खास तराईको उत्तर र चुरे पर्वतमालाको दक्षिणमा ३८० मिटरको उचाइसम्म फैलिएको साँगुरो पेटीलाई भावर क्षेत्र भनिन्छ । चुरे र तराईको बीचको क्षेत्र भावर हो । ८ देखि १० माइलसम्म चौडाइ भएको भावर प्रदेशले मुलुकको कूल क्षेत्रफलको ४.५ प्रतिशत भूभाग ओगटेको छ ।[१][२]
वन फँडानी, अतिक्रमण, खोलानालाबाट ढुंगागिट्टी उत्खनन र मानवीय क्रियाकलापहरूले चुरेको भावर क्षेत्र संकटग्रष्त अवस्थामा रहेकाे छ। भावर क्षेत्रको वन विनाश र जथाभावी भइरहेको ढुंगागिट्टी उत्खननले तल्लो तटीय क्षेत्रमा बाढीको समस्या बढेको विज्ञहरूले भनाइ छ ।[३] [२]