महाप्रास्थानिक पर्व महाभारतको सबैभन्दा छोटो पर्व हो। [१] महाप्रस्थानिक पर्वमा कुनै उपपर्व छैन र मात्र ३ अध्याय छन्। यसमा १२३ स्लोक छन्।
महाप्रस्थानिक पर्व महाभारतको अठार पर्व मध्ये सत्रौ पर्व हो। यसमा तीन अध्याय छ।[२][३][४][१] यो पर्व महाभारतको सबैभन्दा छोटो पर्व हो। [१]
महाप्रस्थानिक पर्वमा पाणडवहरू स्वर्ग जान हिमाल तिर लाग्ने, सुमेरु पर्वत चड्ने जस्ता घटनाको वर्णन छ। उनीहरूसँग एउटा कुकुर पनि आइरहेको थियो। पहाड चढदाचढ्दै बाटामा द्रौपदी, सहदेव, नकुल, अर्जुन र भीम पाँचै जनाले शरीर त्यागिदिए। युधिष्ठिर र कुकुर मात्र सुमेरु पर्वतको माथी पुगे। [३][५]
मौसुल पर्वमा यादव कुलका वीरहरू एक अर्कासँग लडेर मरे। बलरामले योग समाधिमा बसेर शरीर त्याग गरे। जारा सिकारीको वाणबाट श्रीकृष्णको मृत्यु भयो। यादवहरूको सर्वनाश र श्रीकृष्ण को मृत्युको समाचार सुनेर पाण्डवको मनमा सांसारिक जीवन प्रति वैराग्य जाग्यो। व्यास ऋषिले उनीहरूलाई सांसारिक जीवन त्यागेर सन्न्यास ग्रहण गर्न सुझाव दिए जुन सबैले माने। [६] वृष्णिवंशिहरूको श्राद्ध गरेर, प्रजाजनहरूको अनुमति लिएर द्रौपदीका साथ युधिष्ठिर आदि पाण्डव महाप्रस्थान गर्दछन्
पाँच पाण्डवले अभिमन्यु-पुत्र परीक्षितलाई राजगद्दीमा बसाउने अनि द्रौपदीलाई साथमा लिएर तीर्थ यात्रा गर्ने निर्णय गरे।
उनीहरू हस्तिनापुरबाट प्रस्थान गरेर अनेक पवित्र स्थानको दर्शन गर्दै अन्त्यमा हिमालयको फेदीमा पुगे। उनीहरूसँग एउटा कुकुर पनि आइरहेको थियो। उनीहरूले पहाड चड्न सुरु गरे।
पाँच पाण्डव र द्रौपदी स्वर्गतिर जाँदै गर्दा द्रौपदी धर्मराएर बाटोमै ढलिन् । उनलाई तल झरेको देखी महाबली भीमसेनले धर्मराजसँग सोधे- "महाराज! राजकुमारी द्रौपदीले कुनै पाप गरेकी थिइनन्। तर के कारणले स्वर्ग नपुगी ढलिन्?" युधिष्ठिरले भने- "पुरुषप्रवर! उनको मनमा अर्जुनको प्रति विशेष पक्षपात थियो; आज त्यसैको फल भोगिरहेकी छे । " युधिष्ठिरले भन्छन्–
पक्षपातो महानस्या विशेषेण धनञ्जये ।
तस्यैतत् फलमद्यैषा भुङ्क्ते पुरुषसत्तम ।। (महाप्रस्थानिकपर्व, २।६)
अर्थात्, उसको मनमा अर्जुनप्रति विशेष पक्षपात थियो, आज त्यसकै फल भोगिरहेकी छे ।
