माताङ्गिनी हाजरा | |
---|---|
মাতঙ্গিনী হাজরা | |
![]() | |
जन्म | तमलुक, बङ्गाल राज्य, बेलायती भारत | १७ नोभेम्बर १८७०
मृत्यु | २९ सेप्टेम्बर १९४२ तमलुक, बङ्गाल राज्य, बेलायती भारत | (उमेर ७१)
चिनारीको कारण | भारतीय स्वाधीनता आन्दोलन |
माताङ्गिनी हाजरा (बङ्गाली: মাতঙ্গিনী হাজরা, जन्म: १९ अक्टोबर १८७०, मृत्यु: २९ सेप्टेम्बर १९४२) एक भारतीय क्रान्तिकारी थिइन् जसले ब्रिटिस भारतीय प्रहरीले तामलक प्रहरी चौकी अगाडि (तात्कालिक मिदनापुर जिल्लाको अगाडि) सन् १९४२ सेप्टेम्बर २९ मा गोली हानी हत्या नगरेसम्म भारतीय भारतीय स्वतन्त्रता आन्दोलनमा भाग लिएकी थिइन्।[१][२] उनी गान्धी बुढीको नामले परिचित थिइन्।[३]
मातङ्गिनी हाजराको जन्म पूर्वी बङ्गाल (वर्तमान बङ्गलादेश) मिदनापुर जिल्लाको तमलक नजिकै होगला गाउँमा एक अत्याधिक गरीब परिवारमा भएको थियो। गरीबीको कारण उनी प्रारम्भिक शिक्षाबाट पनि बञ्चित भएकी थिइन्।[४] उनको १२ वर्षको उमेरमा उनको विवहा ग्राम अलीनान के ६२ वर्षीया विधुर त्रिलोचन हाजरासँग भएको थियो। उनी १८ वर्षको उमेरमा नि:सन्तान विधवा भएकी थिइन्। उनको श्रीमानको पहिलो श्रीमतीको छोराद्वारा उनी घृणित थिइन् जसकारण उनी एक छुट्टै टहरामा जीवनयापनका लागि मजदुरीमा संलग्न भएकी थिइन्।[५] उक्त गाउँका गाउँहरूको सुखदुःखमा सदा सहभागी भएकाले उनलाई पुरै गाउँमा लोकप्रिय बनेकी थिइन्।
सन् १९३२ मा महात्मा गान्धीको नेतृत्वमा देश भरि स्वाधीनता आन्दोलन सञ्चालनमा आएको थियो जुन आन्दोलनको मुल नारा वन्देमातरम् थियो। वन्देमातरमको मुल नारा साथ जुलुस प्रतिदिन निक्लिने क्रम बढ्दै गयो जब यसै जुलुस मध्य एक जुलुस माताङ्गिनीको घर हुँदै गएको थियो भने उनले उक्त जुलुसलाई बङ्गाली परम्पराको अनुसार शङ्खको ध्वनिको सात स्वागत गर्दै जुलुसमा सहभागी भएकी थिइन्।[६] तामलुक गाउँको कृष्णगञ्ज बजारमा पुगेपछि सबै जुलुसको एक सभा भएको थियो जहाँ माताङ्गिनीले सबैसँग स्वाधीनता सङ्ग्राममा तन, मन, घन देखि सङ्घर्ष गर्ने सपथ लिएकी थिइन्। मातङ्गिनीलाई अफीमको लत थियो तर उनले उक्त सभामा सपथ लिएपछि उनलाई स्वाधीनताको नशा चढेको थियो। १७ जनवरी १९३३ मा ‘करबन्दी आन्दोलन’ लाई दबाउन बङ्गालका तात्कालिक गभर्नर एण्डरसन तामलुक आएका थिए भने उनको विरोधमा व्यापक रूपमा प्रदर्शनी भएको थियो जहाँ माताङ्गिनी हाजराले सबैभन्दा अगाडि कालो झण्डा लिएर प्रदर्शन गरेकी थिइन्। उक्त प्रदर्शनी बेलायती शासनको विरोधमा नारा लगाई दरबार सम्म पुगेको थियो जहाँ प्रहरीले उनलाई गिरफ्तार गर्यो र छ महिनाको सश्रम कारावास दिएर मुर्शिदाबाद कारागारमा चलान गरिएको थियो।
सन् १९३५ मातामलुक क्षेत्र भीषण बाढीबाट प्रभावित भएको थियो भने उक्त बाढीका कारण यस गाउँ हैजा तथा दादुरा जस्ता महामारी फैलिएको थियो।
मातङ्गिनी आफ्नो ज्यानको बाजी लगाउँदै राहात कार्यमा जुटेकी थिइन्। सन् १९४२ मा जब भारत छोड आन्दोलन सञ्चालन गरिएको थियो तब माताङ्गीती उक्त आन्दोलनमा पनि सहभागी भएकी थिइन्। ८ सेप्टेम्बर, तामलुकमा भएको एक प्रदर्शनीमा प्रहरीले गोली चलाउँदा ३ प्रदर्शनकारीको मृत्यु भएको थियो जसको फलस्वरूप २९ सेप्टेम्बरमा प्रदर्शनकारीको थप सक्रियता साथ बाक्लो भिड जम्मा भएको थियो।[७] यस प्रदर्शनीमा माताङ्गिनीले गाउँगाउँमा गएर लगभग ५,००० भन्दा बढी स्थानीय मानिसलाई प्रदर्शनीका लागि तैयार पारेकी थिइन्। सबै मानिसहरू दिउँसोको समयमा डाक बाङ्ला नामक एक सरकारी कार्यलयमा जम्मा भएका थिए। भिड बाक्ले भएपछि प्रहरीले बन्दुक चलाउन सुरु गरेको थियो जहाँ माताङ्गिनी एक चौतारीमा बसेर नारा लगाउँदै थिइन् भने प्रहरीले चलाएको एक गोली उनको बायाँ हातमा लागेको थियो भने उनी गोली लागेर लड्नु भन्दा अगाडि तीन रङ्गे झण्डालाई अर्को हातमा लिएकी थिइन्, पछि प्रहरीले चलाएको गोली उनको दायाँ हातमा लागेको थियो जसकारण उनको मृत्यु भएको थियो।