भृकुटी नेपालका लिच्छवी कालिन राजा अंशुवर्माकी छोरी हुन्। उन्नी विवाह एक राजनीतिक रणनीति पनि थियो । उनको विवाह तिब्बतका शासक श्रङ चङगम्पोकी सँग भएको थियो । अंशुवर्माले तिब्बतसँग राम्रो सम्बन्ध बनाइराख्न यस्तो गरेका थिए । भृकुटी तिब्बतियाहरूको लागि 'बाल - मो -ब्ज'को रूपमा जानिन्छिन् 'ख्रि ब्त्सुन्, भेल्सा त्रित्सुन् (' नेपाली 'पत्नी) या, बस, ख्रि ब् तिसन् ( राजकिय महिला ), उनी चिनियाँ शासक श्रङ चङगम्पोकी (६०५ - ६५० CE) पहिलो पत्निको रूपमा चिनिन्छिन्। भृकुटी नेपालकी राष्ट्रिय विभूति पनि हुन्। उनलाई 'बेसा'को नामले पनि चिनिने गरिएको छ। [१]
भृकुटी बौद्ध धर्ममा आस्था राख्थिन्। उनले तिब्बतमा बुद्धका पवित्र आकृतिहरू र दक्ष नेवारी कालिगढहरू आफ्नो दाईजोको रूपमा लगेकी थिईन्, जसमध्ये अरनिको पनि एक कालिगढ थिए । उनको चाहना अनुसर ल्हासाको रातो महल तिनै कालिगढहरूले बनाएका हुन्। पाँचौ दलाई लामाले पुननिर्माण गराएर त्यही महल आज पोताला दरबारको रूपमा विश्व सामु अवस्थित छ। उनले तिब्बतको साम्ये गुम्बामा "तब-वान्ग्" तथा अन्य मुर्तिहरू नेपाली कलाकारद्वारा निर्माण गर्न लगाईन्। उनकै आग्रहमा नेपाली मुर्तिकारहरूले थ्रो-योले छेनरेग जस्तो आकर्षक मुर्ति बनाए। यसलाई तिब्बतमा मिक्यो दोर्जे(मनुभजरा) रामोच्छे जोवा या रामोच्छे छुन्ग्पा पनि भनिन्छ। यो मुर्ति हालसाल ल्हासाको मन्दिरमा छ।