माइतीघर | |
---|---|
![]() | |
निर्देशक | बि.एस.थापा |
निर्माता | सुमनान्जली फिल्म्स |
सङ्गीत | जयदेव |
प्रदर्शन मिति | १६ डिसेम्बर १९६६ |
देश | नेपाल |
भाषा | नेपाली |
माइतीघर नेपालमा बनेको तेश्रो नेपाली चलचित्र हो । तथा निजी क्षेत्रबाट लगानी गरी बनाइएको पहिलो चलचित्र हो । यस चलचित्रमा माला सिन्हा, सिपी लोहनी लगायत कलाकारले अभिनय गरेका छन् ।[१] यो चलचित्रमा पहिलाको नेपालको भौगोलिक स्थिति, विमान, विमानस्थल, कला, संस्कृति, न्यायालय, समाज लगायत चलचित्र बनाउने शैलीको अध्ययन गर्न सकिन्छ । दर्शकहरूले यस चलचित्रमा विदेशी शैलीको प्रभावलाई हटाएर हेर्ने हो भने अत्यन्त ऐतिहासिक, अद्वितिय र अनुकरणीय चलचित्र बनेकोमा दुई मत नहोला ।
पोखराको एक जना महिलालाई ११ वर्ष कारावासको सजाय हुन्छ तर कारावासको समयावधि सकिए पनि उनी जेल छाडेर जादिनन्। त्यसपछि जेलरले एक जना मनोचिकित्सालाई बोलाएर उनको समस्या बुझ्न लगाउँछन्। त्यसपछि ती महिलाले आफ्नो कथा सुनाउछिन् ।
पोखरा नजिकका पात्रहरु माया र मोहनको प्रेम बसे पछि बिहे हुन्छ । मोहन बेलायतमा पढेर फर्के पछि सिकार खेल्न जान्छन् । घरमा उनको जन्म दिन मनाईरहँदा तीव्र वेगमा जिप चलाएकाले रुखमा ठोकिएर दुर्घटना हुन गइ मोहनको मृत्यु हुन्छ । यसको केहि समय पछि मायाले घर र समाजको वचन सुन्न नसकि २ वर्षको छोरा र घर छाडेर नयाँ चोला फेर्न हिंडछिन् । यसरी जाँदा अन्जान ठाँउमा वादि-वदिनीको घरमा थुनिन पुग्छिन तर पेटमा २ महिनाको बच्चा भएकोले आत्महत्या भन्दा पनि नाच-गान गरेर १८ वर्ष बिताउँछिन । यस बीचमा छोरालाई पढाइमा अदृश्य आर्थिक सहयोग गरिरहन्छिन भने छोरीलाई त्रिचन्द्र कलेजमा गोप्य रूपमा पढाउँदै हुन्छिन् । एकदिन एउटा साहूले छोरीको इज्जत लिने बताएपछि मायाले विष खुवाएर मार्दिन्छिन । त्यसपछि सर्वोच्च अदालतमा छोराले सरकारको तर्फबाट मुद्धा लड्दा "वेश्या" भने पछि यस्तो नभन भनेर आफ्नो वास्तविकता उजागर गर्छिन र बहिनीलाई दाजुको जिम्मा लगाएर कारावासमा जान्छिन।
कारावासमा आफ्नो कथा सुनाउदा सुनाउँदै उनको मृत्यु हुन्छ ।
यस चलचित्रमा ख्यातीप्राप्त अनुभवी जयदेवले संगीत दिएका छन् । यस चलचित्रमा भारतीय गायक-गायिकाहरु लता मंगेशकर, आशा भोसले, उषा मंगेशकर, मन्ना डे र गीता दत्त ले नेपाली गायक-गायिकाहरु प्रेमध्वज प्रधान, सिपि लोहनी र अरुणा लामासँग गीत गाएका थिए । गीतकार किरण खरेलले गीत रचेका थिए। यस चलचित्रमा रहेको अन्तको एउटा गीत राजा महेन्द्रद्वारा लेखिएको गीतलाई लता मंगेशकरले गाएकी थिइन् ।
गीत | शब्द | कलाकार | गीतको समय |
---|---|---|---|
छ सलाम कसरी बोलम | सिपि लोहनी | ||
हाँसी खेली यहि धुलोमा | मन्ना डे | ||
हेर धर्ती डगमगाई | किरण खरेल | मन्ना डे | |
हे सुन आज तिमीहरू | सिपि लोहनी | ||
जय जय जननी नेपाल | मन्ना डे | ||
जुन माटो मा मेरो | राजा महेन्द्र (म.वी.वि.शाह) | लता मंगेशकर | |
काला कुर्तैले | सिपि लोहनी, अरुणा लामा | ||
केको खानु केको लाउनु | अरुणा लामा, गीता दत्त | ||
मा प्यार बेचीदिन्छु | आशा भोसले | ||
नमान लाज यस्तरी | प्रेमध्वज प्रधान उषा मंगेशकर | ||
सल्लोमा भानु सलो मा | अरुणा लामा, गीता दत्त | ||
सानु माया मेरो सानुमायालाई | अरुणा लामा, गीता दत्त | ||
तीनै शहर नेपालीमा | सिपि लोहनी | ||
उन्भोमा झर्ने बनको बाटो | सिपि लोहनी, अरुणा लामा | ||
यो हो मेरो प्राण भन्दा प्यारो माइतीघर | किरण खरेल | आशा भोसले |