भगवन्त सिंह मान (जन्म: 1९७३ अक्टोबर १७) एक भारतीय राजनीतिज्ञ हुन्। उनी पञ्जाबको १७ औं र वर्त्तमान मुख्यमन्त्री हुन्। उहाँ पूर्व अभिनेता, हास्य कलाकार र व्यंग्यकार समेेत हुन्। [१]
मे २०१४ देखि, उनी संगरूर निर्वाचन क्षेत्र, पञ्जाबको प्रतिनिधित्व लोकसभा संसद सदस्य छन्।
१८ जनवरी २०२२ मा, उनलाई आम आदमी पार्टी (आप) को २०२२ को पञ्जाब विधान सभा चुनावमा पञ्जाबको मुख्यमन्त्रीको उम्मेद्वारको रूपमा छनोट गरिएको थियो। सार्वजनिक सर्वेक्षणको आधारमा भएको छनोटमा आम आदमी पार्टीले ९३% मतदाताले भगवन्त मानलाई मुख्यमन्त्रीको उम्मेदवार चाहेको दाबी गरेको थियो । [२]
फेब्रुअरी ९ मा, मानले लोकसभामा किसानहरूको मुद्दा उठाए। उखु किसानको आर्थिक वर्ष २०२०-२१ र २०२१-२२ को भुक्तानी बाँकी रहेको थियो। उनले ब्याजसहितको बक्यौता चाँडो चुक्ता गर्न आग्रह गरे । उनले कीराको आक्रमणबाट कपास किसानको नोक्सानीको क्षतिपूर्तिको माग गरे । उनले २०२०–२०२१ भारतीय किसान आन्दोलनका क्रममा ज्यान गुमाएका किसानलाई केन्द्र सरकारले मान्यता दिनुपर्ने बताए । [३]
१० मार्च २०२२ मा, मान धुरी विधानसभा क्षेत्रबाट ५८,२०६ मतको ठूलो अन्तरले विजयी भए। विधानसभाको नतिजा सार्वजनिक भएपछि आम आदमी पार्टीले राज्यमा पूर्ण बहुमत हासिल गरेको छ।
उनको नेतृत्वमा, आम आदमी पार्टीले २०२२ को पञ्जाब विधानसभा निर्वाचनमा ११७ सिट मध्ये ९२ सीट जितेको थियो र पंजाबको मुख्यमन्त्रीको रूपमा शपथ लिनेछ। अरविन्द केजरीवालले मानले छिट्टै राज्यको मुख्यमन्त्रीको सपथ ग्रहण गर्ने बताएका छन्। [४] मानले स्वतन्त्रता सेनानी भगत सिंहको पुर्ख्यौली गाउँ खटकर कलानमा मुख्यमन्त्रीको सपथ लिने घोषणा पनि गरेका थिए। चुनावी नतिजा पछि आफ्नो सम्बोधनका क्रममा सरकारी कार्यालयमा उनले पूर्व मुख्यमन्त्रीको सट्टा भगत सिंह र बीआर अम्बेडकरको तस्बिर राख्ने घोषणा गरे। [५]