भनेसा पिट्रुओ | |
---|---|
![]() सन् २००१ मा पिट्रुओ | |
जन्म | भनेसा पिट्रुओ २३ अक्टोबर १९७९ बर्लिन, जर्मनी |
पेशा |
|
कार्यकाल | सन् २०००–२००९ |
साङ्गीतिक जीवन | |
विधा | पप, आत्मीय[१], बैकल्पिक रक[२] |
भनेसा एनेलिस पिट्रुओ (जर्मनेली: Vanessa Petruo) (जन्म २३ अक्टोबर १९७९) एक जर्मनेली मनोचिकित्सक तथा पूर्व गायिका-गीतकार, अभिनेत्री तथा दूरदर्शन व्यक्तित्व हुन्।[३] उनी जर्मनीको राजधानी बर्लिनमा कलाकारहरूको परिवारमा जन्मिएकी थिइन् भने उनी त्यही हुर्किएकी थिइन्। कार्यकालको सुरुवाती चरणमा उनको दूरदर्शनमा सानो भूमिका थियो र उनले श्रव्य अभिनेत्रीको रूपमा सन् २००० मा जर्मनेली वास्तविक दूरदर्शन प्रतिभा कार्यक्रम पपस्टार्समा गठन भएको युवती समूह नो एन्जेल्सको सदस्यको रूपमा ख्याति कमाएकी थिइन।[४] युवती साङ्गीतिक समूह नो एन्जेल्सको उनी एक अग्रणी गायिका थिइन् भने यो समूह यूरोपेली मूलको सबैभन्दा बढी साङ्गीतिक प्रस्तुतिहरू बिक्री गर्न सफल साङ्गीतिक समूह पनि हो। साङ्गीतिक कार्यकाल भरि, पिट्रुओले सार्वजनिक गरेका चारवटा गीतहरू जर्मनेली एकल चार्टको शीर्ष स्थानमा पुगेका थिए। उनको शीर्ष स्थानमा आएको गीत "समथिङ एबाउट अस"लाई उनले सह लेखन गरेकी थिइन् जसको प्रतिलिपी विश्वव्यापी रूपमा ५० लाख भन्दा बढी बिक्री भएको थियो।[४]
साङ्गीतिक समूह नो एन्जेल्सबाट उनको प्रस्थान पछि, पिट्रूले उनको पहिलो एकल गीत "ड्रामा क्वीन" जारी गरेकी थिइन् जुन जर्मनेली एकल चार्टको शीर्ष २० मा पर्न सफल भएको थियो। पछि उनले आफ्नो हालसम्मको पहिलो र अन्तिम गिती सङ्गालो मामा लिला उर्द (२००५) जारी गरेकी थिइन् जसले समालोचकहरूबाट मिश्रित प्रतिक्रिया प्राप्त गरेको थियो तथापि, यसले मध्यम व्यवसायीक सफलता प्राप्त गरेको थियो। सन् २००० को पछिल्लो समयमा पिट्रुओले गीतकारको रूपमा काम गरिरहँदा, सन् २०१० मा उनका थप साङ्गीतिक परियोजनाहरू सफल हुन सकेनन् र उनले शैक्षिक कार्यकाललाई मध्यनजर गर्दै रेकर्डिङ व्यवसायबाट अवकाश लिएकी थिइन्।[५]
पिट्रुओको जन्म २३ अक्टोबर १९७९ मा जर्मनीको राजधानी बर्लिनमा भएको थियो।[६] उनकी आमा मर्सिडिज, स्पेन र पेरु मुलकी थिइन् भने उनले बर्लिनको सार्लोटनबर्गम रात्रि क्लब सञ्चालन गर्दथिन्। उनको बुबा थोमस पिट्रुओ (सन् १९५६ –२०१८) आकाशवणी कार्यक्रमका प्रस्तुता र अभिनेता थिए, जसलाई स्पोन्ज बब स्क्वायरप्यान्ट्समा प्लान्क्टनको जर्मनेली आवाज भनेर चिनिन्थ्यो। [६] पिट्रुओका दुई साना भाइबहिनी जोन अलेक्जेन्डर र प्रिज्जिल्ला छन्। उनका हजुरबुबा, हेन्ज पिट्रुओ (सन् १९१८–२००१), रुन्दुफुन्क इम अमेरिकानसिन सेक्टोरका लागि एक प्रसिद्ध आकाशवाणी कार्यक्रमका प्रस्तुता थिए र उनले एक श्रव्य अभिनेताको रूपमा पनि काम गर्दथे जुन स्टार वार सागामा डर्थ वाडरको जर्मनेली डबको रूपमा परिचित थिए। [६] पिट्रूले पठनपाठन बर्लिनमा एक रोमन क्याथोलिक विद्यालयमा भएको थियो र पछि उनले व्यायामशालामा भाग लिएकी थिइन्।
