![]() काँचो मस्यौरा | |
प्रकार | किण्वित खाद्य समाग्री |
---|---|
उत्पत्ति स्थान | नेपाल |
सम्बन्धित राष्ट्रिय व्यञ्जन | नेपाली खाना |
मसौरा वा मस्यौरा एक किण्वित घाममा सुकाएर तयार गरिएको खाद्य समाग्री हो जुन कालो दालको साथ विभिन्न तरकारीहरूको कीमा मिसाएर बनाइन्छ। यो खाद्य समाग्रीको उत्पत्ति नेपालमा भएको र विश्वभरभरि फैलिएका नेपाली समुदायहरूले बनाउने गर्दछन्। यो समाग्रीको तयारीमा प्रायः पिँडालु, तरुल र कर्कलो पात जस्ता तरकारीको प्रयोग गरिन्छ।
प्राचीन समयमा वर्षभरि, बिशेषत: हिउँदमा, ताजा तरकारीहरू फेला पार्न गाह्रो भएको हुनाले, ताजा तरकारीहरू उपलब्ध नभएको बेला मस्यौरा पौष्टिक खाद्य वस्तुको एक लोकप्रिय विकल्प बन्न पुग्यो।[१] यसलाई तेलमा तारिन्छ र अन्य तरकारीसँग मिसाएर बनाइन्छ।
कुनै ठ्याक्कै वा लिखित प्रमाण त छैन, तर स्थानीय मानिसहरू मस्यौरा शब्द, मास (कालो दाल) शब्दबाट व्युत्पन्न भएको विश्वास गर्छन्, मासको दाल मस्यौरा बनाउन चाहिने एक मुख्य समाग्री हो।
मस्यौरा कसले कहिले आविष्कार गर्यो वा बनाउन थाल्यो भन्ने कुनै इतिहास छैन, तर यो सम्भवतः नेपालको परम्परागत संरक्षित खाद्य पदार्थहरू मध्ये एक हो।