भरत जंगम Bharat Jangam | |
---|---|
![]() भारत जंगम | |
जन्म | भारत जंगम २५ नोभेम्बर १९४७ भक्तपुर, नेपाल |
पेशा | लेखक, कवि, सामजिक कार्यकर्ता, पत्रकार, विचारक |
भाषा | नेपाली, अङ्ग्रेजी |
राष्ट्रियता | नेपाली |
साहित्यिक आन्दोलन | भ्रष्टाचारविरोधी शास्त्र |
उल्लेखनीय कार्यहरू | कालो सूर्य, व्युहचक्र, रातोघाम, ख्वपदेश (अन्य कार्यहरू) |
भरत जंगम (जन्म: २५ नोभेम्बर १९४७) एक नेपाली लेखक, पत्रकार र हिन्दुवादी हुन्। वहाँ आफ्नो उपन्यास कालो सूर्यका लागि प्रसिद्ध छन्।[१]
भरत जंगमको जन्म काठमाडौं उपत्यकाको प्राचीन नगर भक्तपुरमा वि.सं. २००४ (सन् १९४७) मा भएको हो। हाल भरत जंगम काठमाडौंको वानेश्वरमा बसोबास गर्छन्।
वि.सं. २०२७ साल (सन् १९७०) देखि पत्रकारितामा प्रवेश गरेका उनले गोरखापत्र, कान्तिपुर, समाचारपत्र, हिमालय टाईम्स, लोकपत्र र राजधानी जस्ता दैनिक पत्रिकामा लेख टिप्पणी लेख्नुको साथै नेपाली आवाजको सम्पादक तथा प्रकाशकको रुपमा काम गरे।
भरत जंगम बि.सं. २०३६ (सन् १९७९) मा कालो सूर्य नामक उपन्यास लेखेर साहित्य क्षेत्रमा प्रवेश गरेका हुन्। वर्तमान अवस्थासम्म कालो सूर्य उपन्यास विश्वको अन्य भाषा जस्तै अङ्ग्रेजी, हिन्दी, उर्दू, कन्नड, आसामी, बङ्गाली, जापानी, चिनियाँ, रुसी, मैथिली, भोजपुरी, डोट्याल, नेवारी तथा संस्कृत भाषाहरूमा अनुवाद भएका छन् । भरत जङ्गमको कालो सूर्य, व्युहचक्र, रातोघाम र ख्वपदेश चार उपन्यास छन् भने निर्वन्ध वन्धन कथा सङ्ग्रहको अतिरिक्त कविता तथा गीतका भिन्दा भिन्दै पुस्तक प्रकाशित भएका छन् । यसैगरी विचार तथा दृष्टिकोण, पचास प्रशङ्ग तथा भ्रष्टाचार विरुद्धको आन्दोलन नामक प्रवन्ध सङ्ग्रह पनि प्रकाशित भएका छन् ।
वि.सं. २०५५ (सन् १९९८) देखी सर्वोच्च अदालतमा सार्वजनिक सरोकारका मुद्दा दायर गरेर विभिन्न समयमा विभिन्न निर्णय गराए । त्यस्ता मुद्दाहरूमा निम्न मुद्दाहरू महत्वपूर्ण र उल्लेखनिय छन् ।