यति भनेर उनको तेर्फ नहेरी उनीहरू माथी लाग्छन्। केही समयमा सहदेव पनि धर्तिमा लडे। उनलाई पनि गिरेको देखी भीमसेनले राजा सँग सोधे- "दाइ! जो सदा हाम्रो सेवा गर्थे र जसमा अहंकारको नाम पनि थिएन, यी सहदेव कुन दोषको कारण धराशायी भए?" युधिष्ठिर ले भने- "यी राजकुमार सहदेव कोही सँग पनि आफ्नो जस्तो विद्वान या बुद्धिमान मान्दैनथे; अत: यही दोषको कारण उनको पतन भएको हो।"
यो बताएर सहदेवलाई पनि छोडेर बाँकी भै र एक कुकुरलाई लिएर युधिष्ठिर अघि बढे। कृष्णा र सहदेवलाई लडेको देखि शोकबाट आर्त भै बन्धुप्रेमी शूरवीर नकुल पनि ढले। मनोहर देखिने वाला वीर नकुल धराशायी हुँदा भीमसेनले पुन: राजा युधिष्ठिरसँग प्रश्न गरे- "दाइ! संसारमा जसको रुपको समानता गर्ने कोही थिएनन् र जसले कहिले पनि आफ्नो धर्ममा त्रुटि आउन दिएनन् तथा जो सधैं हाम्रो आज्ञा पालन गर्थे, ती हाम्रा प्रिय प्रियबन्धु नकुल किन पृथ्वीमा ढले?" युधिष्ठिरले भने- "भीमसेन! नकुलको दृष्टि सदा यस्तो थियो कि रूपमा मेरो समान दोस्रो कोही छैन। "
द्रौपदी, नकुल र सहदेव तीनजना ढले, यो देखेर शत्रुवीर अर्जुन शोक बाट संतप्त भै स्वयं पनि ढले। इन्द्र समान तेजस्वी दुर्धर्ष वीर अर्जुन जब पृथ्ववीमा ढलेर जब प्राण त्यागे, त्यस समय भीमसेनले राजा युधिष्ठिरसँग सोधे - "दाइ! महात्मा अर्जुन कुनै पनि स्थितिमा झुट बोलेको मलाई याद छैन। फेरि आज कुन कर्मको कारण पृथ्वीमा ढलेका छन्?" युधिष्ठिर बोले- "अर्जुनलाई आफ्नो शूरताको अभिमान थियो। उनले भनेका थिए 'मैं एक दिनमा नै शत्रुलाई भस्म गर्छु'; यसै कारणले उनलाई आज धाराशायी हुनु पर्यो। अर्जुनले सम्पूर्ण धनुर्धरको अपमान पनि गरे; अत: आफ्नो कल्याण चाहने मानिसले यस्तो कहिल्यै गर्नु हुन्न।"
यो बताएर राजा युधिष्ठिर अघि बढे। यत्तिकैमा भीमसेन पनि लडे। ढल्नासाथ भीमले धर्मराज युधिष्ठिरलाई पुकारेर सोधे- "राजन! एक छिन मेरो तर्फ पनि हेर्नुहोस्। मेरो यस पतन के कारणले भएको हो। बताउनुहोस्।" युधिष्ठिरले भने- "भीमसेन! तिमी निकै खान्थ्यौ र दोस्रालाई केही नसम्झी बलको आडमा सताउँथ्यौ। यसैकारण तेमी पनि धाराशायी हुनु पर्यो। यो बताएर युधिष्ठिर उनको तर्फ नहेरी अघि बढे। एउटा कुकुर पनि बराबर उनको अनुसरण गरिरहेको थियो।
तदनन्तर आकाश र पृथ्वी सबै तर्फबाट प्रतिध्वनित गर्दै देवराज इन्द्र दैवी रथ लिएर युधिष्ठिरको अगाडि आए र भने- "कुन्तीनन्दन! तिमी यस रथमा चढेर स्वर्ग हिड।" आफ्नो भाइहरू धरासायी भएको देखि धर्मराज युधिष्ठिर शोकमा संतप्त भै इन्द्रसँग भने- "देवेश्वर! मेरा भाइहरू बाटोमा ढलेका छन्। उनीहरू पनि मेरो साथमा चलुन्, यसको व्यवस्था गर्नुहोस्, किनकी म भाइहरू बिना स्वर्गमा जान चाहन्न। पुरन्दर! राजकुमारी द्रौपदी सुकुमारी छिन्। उनी सुखी पाउनको को लागी योग्य छिन्। उनी पनि हाम्रो साथमा आउन्, यसको अनुमती दिनुहोस् ।"
