बोर्लाङ | |
---|---|
पूर्व गाविस | |
निर्देशाङ्क: २८°००′N ८४°४३′E / 28.00°N 84.71°E | |
देश | नेपाल |
प्रदेश | गण्डकी प्रदेश |
जिल्ला | गोरखा जिल्ला |
जनसङ्ख्या | |
• जम्मा | ५,०४४ |
समय क्षेत्र | युटिसी+५:४५ (नेपाली समय) |
बोर्लाङ नेपालको पूर्व प्रशासनिक विभाजन अनुसार, पश्चिमाञ्चल विकास क्षेत्रको गण्डकी अञ्चल, गोरखा जिल्लामा अवस्थित एक गाविस थियो। एघारौँ राष्ट्रिय जनगणना २०६८मा यहाँको जनसङ्ख्या ५०४४ रहेको थियो जसमध्ये २२८१ पुरुष र २७६३ महिला रहेका थिए भने यहाँ ११७९ घरधुरी रहेको थियो।[१][२] बोर्लाङ गोरखा जिल्ला अन्तर्गत पर्ने एउटा ऐतिहासीक गाउँ हो। जहाँ नेपालका कुलानन्द ढकाल, भक्ती थापा, भिमसेन थापा, माथवर सिंह थापा, जंगबहादुर राणा लगायतका प्रमुख र प्रभावशाली राजनीतिक व्यक्तित्वहरूको जन्म भएको थियो। यो गाउँ गोरखा सदरमुकामवाट लगभग २४ किलोमिटर उत्तर-पुर्वमा पर्दछ। यो हाल भीमसेनथापा गाउँपालिकामा पर्दछ।