय पूर्व पाकिस्तानका तत्कालीन प्रधानमन्त्रीको आधिकारिक निवास बर्धमान गृहमा स्थापित गरिएको थियो। यस एकाडेमीको बर्धमान गृहमा भाषा आन्दोलन सङ्ग्रहालय रहेको छ। बाङ्ला एकेडेमीले वार्षिक एकुशी पुस्तक मेलाको पनि आयोजना गर्दै आएको छ। बाङ्ला एकाडेमीको लक्ष्य आदिवासी संस्कृति, राष्ट्रिय संस्कृति, इतिहास, विरासत, स्वतन्त्रता युद्ध चेतना, समकालीन कला, साहित्य संरक्षण र राष्ट्रिय अनुसन्धानको उत्थान गर्नु रहेको छ।[१]
बशीर आल-हेललकम अनुसार बाङ्ला एकाडेमी जस्तो सङ्गठनको स्थापनाको विचार र चिन्तन गर्ने प्रथम व्यक्ति मुहम्मद शहीदुल्लाहले गरेका थिए। शहीदुल्लाहले सन् १९४८ डिसेम्बर ३१ का दिन पूर्व पाकिस्तान साहित्य सम्मेलनमा भाषा माथि अनुसन्धान गर्ने एक संस्थाको स्थापनाको माग गरेका थिए।[२] यस बाहेक दैनिक आजाद पत्रिकाले बाङ्ला एकाडेमीको गठनमा जनमत प्राप्त गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गरेको थियो। सन् १९५२ अप्रिल २९ का दिनको पत्रिकाले बाङ्ला एकाडेमीको स्थापनाको आवश्यकताको सन्दर्भमा एक सम्पादकीय प्रकाशित गरेको थियो।[३] ढाका विश्वविद्यालयका अधिकारीहरूले त्यसको सन्दर्भमा प्रयासहरू गरेका थिए। सन् १९५४ मा यसको सन्दर्भमा एक प्रस्तावलाई पनि स्वीकृति प्रदान गरिएता पनि आर्थिक रूपबाट प्रस्ताव लागू गर्न असमर्थ भएका थिए। सन् १९५४ मा जब संयुक्त मोर्चाको गठन भयो तब शिक्षा मन्त्री सैयद आजिजुल हकले यस संस्थानको स्थापना गर्न निर्देशन दिएका थिए। [३][४]
প্রধানমন্ত্রী বর্ধমান হাউজের বদলে অপেক্ষাকৃত কম বিলাসের বাড়িতে বাসস্থান নির্দিষ্ট করিবেন এবং বর্ধমান হাউজকে আপাতত ছাত্রাবাস ও পরে বাংলা ভাষার গবেষণাগারে পরিণত করা হইবে।
अन्ततोगत्वा सन् १९५५ डिसेम्बर ३ का दिन पूर्व पाकिस्तानका प्रधानमन्त्री आबु होसेन सरकारले "बाङ्ला एकाडेमी"को उद्घाटन गरेका थिए। यस संस्थानको स्थापना पश्चात् मुहम्मद बरकतुल्लाह यसका प्रथम सचिवको रूपमा नियुक्त भएका थिए। सन् १९५६ मा एकाडेमीको प्रथम परिचालकको रूपमा अध्यापक मुहम्मद एनामुलले नियुक्ति पाएका थिए। बाङ्ला एकाडेमीद्वारा प्रकाशित पहिलो पुस्तक आहमद शरीफको सम्पादनमा रहेको दौलत उजिर बाहरामद्वारा रचित लायली-मजनु थियो। बङ्गलादेशको स्वतन्त्रता पश्चात् एकाडेमीको परिसरमा एक छोटा पुस्तक मेला सुरु गरिएको थियो र सन् १९७४ सम्म यो मेला जारीनै रहेको थियो। सन् २०१० मा बाङ्ला एकाडेमीलाई "स्वतन्त्रता पुरस्कार"बाट सम्मानित गरिएको थियो जुन कलामा अद्वितीय योगदानका लागि बङ्गलादेशमा सर्वोच्च नागरिक पुरस्कारको रूपमा परिचित छ।[३] पछि बाङ्ला एकाडेमीले भाषा आन्दोलन सङ्ग्रहालयलाई सन् २००९-११ मा बर्धमान गृह भवनको दोस्रो र तेस्रो तल्लामा स्थापित गरेको थियो।
बाङ्ला एकाडेमी बङ्गलादेश सरकारको संस्कृति मन्त्रालयको अधीन एक स्वायत्त संस्थान हो। एकाडेमीको कार्यकारी प्रमुखको काम यहाँका महानिदेशक गर्दछन्। यस संस्थानका प्रथम महानिदेशक अध्यापक मयहारुल इसलाम थिए जसले सन् १९७२ जुन २ को दिनबाट दायित्व ग्रहण गरेका थिए। यस संस्थानका वर्तमान महानिर्देशक हाबिबुल्लाह सिराजी हुन्। उनी सन् २०१८ डिसेम्बर २० का दिनबाट यस पदमा रहँदै आएका छन्। [५]
बाङ्ला एकाडेमीका विभिन्न कार्यहरूमा सम्पादन गर्नका लागि यहाँ ४ विभागको स्थापना गरिएको छ जुन यस प्रकार छन्;
