बालकृष्ण पोखरेल | |
---|---|
जन्म | वि. सं. १९९० साउन ३० गते चिसापानी गढी, मकवानपुर |
मृत्यु | वि. सं. २०७५ साल, फाल्गुण ११ (८६ वर्ष) विराटनगर |
राष्ट्रियता | ![]() |
शिक्षा | स्नातकोत्तर (ऐतिहासिक भाषा शास्त्र) |
पेशा | भाषाशास्त्री, लेखक, प्राध्यापक |
कार्यकाल | वि. सं. २०१९ सालदेखि |
कामदार | वि. सं. २०२७ सालदेखि २०३६ सालसम्म महेन्द्र मोरङ क्याम्पसमा र स्नातकोत्तर क्याम्पस खुलेपछि सोही क्याम्पसमा भाषाविज्ञान प्राध्यापन |
संस्थान | त्रिभुवन विश्वविद्यालय |
चिनारीको कारण | भाषा विज्ञान, कविता, गीत, |
उल्लेखनीय कार्य | बृहत् नेपाली–अंग्रेजी–नेपाली कोश शान्ति सेना (कविता सङ्ग्रह - वि.सं. २०१०) रसिला कविता (बाल कविता सङ्ग्रह - वि.सं. २०२५) साना-सानी (बाल कविता सङ्ग्रह - वि.सं. २०२५) सौरी (खण्डकाव्य, वि.सं. २०४०) |
गृहनगर | विराटनगर |
जीवनसाथी | शान्तादेवी पोखरेल |
सन्तान | एक छोरा, दुई छोरीहरू |
मातापिता | शारदा पोखरेल, कृष्णछायाँदेवी |
पुरस्कार | मदन पुरस्कार २०२१ प्रतिभा पुरस्कार गोपाल पाण्डे असीम पुरस्कार झपट पुरस्कार (२०५५) उदयानन्द पुरस्कार (२०५६) पृथ्वी प्रज्ञा पुरस्कार |
बालकृष्ण पोखरेल (अङ्ग्रेजी: Bal Krishna Pokhrel जन्म वि.सं. १९९० साउन ३० गते - मृत्यु वि.सं.२०७५ साल, फाल्गुण १२) नेपालका चर्चित भाषाशास्त्री, लेखक र प्राध्यापक हुन् ।[१][२] उनले "नेपाली भाषा र साहित्य"का लागि मदन पुरस्कार २०२१ प्राप्त गरेका हुन् ।[३]
पोखरेलको जन्म वि. सं. १९९० भाद्र कृष्णाष्टमीमा भएको हो। बाबु सुब्बा शारदा पोखरेल र आमा कृष्णछायाँदेवीका सुपुत्रका रूपमा चिसापानीगढी, मकवानपुरमा भएको हो। उनी रूपावासी, वसन्त, वत्सल, ईर्सावापुर, लक्ष्मीविलास पाध्या, केकेमनुक्च्यो पोखरेल, गढतिरे साहिलो, हिमालपाने बराल आदि उपनामबाट पनि नेपाली साहित्यका क्षेत्रमा चिनिन्छन्।
उनी कलकत्ता विश्वविद्यालयबाट ऐतिहासिक भाषाशास्त्रमा स्नातकोत्तर उपाधि प्राप्त गरी वि. सं. २०१९ देखि त्रिभुवन विश्वविद्यालयमा प्राध्यापन कार्यमा संलग्न रहेका देखिन्छन् । वि. सं. २०२७ सालदेखि २०३६ सालसम्म महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसमा र स्नातकोत्तर क्याम्पस खुलेपछि सोही क्याम्पसमा भाषाविज्ञान प्राध्यापन गर्ने पोखरेलले वि. सं. २०४६ मा अवकास लिएर स्वतन्त्र रूपमा अध्ययन गरेको पाइन्छ । उनी वि. सं. २०३६ देखि वि. सं. २०४१ सम्म नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानको सदस्य रहे । सो समयमा उनले नेपाली बृहत् शब्दकोशको सम्पादनमा गहनतम् योगदान पुर्याएका छन् । पोखरेलले विभिन्न छद्म नामबाट विभिन्न कृतिहरूको रचना गरेका छन् । पोखरेल अनेक भाषिक तथा साहित्यिक संस्थाहरूमा आबद्ध छन् ।
नेपाली भाषाका इन्साइक्लोपेडिया नै मानिन्छन्, भाषाविद् बालकृष्ण पोखरेल । नेपाली भाषाको अमूल्य निधि मानिने ५२ वर्षको लगातारको खोज, संकलनपछि मूल शब्द साठी हजार र व्यूत्पन्न शब्द पन्ध्र हजार गरी जम्मा पचहत्तर हजार शब्दको ‘बृहत् नेपाली–अंग्रेजी–नेपाली कोश’ प्रकाशित छ।[२]
वरिष्ठ साहित्यकार एवं भाषाविद् प्राध्यापक बालकृष्ण पोखरेलको विराटनगरको श्री अस्पतालमा मिति वि. सं. २०७५ फाल्गुण १२ गते आईतबार निधन भएको हो ।[१][४][५][६]
१. शान्ति सेना (कवितासङ्ग्रह, वि. सं. २०१०)
२. रसिला कविता (बालकवितासङ्ग्रह, वि.सं. २०२५)
३. साना-सानी (बालकवितासङ्ग्रह, वि.सं. २०२५)
४. सौरी (खण्डकाव्य, वि.सं. २०४०)
१. यातना
२. खोलावारि खोलापारि
३. मित्रता उपन्यास|मित्रता
४. परिचय
५. जोर जुलुस
६. तीन कथा
७. सेतो सिन्दुर
८. सुनीरा
९. झिमझिम परेली
१०. कल्पनाको डीलबाट
११. बरालिएको मान्छे
१२. पराई मान्छे
१. एकादेशमा (बाल कथासङ्ग्रह)
२. फुटेको ऐना (कथासङ्ग्रह, वि. सं. २०२९)
३. सुनगाभा कथासङ्ग्रह|सुनगाभा (कथासङ्ग्रह, वि. सं. २०२९)
४. सोधाई र जवाफ (कथासङ्ग्रह, वि. सं. २०३१)
५. कानेखुशी (कथासङ्ग्रह, वि. सं. २०३४)
१. कलेज स्तरमा निबन्धै निबन्ध (निबन्धसंग्रह)
२. उकुस मुकुस (निबन्धसंग्रह)
३. तेस्रो एकमुखे रुद्रक्षको खोजी (निबन्धसंग्रह)
४. हिमाली रचना (बालनिबन्ध सङ्ग्रह)
१. हस्ताक्षर हुन नपाउँदै
१. खसजातिको इतिहास (अनुसन्धानात्मक ग्रन्थ वि. सं. २०५५)
२. पाँच सय वर्ष (अनुसन्धानात्मक)
१. हिमाली साहित्य (भाग ४-१०)
२. नेपाली भाषा र साहित्य
३. एक मन सात चिन्तन (समालोचना)
४. राष्ट्रभाषा (भाषिक कृति)
५. झर्रा शब्द्यौली कोश (वि. सं. २०६४)
उनले नेपाली भाषा र साहित्य नामक ग्रन्थका लागि गद्य विधामा मदन पुरस्कार २०२१ प्राप्त गरेका हुन् । यसबाहेक उनले प्रतिभा पुरस्कार, गोपाल पाण्डे असीम पुरस्कार, झपट पुरस्कार (२०५५), उदयानन्द पुरस्कार (२०५६), पृथ्वी प्रज्ञा पुरस्कार आदि ।