मनु ब्राजाकी

मनु ब्राजाकी
जन्मवि.सं. १९९९ साउन १९
महोत्तरी औरही
पेशालेखक
राष्ट्रियतानेपाली
विधाकथा, साहित्यकार, गजल
उल्लेखनीय पुरस्कारहरूमैनाली कथा पुरस्कार, साझा पुरस्कार, गङ्गालक्ष्मी पुरस्कार, महाकवि देवकोटा पुरस्कार

मनु ब्राजाकी (वि.सं. १९९९ - २०७४ माघ १९) एक साहित्यकार हुन्। उनको साहित्यिक नाम 'सगर नासरत्य', 'हेमन्त हरि' हो भने खास नाम 'चेतमानसिंह भण्डारी' हो । अन्नपूर्णाको भोज कथा सङ्ग्रहका लागि वि. सं. २०७० सालमा पद्मश्री साहित्य पुरस्कार प्रदान गरिएको थियो । गजलका तीन कृति ‘गजलगङ्गा’, ‘काँडाका फूलहरू’ र ‘के हेरेको ए जिन्दगी’ तथा कथाकृतिहरू ‘अवमूल्यन’, ‘आकाशको फल’, ‘तिम्रीस्वास्नी र म’, ‘भविष्ययात्रा’, ‘पारदर्शी मान्छे’ ‘अन्नपूर्णाको भोज’ उनका प्रकाशित कृतिहरू हुन् । नेपाल प्रज्ञाप्रतिष्ठानले २०६० सालमा प्रकाशनार्थ लिएको उनको ‘आमालाई बेच्नुहुँदैन लाटा’ कथासङ्ग्रहको पाण्डुलिपि हराइदिएको थियो । त्यो एकेडेमीबाट कसले गायब पार्यो ? अझै पत्तो लाग्न सकेको छैन ।

 "गजल"
कहाँसम्म पुगिएला यसैगरी खोच्याएर
छोट्ट्याउँनु पर्ला बाटो पुग्ने ठाउँ सच्याएर ।

आवारा झैं भएपछि डुलुवा यो मन बोकी
आकाशलाई ओढेको छु धर्तीलाई ओछ्याएर ।

फाँट बेंसी गाउँघरमा छँदा कति ठुलो थिएँ
धेरैमाथी पुगें क्यारे आफूलाई होच्याएर ।

मन चोर्ने बोल्या छैन, धन चोर्ने चाँही आज
साधु बनी बसेको छ कोकोहोलो मच्चाएर ।

ईश्वरसँग हिँड्यौ भने स्वर्ग पक्कै पुग्छौ होला
घर पुग्नु परे हिँड मनुलाई पछ्याएर ।

गजल

मनुको जन्म वि.सं. १९९९ साउन १९ गते महोत्तरी जिल्लाको औरहीमा भएको हो। वि.स. २०३८ देखि उनका साहित्यिक कृति प्रकाशित छन् । उनको ७५ वर्षको उमेरमा वि.सं. २०७४ माघ १९ गते शुक्रवार बिहान पाटन अस्पतालमा निधन भयो । मस्तिष्क शिरोघात भएपछि उनको उपचार भइरहेको थियो । नेपाली साहित्यमा उनले कथा र गजल विधामा कलम चलाएका छन् । []

उनको पहिलो रचना वि.सं. २०१९ मा 'अञ्चल सन्देश'मा कथा प्रकाशित भएको थियो । मनुका प्रकाशित मौलिक कृतिहरू

लघुकथा संग्रह

  • अवमुल्यन
  • आकाशको फल
  • तिम्री स्वास्नी र म
  • भाविष्य यात्रा
  • पारदर्शी मञ्च
  • मनु ब्राजाकीका लघु कथा
  • अन्नपूर्णको भोज (अन्नपूर्णको पर्व)

गजल संग्रह

  • गजल गंगा
  • कण्डक फुलहरु
  • के हेरेको ए जिन्दगी

व्यक्तिगत जीवन

[सम्पादन गर्नुहोस्]

उनको 2 फेब्रुअरी 2018 (19 माघ 2074) मा ब्रेन ह्यामरेजका कारण निधन भएको थियो ।  उहाँका श्रीमती, एक छोरा र एक छोरी छन्।

class="wikitable "

पुरस्कारहरू

[सम्पादन गर्नुहोस्]
  1. रहेनन् साहित्यकार मनु ब्राजाकी -थाहाखबर डटकम

बाहिरी लिङ्कहरू

[सम्पादन गर्नुहोस्]