बान्तवा | |
---|---|
क्षेत्र | नेपालको पूर्वी क्षेत्र तथा भारतको सिक्किम, दार्जिलिङ र कालिम्पोङ |
मातृभाषी वक्ता | १३०,००० |
चिनियाँ-तिब्बती
| |
देवनागरी | |
भाषा सङ्केतहरू | |
आइएसओ ६३९-३ | bap – inclusive codeव्यक्तिगत कोडहरू: wly – Waling |
ग्लोटोलग | bant1280 [१] |
बान्तवा भाषा (जसलाई अन युङ, वान्तबा, बान्तवा दम, बान्तवा योङ, बान्तवा युङ, बोन्तवा, किरावा यिङ पनि भन्ने गरिएको छ)[२], बान्तवा जाति समूहद्वारा पूर्वी नेपालको हिमालय तथा पहाडी क्षेत्रमा बोलिने किराँती भाषा हो। यो भाषाले एउटा शब्दांश वर्णमाला प्रणालीको उपयोग गर्छन् जसलाई किराँत खम्बु (राई) को रूपमा चिन्ने गरिन्छ।[३] भारतको सिक्किम, दार्जिलिङ र कालिम्पोङ तथा पूर्वी नेपालको भोजपुर जिल्ला, धनकुटा जिल्ला, इलाम जिल्ला, झापा जिल्ला, खोटाङ जिल्ला, मोरङ जिल्ला, ओखलढुङ्गा जिल्ला, पाँचथर जिल्ला, सुनसरी जिल्ला, ताप्लेजुङ जिल्ला र उदयपुर जिल्लामा बसोबास गर्ने किराँत जातिका मानिसहरूद्वारा यो भाषा मातृभाषाको रूपमा व्यापक प्रयोग गरिन्छ।[४] नेपालको एघारौँ राष्ट्रिय जनगणना २०६८ अनुसार, कुल जनसङ्ख्याको १,३२,५८३ (०.५०%) मानिसहरू बान्तवा भाषा बोल्ने गर्दछन्। यो विश्वका सङ्कटापन्न भाषाहरूको श्रेणीमा १,००,००० मुनि पर्दछ।[५] बान्तवा भाषा व्यापक रूपले प्रयोग गरिने विविधताभित्र पर्दछ। विशेषगरी नेपालको उत्तरी क्षेत्रमा बसोबास गर्ने किराँत जातिका मानिसहरूबीच यो भाषा र नेपाली भाषा बोल्ने बीच सङ्घर्ष रहेको छ।[२]
बान्तवा भाषा विषय-वस्तु-क्रिया क्रममा बोलिने गरिन्छ र यस भाषामा कुनै संज्ञा, वर्ग वा लिङ्ग हुँदैन।[२]
वर्तमान समयमा प्रायजसो रैथाने बान्तवाहरू भोजपुर, धरान, इलाम र धनकुटामा बसोबास गरिरहेका छन्। वर्तमान तथ्याङ्क अनुसार यिनीहरू मध्ये धेरैजसो बान्तवा भाषीहरू धरानमा बसोबास गरिरहेका छन्। एथ्नोलग अनुसार बान्तवा भाषा नेपालको निम्नलिखित जिल्लाहरूमा बोलिने गरिन्छ।
बोलीहरू निम्नानुसार रहेको छ:
किराँती परिवारमा बान्तवालाई एउटा उत्कृष्ट रैथानेको रूपमा मान्ने गरिन्छ। भारतको हिमाली क्षेत्र तथा भुटानमा राई अल्पसङ्ख्यकहरूबीच बान्तवा भाषालाई 'सम्पर्क भाषा'को रूपमा प्रयोग गर्ने गरिएको छ।