इन्द्रले भने- "भरतश्रेष्ठ! तिम्रा सबै भाइ पहिले नै स्वर्गमा पुगिसकेका छन्। उनीहरूको साथमा द्रौपदी पनि छिन्। त्यहाँ गएपछि सबैजना सँग भेट हुन्छ। भरतभूषण! उनीहरू मानव शरीर परित्याग गरेर स्वर्गमा गएका छन्; तर तिमी यही शरीर सहित स्वर्ग जानेछौ। यसमा केही संशय छैन।"
युधिष्ठिर बोले- " देवराज! यो कुकुर मेरो ठूलो भक्त हो। यसले सदा मेरो साथ दिएको छ; अत: यो पनि मेरो साथ चलोस्, यो आज्ञा दिनुहोअ् किनकी मेरो बुद्धिमा निष्ठुरताको अभाव छ।" इन्द्रले भने - "राजन! तिमीलाई अमरता, मेरो समानता, पूर्ण लक्ष्मी र निकै ठूलो सिद्धि प्राप्त भएको छ; अत: यो कुकुरलाई छोड र मेरो साथ हिड। यसमा कुनै कठोरता छैन।"
युधिष्ठिर बोले- "सहस्रनेत्रधारी देवराज! कुनै पनि आर्य पुरुष द्वारा निम्न श्रेणीको काम हुन अत्यन्त कठिन छ। मलाई यस्तो लक्ष्मीको प्राप्ति कहिल्यै नहोस् जसको लागि भक्तजनको त्याग गर्नु परोस्।"
इन्द्रले भने- "धर्मराज! कुकुर राख्नेको लागी स्वर्गलोकमा स्थान छैन। यसैले सोच-विचार गरेर काम गर। यस कुकुरलाई छोड। यसो गर्दा कुनै निर्दयता छैन।"
युधिष्ठिर बोले- "महेन्द्र! भक्तलाई त्याग गरेर जुन पाप हुन्छ, त्यो पापको अन्त कहिल्यै हुँदैन। यो कुरा महात्मा पुरुषहरू भन्छन्। संसारमा भक्तको त्याग ब्रह्महत्याको समान मानिन्छ; अत: म आफ्नो सुखको लागि आज यस कुकुरलाई छोड्न सक्दिन। जो डराएको छ, आफ्नो भक्त हो, मेरो अरु कोही साहारा छैन-यस्तो भनेर आर्तभावसँग शरणमा आएको हो, आफ्नो रक्षामा असमर्थ-दुर्बल छ र आफ्नो प्राण बचाउन चाहन्छ,यस्तो पुरुषलाई प्राण गए पनि म छोड्न सक्दिन; यो मेरो सदाको व्रत हो। "
इन्द्रले भने- "वीरवर! मनुष्य जे दान, यज्ञ, स्वाध्याय र हवन आदि पुण्यकर्म गर्छ, यदि त्यसमा कुकुरको दृष्टि पर्यो भने त्यदको फल क्रोधवश नामक राक्षसले हर्छ; त्यसकारण यस कुकुरको त्याग गर। कुकुरको त्याग गरेर तिमी देवलोक पुग्न सक्छौ। वीर! तिमीले आफ्नो भाइ तथा प्यारी पत्नी द्रौपदीको परित्याग गरि आफूले गरेको पुण्यकर्मको फलस्वरूप देवलोक प्राप्त गरेका छौ। फेरि तिमी यो कुकुरलाई किन छोड्दैनौ? सबैकुरा छोडेर अब एउटा कुकुरको मोहमा कसरी पर्यौ?"
