![]() | एक अनाथ पृष्ठको रुपमा रहेको, अन्य विकिपृष्ठसित नजोडिएको वा एक-दुईवटा लेखहरूसँग मात्र जोडिएको हुनसक्छ। कृपया सम्बन्धित लेखहरूलाई यस पृष्ठ सूत्रसँग जोड्न सहायता गर्नुहोस् |
माया ठकुरी (सन् १९४६- ) नेपाली महिला साहित्यकार हुन्।
माया ठकुरी | |
---|---|
![]() | |
जन्म | जुलाई २ १९४६ लखनउ, भारत |
पेशा | लेखक |
राष्ट्रियता | नेपाली |
विधा | कथा |
उल्लेखनीय कार्यहरू | साँधु तरेपछि, आमा! जानुहोस् |
उल्लेखनीय पुरस्कारहरू | मैनाली कथा पुरस्कार |
उनको जन्म सन् १९४६ जुलाई २ मा भारतको लखनऊमा भएको हो। उहाँको सबै तहको शिक्षा भारतमै भयो। उनले बी.ए. र शास्त्रीय संगीतमा जुनियर डिप्लोमा गरेकी छन्। आमा देवी ठकुरी तथा बुबा गम्भीरसिंह ठकुरीकी पुत्रीरत्नकामा जन्मिएकाी माया ठकुरी लामो समयसम्म शिक्षणमा रहेको पाइन्छ। ठकुरीले स्नातक तहको शिक्षा आर्जन गरेकी छन्। लगभग पच्चीस वर्ष शिक्षण पेसामा संलग्न उनी विभिन्न सामाजिक, साहित्यिक सङ्घसंस्थासँग पनि गाँसिएकी छन्। ठकुरीका कतिपय रचनाहरू नेपाल र भारतका विभिन्न तहका शैक्षिक पाठ्यक्रममा पनि समावेश गरिएका छन्। उनका कतिपय कथाहरू हिन्दी, बङ्गाली, तमिल, जापानी, अङ्ग्रेजी आदि भाषामा अनूदित भएका छन्। उनका कतिपय लेखरचनाहरू देशविदेशका पत्रपत्रिकाहरूबाट समेत प्रकाशित भएका छन्। उनको प्रथम प्रकाशित रचनाचाहिँ ‘बौलाहा’ शीर्षकको कविता हो।
आधुनिक कथा सृजनाका माध्यमबाट नेपाली भाषा र साहित्यलाई देश विदेशमा पुर्याई लोकप्रिय तुल्याए बापत त्रिमूर्ति निकेतनले कथाकार माया ठकुरीलाई नेपाली साहित्य नारी रत्नको सम्मान प्रदान गर्ने निर्णय गरेको छ। ताम्रपत्रका साथै सो पुरस्कारको राशी एकलाख रुपियाँ रहेको छ। ठकुरी यो पुरस्का पाएने प्रथम स्रष्टा हुन्।
त्रिमूर्ति निकेतनले आधुनिक कथा सृजनाका माध्यमबाट नेपाली भाषा साहित्यलाई देशदेशान्तरमा पुर्याई लोकप्रिय तुल्याएवापत नेपाली साहित्यका महारथी श्रीमती माया ठकुरीलाई ‘नेपाली साहित्य नारी रत्न’को सम्मान सहित पुरस्कार प्रदान गर्ने निर्णय गरेको छ। ताम्रपत्रका साथै यो पुरस्कारको राशि एक लाख रूपियाँ रहेको छ। यो पुरस्कार पाउने ठकुरी प्रथम स्रष्टा हुनुहुन्छ। यस सम्मानलाई निरन्तरता दिइने त्रिमूर्ति निकेतनले निर्णय गरेको छ। त्रिमूर्ति निकेतनका संस्थापक तथा अध्यक्ष श्रीमती इन्दिरा प्रसाईको अध्यक्षतामा बसेको निकेतनको बैठकले सो निर्णय गरेको हो।
उहाँ कथा लेखनमा बढी सक्रिय देखिनुहुन्छ। उहाँको पहिलो रचना सन् १९५९मा भारतको मेघायलमा प्रकाशित हुने आशा पत्रिकामा छापिएको बौलाही शीर्षकको कथा हो। उहाँका प्रकाशित कृतिहरूः
class="wikitable "
उनले पाएका केही सम्मान यसप्रकार छन्ः