राष्ट्रिय पुस्तकालयका पूर्व निदेशक साहित्यकार तथा आख्यानकार सरदार जयनउद्दिनले सन् १९७२ को डिसेम्बर महिनामा बाङ्ला एकाडेमीको परिसरमा अन्तर्राष्ट्रिय पुस्तक वर्षको अवसर पारी एक अन्तर्राष्ट्रिय पुस्तक मेलेको आयोजन गरेका थिए भने त्यस वर्षबाट बाङ्ला एकाडेमीमा पुस्तक मेला सुरु भएको थियो। बङ्गलादेशको स्वतन्त्रता पश्चात् बाङ्ला एकाडेमीको एकुशी कार्यक्रममा कुनै पुस्तक मेलाको आयोजना नगरिएपनि बाङ्ला एकाडेमीको परिसर बाहिर स्ट्यान्डर्ड प्रकाशनका रुहुल आमिन निजामीले सोभियत सङ्घको प्रगति प्रकाशनको केही पुस्तकहरू व्यवस्था गरेका थिए। उनको देखासिखी गर्दै मुक्ताधारा प्रकाशनका चितरञ्जन साहा र वर्नमिछिलका ताजुल इसलामले पनि आफुसँग उपलब्ध पुस्तकको साथ पुस्तक मेलामा सहभागी भएका थिए। सन् १९७४ मा बाङ्ला एकाडेमीद्वारा एक विशाल राष्ट्रिय साहित्य सम्मेलनको आयोजन गरिएको थियो। देशका तत्कालीन राष्ट्रपति बङ्गोबोन्धु शेख मुजिबुर रहमानले यस कार्यक्रमको उद्घाटन गरेका थिए। यस अवसरमा निजामी, चित्तरञ्जन र वर्न मिछिफ सहित लगभग ८ प्रकाशकले एकाडेमी भित्र पुस्तकहरूको व्यवस्था गरेका थिए। सोही वर्ष बिक्री केन्द्रको बाहिर प्रथम बाङ्ला एकाडेमी पुस्तकलाई पनि बिक्री गरिएको थियो। [६]
प्रत्येक वर्षको फेब्रुअरी महिनामा बाङ्ला एकाडेमीले एक राष्ट्रिय पुस्तक मेलाको आयोजन गर्दा आएको छ जसलाई अमर एकुशे ग्रन्थमेला भनिन्छ। सन् १९५२ फेब्रुअरी २१ का दिन बङ्गाली भाषाका लागि आत्म-बलिदान दिएक सहिदहरूको स्मरणमा फेब्रुअरी महिनाको पुस्तक मेलालाई "अमर एकुशी ग्रन्थमेला"को नाम दिइएको थियो। बाङ्ला एकाडेमीद्वारा सन् १९८४ बाट आयोजित पुस्तक मेलाको नाम अमर एकशी ग्रन्थमेला राखिएको थियो।[६]
सन् २०१३ को जनवरीसम्मको तथ्याङ्क अनुसार बाङ्ला एकाडेमीबमट कुल ४,९६५ पुस्तक तथा पत्रिकाहरू प्रकाशित भएका थिए। जसमा कथा, कविता, सामान्य शब्दकोश, शब्दावली शब्दकोश, विभिन्न लेखक तथन कविहरूको साहित्य कर्म, साहित्यिक अनुसन्धान, साहित्यिक आलोचना, दर्शन, इतिहास, भूगोल, गणित, विज्ञान, पत्रकारिता, भाषा आन्दोलन, बङ्गलादेशको स्वतन्त्रता युद्ध, बाल साहित्य, धर्म, संस्कृति, जीवनी आदि विषयका पुस्तकहरू सामेल छन्। [७]
बाङ्ला एकाडेमीको "बाङ्ला एकाडेमी पत्रिका"को पहिलो अङ्क सन् १९५७ मा प्रकाशित भएको थियो।
बाङ्ला एकाडेमी साहित्यिक पुरस्कार बङ्गाली भाषामा सबैभन्दा प्रतिष्ठित साहित्यिक पुरस्कारहरू मध्ये एक हो। यस बाहेक बाङ्ला एकाडेमीलु अन्य पुरस्कारहरू पनि वितरण गर्दै आएको छ जुन यस प्रकार छ;
बाङ्ला एकाडेमी साहित्य पुरस्कारको वितरण सन् १९६० मा सुरु भएको थियो। यो पुरस्कार बङ्गाली साहित्यको क्षेत्रमा महत्वपूर्ण योगदानका लागि दिइन्छ। सन् १९८४ सम्म यस पुरस्कार विभिन्न विधाहरूमा गरी एक वर्षमा ९ जनालाई प्रदान गरिएको थियो। सन् १९८६ देखि यस पुरस्कारलाई १ वर्षमा जम्मा दुई जनालाई प्रदान गर्न सुरु गरिएको थियो। सन् २००९ देखि यस पुरस्कारलाई ४ विधामा प्रदान गरिँदै आएको छ।
बाङ्ला एकाडेमीले प्रत्येक वर्ष देशका प्रतिभाशाली, विद्वानहरू तथन प्रतिष्ठित व्यक्तियहरूका लागि उनीहरूले सम्बन्धित क्षेत्रमा दिएको विशेष योगदानको मान्यतामा मानद फेलोसिप प्रदान गर्दै आएको छ। यस बाहेक बाङ्ला एकेडमी साहित्य पुरस्कारको प्राप्तकर्ता पनि यसको अध्येताको रूपमा गनिन्छन्। सम्मानसुचक फेलिसिपलाई बाङ्ला एकाडेमीको साधारण सभाको वार्षिक बैठकमा आयोजना गरिँदै आएको छ।[१०] यस कार्यक्रममा फेलोसिप प्राप्तकर्ताहरूलाई प्रमाण पत्र तथा मानद स्मृति चिन्ह प्रदान गरिन्छ। बङ्गलादेशकी प्रधानमन्त्री शेख हसिना र अर्थशास्त्रमा नोबेल पुरस्कार विजेता अमर्त्य सेनलाई पनि फेलोसिपबाट सम्मानित गरिएको थियो।[११]