युधिष्ठिरले भने- "भगवान! संसारमा यो निश्चित छ कि मरेका मनुष्यसँग न त कसैको मेल हुन्छ, न त विरोध नै हुन्छ। द्रौपदी तथा मेरा भाइहरूलाई जीवित गर्नु मेरो वशको कुरा थिएन; अत: मैले उनीहरूलाई त्यागे, जीवित अवस्थामा होइन। शरणमा आएकोलाई डर देखाउनु, स्त्रीको हत्या गर्नु, ब्राह्मणको धन लुट्नु तथा मित्रसँग द्रोह गर्नु- यी चार अधर्म एक र भक्तको त्याग दोस्रो तर्फ छ भने पनि ती चार र यो एक बाराबर छ।"
वास्तवमा युधिष्ठिरको धर्म नै कुकुरको रुपमा उनको पछि पछि आइरहेको थियो। धर्मराज युधिष्ठिरको यस्तो कथन सुनेर कुकुरको रूप धारण गरेका धर्मस्वरूपी भगवान निकै प्रसन्न भए। युधिष्ठिरको परीक्षा लिने उद्देश्यले नै धर्मदेव कुकुरको रुपमा आएका थिए। उनको मनको दृढता देखेर धर्मदेव निकै प्रसन्न भए र उनलाई आशीर्वाद दिए।
त्यसपछि धर्म, इन्द्र, मरुद्गण, अश्विनीकुमार, देवता तथा देवर्षिले पांडुपुत्र युधिष्ठिरलाई रथमा बसाएर आ-आफ्नो विमानबाट स्वर्गलोकमा गए। स्वर्गमा पुगेपछि देवर्षि नारदले भने - "कति राजर्षि स्वर्गमा आए, उनीहरू सबै यहाँ उपस्थित छन्; तर महाराज युधिष्ठिर आफ्नो सुयश बाट उनको स्थान उच्च छ। "
त्यहाँ सबैभन्दा पहिला युधिष्ठिरको भेट दुर्योधनसँग भयो।
नारदजीको कुरा सुनेर धर्मात्मा राजा युधिष्ठिरले देवताहरू तथा आफ्ना पक्षका राजाहरू को अनुमति लिएर भने - "देवेश्वर! मेरा भाइहरूलाई शुभ वा अशुभ जो स्थान प्राप्त भएको छ, मा त्यही स्थान ग्रहण गर्न चाहन्छु। त्यो बाहेक मलाई दोस्रो लोकमा जाने इच्छा छैन।" राजाको कुरा सुनेर देवराज इन्द्रले युधिष्ठिरलाई भने - "महाराज! तिमी आफ्नो शुभ कर्मद्वारा प्राप्त भएको यस स्वर्गलोकमा बस । मनुष्य लोकको स्नेहपाशको लागि किन यसरी तानिएका छौ ? कुरुनन्दन! तिमीलाई उत्तम सिद्धि प्राप्त भएको छ, जसलाई कुनै पनि अर्को मानिसले प्राप्त गर्न सक्दैनन् । तिम्रा भाइहारू यो स्थान पाउन सक्दैनन् । नरेश्वर! के अझै पनि मानवभाव तिम्रो स्पर्श गरिरहेको छ ? राजन! यो स्वर्गलोक हो। यी स्वर्गवासी देवर्षि तथा सिद्धहरूको दर्शन गर ।"
युधिष्ठिरले भने - "दैत्यसूदन! आफ्ना भाइहरू बिना मलाइ यहाँ बस्ने उत्साह छैन; अत: म त्यही जान चाहन्छु , जहाँ मेरा भाइ गएका छन् तथा जहाँ उच्च कद भएकी, श्यामवर्णा, बुद्धिमती सत्त्वगुणसम्पन्ना एवं युवतीमा श्रेष्ठ द्रौपदी गएकी छिन्।"
यस प्रकार श्रीमहाभारत महाप्रस्थानिक पर्व पुरा हुन्छ