बाबु छिरी शेर्पा | |
---|---|
सगरमाथा आधार शिविरमा भएको बाबु छिरी शेर्पाको स्मृति | |
जन्म | टाक्सिन्दु, सोलुखुम्बु, नेपाल | जुन २२, १९६५
मृत्यु | २९ अप्रिल २००१ सगरमाथा | (उमेर ३५)
राष्ट्रियता | नेपाली |
पेशा | पर्वतारोही तथा पथप्रदर्शक |
चिनारीको कारण | १० पटक सगरमाथा आरोहण |
बाबु छिरी शेर्पा (जन्म: विसं २०२२ असार ०८ - २०५८ बैशाख १६) एक नेपाली पर्वतारोही हुन् । उनले जीवित हुँदा सगरमाथामा ३ वटा विश्व किर्तिमान बनाएका थिए । उनले सर्बोच्च शिखर सगरमाथाको १० पटक सफल आरोहण तथा सगरमाथाको सबैभन्दा छिटो, १६ घण्टा ५६ मिनेटमा सफल आरोहण गरेका थिए ।[१][२] साथै बाबु छिरी सगरमाथाको चुचुरोमा बिना अक्सिजन २१ घण्टा सम्म बसेको विश्व किर्तिमान अहिले कायम नै छ ।[३]