भुवन बाम Bhuvan Bam | |||||||||||||
---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|
व्यक्तिगत जानकारी | |||||||||||||
जन्म | [१] | २२ जनवरी १९९४||||||||||||
राष्ट्रियता | भारतीय | ||||||||||||
शिक्षा | शहीद भगत सिंह कलेज (बिए) | ||||||||||||
पेसा |
| ||||||||||||
युट्युब जानकारी | |||||||||||||
च्यानलहरू | बिबी की भाइन्स | ||||||||||||
स्थान | भारत | ||||||||||||
सक्रिय वर्ष | सन् २०१५–वर्तमान | ||||||||||||
प्रकृति |
| ||||||||||||
पाठक | १८.९ मिलियन | ||||||||||||
कूल झलक | २.६ बिलियन | ||||||||||||
| |||||||||||||
अद्यावधिक २८ अगस्त २०२० |
भुवन बाम (उच्चारण [ˈbʱuːʋən baːm]; जन्म २२ जनवरी १९९४)[१] एक भारतीय हास्य कलाकार, गायक, गीतकार, र युट्युब व्यक्तित्व हुन् जो दिल्ली, भारतका हुन्। उनी आफ्नो युट्युब कमेडी च्यानल 'बिबी की भाइन्स'को लागि परिचित छन्। सन् २०१८ मा, बाम १० करोड पाठकहरूलाई पार गर्ने पहिलो भारतीय व्यक्तिगत युट्युब सामग्री सिर्जनाकर्ता बनेका थिए।[३] उनी बिबी की भाइन्स प्राइवेट लिमिटेडका निर्देशक हुन् र एएमबी यूथियापा एलएलपी, उनको च्यानल व्यापार पछाडिको कम्पनी, मा निर्दिष्ट पार्टनर हुन्।[४][५]
बाम एक महाराष्ट्रीयन हुन्,[६] र उनको जन्म २२ जनवरी १९९४ मा गुजरातको बडोदामा भएको थियो।[२] पछि, उनका परिवार दिल्ली सरेका थिए। उनले ग्रीन फिल्ड्स स्कूल, दिल्लीबाट शिक्षा हासिल गरेका थिए र शहीद भगत सिंह कलेजबाट इतिहासमा स्नातक डिग्री हासिल गरेका थिए।[७]
वर्ष | पुरस्कार | श्रेणी | परिणाम | स्थान | सन्दर्भ |
---|---|---|---|---|---|
२०१९ | फिल्मफेयर पुरस्कार | सर्वश्रेष्ठ छोटो चलचित्र | विजयी | मुम्बई, भारत | [८] |