![]() | ||||
पुरा नाम | मनाङ- मर्स्याङ्दी क्लब | |||
---|---|---|---|---|
उपनाम(हरू) | 'मनाङे' | |||
स्थापना | १९८२ | |||
मैदान | दशरथ रङ्गशाला, काठमाडौँ, नेपाल | |||
क्षमता | २५,००० अन्दाजी | |||
अध्यक्ष | ज्याम्लिङ घले | |||
प्रशिक्षक | राजु काजी शाक्य[१] assistant नबिन न्य | |||
लिग | २०१५ नेपाल राष्ट्रिय लिग | |||
२०७२ | दोस्रो | |||
|
मनाङ मर्स्याङ्दी क्लब नेपालको 'क' श्रेणीको फुटबल क्लब हो । यस फुटबल सबैभन्दा धेरै पटक नेपालको राष्ट्रिय लिग जित्ने एकमात्र फुटबल क्लब हो। जसले हालसम्म ७ पटक शहिद स्मारक ए-डिभिजन लिग जितेको छ । भने अन्तिम पटक २०१४ मा राष्ट्रिय लिग जितेको थियो । सन् १९८६ १९८७, १९८९ २०००, २००३, २००६, २०१४ गरी सात पटक सम्म राष्ट्रिय लिग जितेको यस क्लबले सन् २०१३ सालमा अन्तर्राष्ट्रिय उपाधिका रूपमा किङस् कप जित्न सफल भएको थियो ।
मनाङ मर्स्याङदी क्लब जसलाई नेपालीरियल म्याड्रिड भनेर समेत चिनिन्छ । भने यस फुटबल क्लबको राष्ट्रिय लिग तथा अन्य जुनसुकै सानो ठूलो फुटबल प्रतियोगितामा प्रमुख प्रतिद्वन्दीका रूपमा सुरुमा रानीपोखरी कर्नर टिम (आरसीटि) र न्युरोड टिम (एन.आर.टि)आएको थियो भने पछिलो पटक नेपालकै अर्को उत्कृष्ट क्लब थ्री स्टार क्लब र नेपाल पुलिस क्लब लिईन्छ। साथै अन्य नेपाली फुटबल टिमहरूलाई पनि यस टिमको प्रतिद्वन्द्वी मानिन्छ ।
मनाङ मर्स्याङदी क्लब झगडाबाट सुरु भएको एउटा क्लब हो । ठमेल ११ र थ्रीस्टार क्लब बीचको बि-डिभिजनको खेल हुँदा बिजेता टोली ए-डिभिजनमा उक्लने अवस्था थियो । तर खेल अन्त्य नहुदै खेलाडी बीच विवाद सुरु भयो । विवादित खेलमा थ्री स्टार विजयी भयो । र झगडा गरेको आरोपमा ठमेल ११ लाई प्रतिबन्ध लगाइयो । प्रतिबन्धित ठमेल ११ मा खेलाडी र पदाधिकारीले नंया क्लब स्थापना गरे । मनाङबाट आएका मानिसहरूले यसमा लगानी गरे । सुरुमा यसको नाम मर्स्याङदी- मनाङ क्लब थियो । त्यस थ्री स्टार र मनाङ मर्स्याङदी क्लब स्थापना काल देखि नै प्रतिद्वन्दीको रूपमा उदाएका थिए ।
मनाङले त्यो समयमा समूह डिभिजनबाट ए डिभिजन सम्म पुग्दा सबैमा च्याम्पियन भएको थियो । अझ कुनै पनि खेल हारेको थिएन । ०४३ अघि ए-डिभिजनमा बढुवा भएको मनाङले त्यसपछि निरन्तर सफलतामा आफूलाई अब्बल बनायो । ‘ए’ डिभिजन उक्लिएपछि मनाङले पछि फर्कनुपरेको छैन । त्यसपछि मनाङ ०४३ सँगै ०४४ र ०४६ मा पनि च्याम्पियन बन्यो । [२]
रेलिगेसन बिनाको लिगमा मनाङ मर्स्याङ्दी च्याम्पियन भएको थियो । मछिन्द्र विरुद्धको अन्तिम खेलमा बाहेक सबै खेलमा यो क्लब विजयी भएको थियो ।
अन्तिम समय २ अक्टोबर सम्मको मनाङ मर्स्याङ्दीका खेलाडीहरू.[३]
|
|
मनाङ मर्स्याङ्दी क्लबका वर्तमानका प्रायोजकहरू:
१९८६ १९८७, १९८९ २०००, २००३, २००६, २०१४, २०१८-१९
२००४
२००३
२००७
२००४, २००५ ,२०१२
२०११
२०१२
२०१२[५]
१९८८:छनोट चरण
२००६:समूह चरण २०१४:अन्तिम चरण