व्यक्तिगत जानकारी | |||
---|---|---|---|
पुरा नाम | भरत खवास | ||
जन्म मिति | १६ अप्रिल १९९२ | ||
जन्म स्थान | काठमाडौँ,नेपाल | ||
युवा करियर | |||
२००६-२००७ | संकटा ब्वाइज स्पोर्ट्स क्लब | ||
वरिष्ठ करियर* | |||
वर्ष | टोली | उपस्थिति | (गोल) |
२००७-२०११ | फ्रेन्डस् क्लब | ||
२०११-२०१२ | नेपाल पुलिस क्लब | (१३) | |
२०१२-हालसम्म | त्रिभुवन आर्मी क्लब | (७) | |
अन्तर्राष्ट्रिय करियर | |||
२००८- हाल सम्म | नेपाल | ५० | (१०) |
*क्लब घरेलु लिग उपस्थिति र गोल |
भरत खवास एक नेपालका महत्त्वपूर्ण फुटबल खेलाडी हुन् । हाल उनी नेपाल आर्मी क्लबमा आबद्ध रहेका छन् भने आर्मीकै फुटबल टिम त्रिभुवन आर्मी क्लबबाट फुटबल खेल्ने गर्दछन्।[१][२]
खवासले नेपाली फुटबल टिममा २००८ देखि प्रवेश पाएका हुन् । उनी नेपालले २०१६ सालमा एएफसी सोलिदरिटी कप जित्दाको एक महत्त्वपूर्ण सदस्य हुन् ।दभरतले नेपालकालागि २० खेल खेलि सकेका छन् भने १० गोल समेत गरिसकेका छन् ।
भरत खवास नेपाली फुटबल इतिहासमा एक चर्चित त्यस्तो नाम हो जसले नेपालका लागि अन्तर्राष्ट्रिय ह्याट्रिक समेत गरिसकेका छन्ख।उनले २ मार्च २०१३(दशरथ रंगशाला , काठमाडौँ) मा नर्दन मारियाना आइस्ल्याण्डविरूद्व २०१४ एएफसी च्यालेन्स कप छनोट चरणमा ह्याट्रिक गरेका हुन् । उनी नेपालका लागि ह्याट्रिक गर्ने चौथो खेलाडी समेत हुन् ।
भरत खवास हाल नेपाली सेनाको विभागिय टिम नेपाल आर्मी फुटबल क्लबका खेलाडी तथा क्याप्टेन हुन् ।
उनी नेपलकालागी २१ नम्बरको जर्सीमा मैदान उत्रने गर्दछन् । भरत खवास नेपाली फुटबल इतिहासमा एक चर्चित त्यस्तो नाम हो जसले नेपालका लागि अन्तर्राष्ट्रिय ह्याट्रिक समेत गरिसकेका छन् । उनले २ मार्च २०१३(दशरथ रंगशाला , काठमाडौँ) मा नर्दन मारियाना आइस्ल्याण्डविरूद्व २०१४ एएफसी च्यालेन्स कप छनोट चरणमा ह्याट्रिक गरेका हुन् । उनी नेपालका लागि ह्याट्रिक गर्ने चौथो खेलाडी समेत हुन् ।
नेपालका निम्ति उच्च तथा स्तरिय खेल प्रस्तुत गरेका खवासले २०१७ मार्च अप्रिलमा पिलिपिन्स सँगको २०१९ एएफसी एसिया कप छनोट तेस्रो चरणको खेलमा पहिलो पटक कप्तानको भुमिका प्राप्त गरेका थिए ।
नेपालले २०१६ को सोलिडारिटी कप जित्दा नेपालको तर्फबाट सर्वाधिक उत्कृष्ट खेल खेल्ने खेलाडी भरत खवास नै थिए।उनले कुल प्रतियोगिता भरि कुल १ गोल गरी २ गोलका निम्ति पास समेत उपलब्ध गराएका थिए।फाइनल खेलमा उनकै उत्कृष्ट पासमा सुजल श्रेष्ठले हेड मार्फत गोल गरेका थिए ,भने त्यहि गोलका मद्दतले नेपाल फाइनलमा विजय भएको थियो ।
# | मिति | स्थान | विपक्ष | गोल | नतिजा | प्रतियोगिता |
---|---|---|---|---|---|---|
१. | २५ मार्च २००८ | पोखरा रंगशाला, पोखरा | पाकिस्तान | १–१ | २–१ | मैत्रीपुर्ण खेल |
२. | ७ अप्रिल २०११ | दशरथ रंगशाला, काठमाडौँ | अफगानिस्तान | १–० | १–० | एएफसी च्यालेन्ज कप छनोट चरण |
३. | २८ जुलाई २०११ | दशरथ रंगशाला , काठमाडौ | जोर्डन | २०१४ फिफा विश्वकप छनोट चरण(एएफसी) | ||
४. | ६ डिसेम्बर २०११ | ज्वारलाल नेहरू रंगशाला, नयाँदिल्ली | पाकिस्तान | साफ च्याम्पियनसिप २०११ | ||
५./६./७. | २ मार्च २०१३ | दशरथ रंगशाला , काठमाडौ | उत्तरी मारिआना टापु | २०१४ एएफसी च्यालेन्स कप छनोट चरण | ||
८. | ३१ अगस्ट २०१३ | दशरथ रंगशाला , काठमाडौ | बङ्गलादेश | साफ च्याम्पियनसिप २०१३ | ||
९. | ८ नोभेम्बर २०१६ | सर्वाक् रंगशाला,मलेसिया | ब्रुनाई | २०१६ एएफसी सोलिदरिटी कप | ||
१०. | ६ सेप्टेम्बर २०१८ | बंगबन्धु राष्ट्रिय रंगशाला,ढाका | भुटान | २०१८ साफ च्याम्पियनसिप |
# | मिति | स्थान | विपक्ष | गोल | नतिजा | प्रतियोगिता |
---|---|---|---|---|---|---|
१. | २९ मार्च २०१६ | तुअनुकु अब्दुल रमन रंगशालामलेसिया | मलेसिया(यू-२३) | मैत्रीपूर्ण खेल |
भरत खवास हाल नेपाल आर्मी फुटबल टिमका कप्तान समेत हुन् उनले नेपाली आर्मी फुटबल टिमबाट विभिन्न घरेलु फुटबल प्रतियोगिताहरू जिति सकेका छन् ।जस मध्ये केही महत्त्वपूर्ण उपाधिहरू निम्नानुसार रहेका छन्।