मदनमणि दीक्षित


मदनमणि दीक्षित
जन्मवि.सं. १९७९ फागुन ६
गैरीधारा, काठमाडौँ
मृत्युवि. सं. २०७६ श्रावण ३०
पेशालेखक
राष्ट्रियतानेपाली
विधाकथा, नाटक, व्यङ्ग्य
उल्लेखनीय पुरस्कारहरूमदन पुरस्कार, साझा पुरस्कार, पद्यश्री साधना सम्मान
धर्महिन्दु

मदनमणि दीक्षित (वि.सं. १९७९ - २०७६) नेपाली भाषाका साहित्यकार हुन्। वैदिक तथा पौराणिक साहित्यका पात्रचरित्र र कथावस्तुलाई टिपेर लेख्नु दीक्षितको विशेषता हो । दीक्षितका साहित्यमा पूर्वीय दर्शनका अनुपम उपहारका रूपमा रहेका चार वेद, १८ महापुराण, महाभारतजस्ता ग्रन्थका साररूप देख्न सकिन्छ । माधवी उपन्यास नेपाली आख्यान विधाको सबैभन्दा गहन र बृहत् कृति मानिन्छ । [https://sahityapost.com/top-news/18605/ १]


| प्रकाशित कृतिहरू =

१. "कसले जितो कसले हारो"

२. "हाम्रा तिन दिन"

३. "त्यो युग"

४. "मेरी नीलिमा"

५. "माधवी" आदि ।

| साहित्यिक विशेषता =

मूलतः दीक्षित पूर्वीय सभ्यता गहन अध्येता र व्याख्याता हुन् । उनका साहित्यमा पूर्वीय दर्शनका सार पाइन्छन् । महाभारत वा पौराणिक मिथकलाई लेख्ने गरेका कारण उनलाई लीलालेखक पनि भन्नुपर्दछ । “मेरी नीलिमा” कि नीलिमा होस् वा माधवीकी माधवी, उनीहरूप्रति न्याय दिलाउन खोज्ने दीक्षित महान् नारीवादी लेखक हुन् । कुनै न कुनै रूपले नारीमाथिको अन्याय, दमन र शोषणलाई मुखरित गर्दै ती पात्रमा झिनो मात्र पनि सहानुभूतिको स्वर बोल्दै दीक्षितले न्याय नै गरेका छन् ।



मदनमणिको जन्म बाबु लक्ष्मणमणि आचार्य दीक्षित र आमा विष्णुकुमारीका सुपुत्रका रूपमा गैरीधारा, काठमाडौँमा वि.सं. १९७९ फागुन ६ गते (सन् १९२३ फेब्रुवरी १७) का दिन भएको हो । वरिष्ठ आख्यानकार मदनमणि दीक्षितलाई वि. सं. २०६८ सालमा पद्यश्री साधना सम्मान पुरस्कार प्रदान गरिएको थियो ।

मदनमणि दीक्षितको निधन वि. सं. २०७६ साल श्रावण ३० गते जनैपूर्णिमाका दिन भएको छ। निमोनियाका कारण अस्पताल भर्ना गरिएका उनी स्वास्थलाभ पश्चात् घर फर्किएका थिए। तर बिहान चार बजेतिर कालिकास्थानस्थित घरमै उनको निधन भएको छ।[]

उनको पहिलो रचनाका रूपमा वि.सं. २०१९ मा रूपरेखामा 'कसले जित्यो कसले हार्‍यो' शीर्षक कथा प्रकाशित भएको थियो। लामो समय पत्रकारिता गरेका मदनमणि उपन्यास, कथालेखन आदिमा चर्चित रहे। उनका प्रकाशित केही कृतिहरू:

क्रमांक शीर्षक विधा
1 माधवी उपन्यास (वि.सं. २०३९)
2 चरैवेति निबन्ध सङ्ग्रह (वि. सं. २०४४)
3 त्यो युग निबन्ध सङ्ग्रह (वि. सं. २०४७)
4 हाम्रा ती दिन निबन्ध (वि. सं. २०२९)
5 म रुँदै बिर्सन्छु संस्मरण (वि. सं. २०२७)
6 बर्लिन डायरीका पाना यात्रावर्णन (सन् १९८४)
7 लाखौं शिशुहरू लिफ्ट मागिरहेछन्
8 मेरी आमाको प्रश्नलाई आज जवाफ चाहिएको छ
9 कसले जित्यो कसले हार्‍यो? कथा सङ्ग्रह (वि. सं. २०२१)
10 दशलाख हिरोसिमातिर
11 ग्यास च्याम्बरको मृत्यु कथा सङ्ग्रह (सन् १९८५)
12 जीवन महाअभियान
13 ऋग्वेद: केही प्रमुख सूक्त (वि. सं. २०६५)

उनले समीक्षा (साप्ताहिक)को सम्पादक भएर काम गरे भने उनका कथा, लेख, निबन्ध आदि विभिन्न पत्र-पत्रिकाहरूमा प्रकाशित छन्।

बि. सं. २०३९ मा माधवी उपन्यासका लागि उनलाई मदन पुरस्कार प्रदान गरिएको थियो। त्यही वर्ष त्यही उपन्यासले साझा पुरस्कार पनि पाएको थियो । उनले भानुभक्त पुरस्कार, लेखनाथ साहित्य पुरस्कार, भूपालमानिसंह कार्की पुरस्कार, नइ सुकीर्ति पुरस्कार, देवीप्रसाद सापकोटा आमसञ्चार सम्मान, पद्मश्री सम्मान, राष्ट्रिय कलाश्री सम्मान आदिबाट सम्मानित भएका छन् । सूचना तथा सञ्चार मन्त्रालयले यस वर्षको राष्ट्रिय पत्रकारिता पुरस्कार र वरिष्ठ पत्रकार सम्मान पाउने व्यक्तिहरूको नाम सार्वजनिक गरेको छ । पुरस्कार छनौट समितिले यस वर्षको बरिष्ठ पत्रकार सम्मानबाट बयोबृद्ध पत्रकार मदनमणी दीक्षित सहित चार जनालाई छनौट गरेको छ ।[]

नेपाली पत्रकारिता क्षेत्रमा पनि उनको विशिष्ट योगदान छ । ०७४ मा सरकारले दीक्षितलाई राष्ट्रिय पत्रकारिता पुरस्‍कारबाट पनि सम्मान गरेको थियो । दीक्षित साहित्यिक पत्रिका समीक्षाका सम्पादक पनि बनेका थिए ।

यो पनि हेर्नुहोस्

[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]

बाहिरी लिङ्कहरू

[सम्पादन गर्नुहोस्]


उद्दरण त्रुटी: <ref> tags exist for a group named "https://sahityapost.com/top-news/18605/", but no corresponding <references group="https://sahityapost.com/top-news/18605/"/> tag was found