वाणासुर हिन्दु पौराणिक राजा हुन् । वाणासुर एक हजार हात भएका असुर राजा थिए र उनलाई सहस्रबाहु तथा भूतराज पनि भनिन्थ्यो । उनी दानवीर बलि राजाका पुत्र थिए ।[१][२] वाणासुरले हालको मध्य आसाम मा उनको राज्य थियो जहाँ उनको राजधानी शोणितपुर जिल्ला ( वर्तमानमा तेजपुर, आसाम) थियो ।
वाणासुर, एक समय ठुलो साम्राज्यमा राज्य गर्दथे । उनक प्रभाव यति ठुलो थियो कि वरपरका राज्यका सबै राजा - देवहरु समेत उनीसँग डराउथे । वाणासुर रसालिंगको पुजा गर्दे , जुन उनलाई विष्णुको सल्लाहमा विश्वकर्माले दिएका थिए । भगवान शिवको ठुला भक्त रहेका उनी , शिव ताण्डव नृत्य नाचेका बेला आफ्नी हजार हातले मृदंगा बजाउने गर्थे । भगवान शिवले उनलाई आशिस दिन खोज्दा उनले शिवलाई आफ्नो रक्षक हुन् अनुरोध गरेका थिए , त्यसकारण उनी अपराजेय रहे । .तर समय संगै उनी अझ झन् झन् क्रुर र अभिमानी हुदै गए । उनले आफ्नी छोरीलाई समेत अग्निगृहमा नजरबन्द गरेका थिए ।
एक दिन उषाले सपनामा एक युबक सँग सम्भोग गरेको देखे र उनको प्रेममा मग्न भईन् । उनकी संगिनी चित्रलेखा एक नामुद चित्रकार थिइन् र उनले सपनामा आएका ती युवक'को चित्र बनेर पहिचान गराईदिइन् । उनले सपनामा कृष्णका नाति अनिरुद्र लाई सपनामा देखेका थिए । उनले आफ्नो ईश्वरीय शक्तिले अनिरुद्रलाई कृष्णको दरबारबाट उषाको अगाडि ल्याइन् । ति दुई जनाको प्रेम झन् बढ्दै गयो । दिन प्रतिदिन उषा प्रद्युम्न सँग आफ्नो कोठाभित्र सम्भोग गर्न लागिन् । उषाको शरिर मा प्रस्ट निसान हरु देखिन थाल्यो। पाले हरुले पनि थाहा पाएर बाणासुरलाई भन्दिन्छन् हजुरको छोरि आफ्नो कोठामा एक युवक सँग सधै समागम गर्छिन् भनेर [३], यहि सिलसिलामा कृष्ण र वाणासुरको युद्ध भयो । [४][५][६][७] शिव आफ्नो भक्तको रक्षा गर्न आए तर कृष्णले ज्रिम्भुनाष्त्र प्रहार गरी शिव निदाउन पुगे । [८] त्यसपछी कृष्णले वाणासुरको चार हात बाहेक सबै हात काटी दिए ।
जब शिव होसमा आए उनले आफ्नो भक्तको रक्षा गर्न कृष्णलाई अपिल गरे । वाणासुरले पनि कृष्णसंग क्षमा मागे । कृष्णले क्षमा दिए । र उषा र अनिरुद्रको विवाह भयो । [९]
वाणासुरको वंशावली यस प्रकार छ:[१०]