भूपी शेरचन | |
---|---|
![]() भूपी शेरचन | |
जन्म | भूपेन्द्रमान शेरचन १९९२ पुस १२ गते मुस्ताङ, थाक टुकुचे |
मृत्यु | २०४६ जेठ १ काठमाडौँ |
पेशा | कवि |
भाषा | नेपाली |
राष्ट्रियता | नेपाली |
विधा | कविता (गद्य) |
उल्लेखनीय कार्यहरू | घुम्ने मेचमाथि अन्धो मान्छे |
उल्लेखनीय पुरस्कारहरू | साझा पुरस्कार |
भूपि शेरचन (वि.स. १९९२-२०४६) नेपाली आधुनिक कवि हुन् । सन् १९६९ मा उनी घुम्ने मेचमाथि अन्धो मान्छे कृतिको लागि साझा पुरस्कारबाट सम्मानित भएका थिए ।
भूपी शेरचनको (वास्तविक नाम: भूपेन्द्रमान शेरचन) जन्म वि.सं. १९९२ साल पुस (१४ मे १९३७ ] महिनामा मुस्ताङ जिल्लाको थाक टुकुचेमा भएको हो । भूपी ६ वर्षका हुँदा उनकी आमाको मृत्यु भएको थियो । मातृ वात्सल्यविहीन भूपी अत्यन्त सम्वेदनशील ए ।
अध्ययनको लागि उनी बनारस गए । उनले बि.ए. सम्म अध्ययन गरेका थिए ।
उनले दुई विवाह गरे। दोस्री सहयात्री कान्तिसँग उनले २०२५ सालमा अन्तर्जातीय विवाह गरेका थिए।
उनी विभिन्न संगसंस्ता तथा पेसामा संलग्न थिए।
१. नेपाल कमन्युस्ट पार्टीको जिल्ला सचिव(२०१२)
२. ठेकेदारी(२०१८ देखि)
३. नेपाल राजकीय प्रज्ञा-प्रतिष्ठानका सदस्य(२०२६)
भूपी शेरचनका प्रकाशित कृतिहरू:-
१. परिवर्तन (नाटक, २०१० साल)
२. नयाँ झ्याउरे (कविता,२०१० साल)
३. निर्झर (कविता, २०१५ साल)
४. घुम्ने मेचमाथि अन्धो मान्छे (कविता, २०२५ साल)
५. अल्झेछ क्यारे पछ्यौरी (गीत)
१. साझा पुरस्कार(२०२६) 'घुम्ने मेचमाथि अन्धो मान्छे' कविता संग्रहको लागि[१]
२. गोरखा दक्षिणबाहु—दोस्रो(२०४२)
भूपीको निधन २०४६ साल जेठ १ गते, काठमाडौँमा भयो ।