भारतमा सबै मोटरचालित वाहनहरूलाई एक दर्ता सङ्ख्या (अथवा लाइसेन्स नम्बर) दिइन्छ। लाइसेन्स पट्टलाई नामपट्ट पनि भनिन्छ । यो संख्या भारतका सबै प्रदेशहरूमा जिल्ला स्तरका क्षेत्रीय परिवहन कार्यालय (RTO) द्वारा दिईन्छ। यो चलान अनुज्ञप्ति पट्ट वाहनका अगाडि र पछाडिको दिशामा लगाईन्छ। नियमानुसार सबै पट्टिहरू लैटिन वर्ण सहित आधुनिक भारतीय अङ्क प्रणालीमा हुनपर्छ।[१]
चलान अनुज्ञप्ति पट्ट निजी कारहरू र द्वि-पाङ्रे वाहन मालिक सेतो पृष्ठभूमिको साथमा काला अक्षरहरूमा हुनुपर्छ (उदाहरणको लागि PY 01 B 7185)। व्यावसायिक वाहन जस्तै ट्याक्सी, ट्रकको लागि पहेंलो पृष्ठभूमिको साथ काला अक्षरहरूमा लेखिएको अनुज्ञप्ति पट्ट हुन पर्छ (जस्तै : DL 2L 0001)। विदेशी दूतावासहरूसँग सम्बन्धित वाहन हल्का निलो रङ्गको पृष्ठभुमिका साथ सेता अक्षरहरूमा लेखिएको हुनपर्छ (जस्तै : 22 UN 14)।[२]) भारतीय राष्ट्रपति र राज्यपालका आधिकारिक कारहरू अनुज्ञप्ति पट्ट रहित हुन्छन्। यसको ठाउँमा उनीहरू रातो पट्टिमा सुनौला अक्षरहरूमा समुद्भृत (बाहिर उठेको) भारतको राष्ट्रीय प्रतीक राख्दछन्।
भारतमा वर्तमान पन्जीकरण क्रम सूचीका तीन भाग छन् जो निम्न प्रकार हुन्:
यि सङ्ख्या निर्धारण योजानाका केहि लाभहरू छन्:
केही राज्यहरूमा (जस्तै - दिल्ली, गुजरात र बिहार) जिल्लासँग सम्बन्धित अङ्कको प्रथम शून्य छोडिएको हुन्छ अतः दिल्लीको जिल्ला नंवर 2, DL 02. नभएर DL 2 हुन्छ ।
दिल्ली राज्यमा दर्ता संख्यामा एक अतिरिक्त कुट (पास) हुन्छ
DL 1C AA 1111
यहाँ DL दिल्लीका दुईवटा कूट अक्षर हुन् । अतिरिक्त C (वाहन श्रेणीको लागी) एक अक्षर हो । द्वि-पाङ्ग्रे वाहनहरूका लागि 'S' (एस), कारहरू र खेल उपयोगिता वाहनहरूका लागि 'C' (सी), सार्वजनिक यात्री वाहनहरू जस्तै बसहरूका लागि 'P' (पी), तिन पाङ्ग्रे वाहनहरू जस्तै रिक्शाको लागि 'R' (आर), पर्यटन लाइसेन्स वाहनहरू र टैक्सिहरूको लागि 'V' (भी) तथा पिकअप ट्रक, वैन र भाडामा चलाउने वाहनहरूका लागि 'Y' (वाइ) काममा लईन्छ। यो प्रणाली अन्य राज्यहरूमा पनि लागू हुन्छ। (उदाहरणको लागि राजस्थानको कूट 'RJ' (आरजे) दुई अक्षरको कूट हो र 'P यात्री वाहनहरूका लागि र 'Y' भाडा वाहनहरूका लागि हो।)
भारतका सबै राज्य र केन्द्र शासित प्रदेश आफ्ना-आफ्ना दुई अक्षर भएका कूट राख्दछन्। यो दुई अक्षरको प्रसंग सन् १९८० मा चलनमा आएको हो। यस पहिले प्रत्येक जिल्ला र क्षेत्रीय परिवहन कार्यालय तीन अक्षरको कूट राख्दथे । त्यो बेला कुनै राज्यलाई निरुपित गर्दैनथे । यो एक उच्च कोटिसम्म भ्रमित गर्दथे- उदाहरणको लागि MMC 6238 (एमएमसी ६२३८) देशमा कतै पनि सटीक छैन।
|
|
|
उदाहरण HP 08 (एचपी ०८), यहाँ 08 हिमाचल प्रदेशमा चोपल जिल्लालाई निरुपित गर्दछ। सबै राज्यमा दुई अतिरिक्त जिल्ला राख्दछन् जिल्लाहरूलाई वाहन पञ्जीकरणको शुल्क दिईएको छ।