बुबाबाट प्रभावित, पेट्रुओले सानै उमेर देखिनै चलचित्रहरूलाई विभिन्न भाषामा अनुवाद गर्न थालेकी थिइन्। बाह्र वर्षको उमेरमा, उनले गायन सिक्नका लागि पाठहरू लिन थालेकी थिइन्।[६] उनको आफ्नै साङ्गीतिक समूह र पहिलो व्यवसायीक गीत रेकर्डिङको साथ सङ्गीतमा अनुभव बटुल्दै, किशोरावस्थामा उनले जर्मनेली दूरदर्शनमा धेरै प्रदर्शनहरू गरेकी थिइन्। महा विद्यालयको स्नातक पछि, पिट्रूले सञ्चार अध्ययन गर्नका लागि निवेदन दिएकी थिइन् र त्यस पछिको केही समय पश्चाच् एमटिभी जर्मनी र समाचार च्यानल एन २४ दुवैमा प्रशिक्षार्थीको रूपमा उक्त महा विद्यालय छोडेकी थिइन्।[६] उनले सन् १९९८ मा गीतकार बर्न्ड क्लान्केको साथ पप समूह स्टिल गठन गर्दै आफ्नो व्यवसायीक साङ्गीतिक कार्यकाल सुरु गरेकी थिइन्। [७] तिनीहरूले स्वतन्त्र रूपमा एक विस्तारित सङ्ग्रह, स्टिल जारी गरेका थिए तथापि उनीहरू कुनैपनि रेकर्ड सम्झौतामा हस्ताक्षर गर्न भने असफल भएका थिए।[८]
सन् २००० मा, पिट्रुओले जर्मनेली वास्तविक दूरदर्शन कार्यक्रम पपस्टार्सको लागि अडिसन दिएकी थिइन्। उनले हजारौँ अन्य महिलाहरूसँग प्रतिस्पर्धामा प्रवेश गरेकी थिइन्। उनले प्रस्तुत गरेको बिल विथरको "एन्ट नो सनसाइन" नामक गीतबाट निर्णायकहरू सिमोन एन्जेल, राइनर मोसलेनर र मारियो एम मेन्ड्रिज्की प्रभावित भएका थिए। उनले शीर्ष तीसमा आफ्नो स्थान सुरक्षित गर्दै अगाडि बढेकी थिइन्। उनले उत्कृष्ट प्रदर्शन गरेका कारण शीर्ष १० मा स्थान पाउँदै तुरुन्तै एक कार्यशालाका लागि प्रतिस्पर्धीहरूसँग सामेल हुन स्पेनको मोयोर्का गएकी थिइन् जहाँ उनले केही सङ्घर्ष गर्नुपरेता पनि उनले उक्त कार्यक्रमको अन्तिम दशमा प्रवेश गर्न सफल भएकी थिइन्। नोभेम्बर २००० मा एउटा विशेष श्रृङ्खलाको क्रममा, मूल्याङ्कन सदस्य मोसलेनरले अन्तमा पिट्रुओ अन्तिम पाँच सदस्यीय युवती समूह नो एन्जेलसको सदस्य बन्नका लागि छानिएको खुलासा गरेका थिए। यसरी उनी पाँच सदस्यीय युवती साङ्गीतिक समूह नो एन्जेल्सको सदस्य बनेकी थिइन् जसमा उनका साथ नाडिया बिनाइसा, लुसी डियाकोभस्का, जेसिका वाल्स र सेन्डी मोलिङ समावेश थिए। त्यसपछि उक्त साङ्गीतिक समूहले पोलिडर रेकर्ड्ससँग सम्झौतामा हस्ताक्षर गरेको थियो।[९]
समूहले उनीहरूको पहिलो एकल "डेलाइट इन योर्क आइज" जारी गर्न झण्डै चार महिना लिएका थिए जुन पछि यस समूहको पहिलो गिती सङ्गालो एलेमेन्ट्स (सन् २००१) मा देखा परेको थियो। दुबै एकल गीत र गिती सङ्गालो एक अप्रत्याशित तर अत्यन्तै सफल बन्न पुगेको थियो। समूहको यो प्रस्तुति अस्ट्रिया, जर्मनी र स्विस मिडिया कन्ट्रोल एकल, गिती सङ्गालो र प्रवाह चार्टमा शीर्ष स्थानमा प्रवेश गरेको थियो जसले नो एन्जेल्सलाई वर्षको सबैभन्दा सफल पर्दापण गर्ने समूहको रूपमा उचाई प्रदान गरेको थियो। [४] त्यसपछिका पछिल्ला वर्षहरूमा, नो एन्जेल्सले नाउ ... अस! र पियोर गरी दुई वटा गिती सङ्गालो जारी गरेको थियो भने ती दुबै जारी गरिएकम गिती सङ्गालोहरू जर्मनेली चार्टको शीर्ष स्थानमा पुगेका थिए। ती दुईवटा गिती सङ्गालोहरूमा १२ वटा गीतहरू समावेश छन् र ति मध्ये ४ वटा गीतहरू भने जर्मनेली चार्टको शीर्ष स्थानमा आएका थिए। अन्तत: विश्वव्यापी रूपमा ५० लाख भन्दा बढी एकल र गिती सङ्गालोहरू बेच्न सफल नो एन्जेल्स अहिलेसम्मको इतिहास सबैभन्दा बढी बिक्री गराउन सफल हुने जर्मनेली युवती समूह हुन्। समूह एटोमिक किटन पछि सन् २००१ र सन् २००३ को बीच यूरोपको महादेशको दोस्रो सबैभन्दा सफल युवती साङ्गीतिक समूह पनि हो। [४] यस साङ्गीतिक समूहकी सदस्य जेसिका वाल्सले मार्च २००३ मा उनको पहिलो बच्चाको जन्म भएपछि समूह छोडेकी थिइन्। ५ सेप्टेम्बर २००३ मा, समूहमा बाँकी रहेका चार सदस्यहरूले तीन वर्षको लगातार भ्रमण र रोगको बढ्दो क्रमसँगै समूहको सबै कार्यलाई रोक्ने घोषण गरेका थिए। सोही वर्षको नोभेम्बरमा द बेस्ट अफ नो एन्जेल्सको सार्वजनिकले समूहको अन्त्यलाई प्रष्ट पारेको थियो। बाँकी रहेका प्रत्येक सदस्यहरू सन् २००४ को सुरुवातमा छुट्टिएका थिए। [४] नो एन्जेल्सले ३१ जनवरी २००७ मा, पुनर्मिलनको घोषण गरेका थिए तर उनी आफ्नो एकल परियोजनाका कारण समूहमा पुन: सामेल भएकी थिइनन्।[४]
एकल कलाकारको रूपमा आफ्नो कार्यकाल सुरु सुरू गर्ने पेट्रुओ नो एन्जेल्सकी पहिलो सदस्य हुन्। [१०] अप्रिल २००४ मा, उनले आफ्नो पहिलो एकल "ड्रामा क्वीन " जारी गरेकी थिइन्। नो एन्जेल्स सहकर्मी थोर्स्टन ब्र्जब्रोत्ज्मान र अलेक्जेन्डर गिरिङ्गाससँग मिलेर उनले उक्त एकल गीतलाई सार्वजनिक गरेकी थिइन्। एक मध्यम व्यावसायिक सफलता प्राप्त गरेको यस गीत जर्मनेली चार्टमा एघारौँ स्थान सम्म पुग्न सफल भएको थियो। [११] माउस टिद्वारा निर्मित "पप देट मेलोडी" नामक उनको दोस्रो गीतका लागि श्रव्य दृश्य कैद गरिएको थियो तथापि यसलाई सार्वजनिक गरिनु पूर्व नै चडै रद्द गरिएको थियो। यसको सट्टामा, पिट्रुओले आफ्नो रेकर्ड कम्पनी सेयन रेकर्ड्समा दुई महिनासम्म एक साधारण कर्मचारीको रूपमा काम गरेकी थिइन्। पोलिडर र सेयन रेकर्ड्ससँग उनको रेकर्डिङ अनुबन्धनको विस्तार पछि, उनले युनिभर्सल आइल्यान्डसँग रेकर्डिङ सम्झौतामा हस्ताक्षर गरेकी थिइन् र दोस्रो एकल "हट ब्लडेड वुमन" सार्वजनिक गरेकी थिइन् जसलाई समालोचकहरूले प्रशंसा गरेका थिए। उनले सन् २००५ मा उनको पहिलो गिती सङ्गालो मामा लिला उर्द जारी गरेकी थिइन्।[१२]
यसका अतिरिक्त, उनले डाक्टर डोलिटल २ (सन् २००१), लिलो एन्ड स्टिच (सन् २००२), र बु, जिनो एन्ड स्नुकर्स (सन् २००४) जस्ता धेरै एनिमेसन चलचित्रहरूमा आवाज योगदान गरेकी थिइन् र उनले पछि आरटिएलको श्रृङखला विल्डे एन्जेलमा पनि अभिनय गरेकी थिइन्। [१२] उनले सन् २००६ को हास्य प्रधान चलचित्र ह्वेर इज फ्रेड? मा पनि अभिनय गरेकी थिइन्।[१३]