मालदेव राठौर | |||||
---|---|---|---|---|---|
मारवाडका राजा | |||||
शासनकाल | ९ मे १५३२ - ७ नवम्बर १५६२ | ||||
पूर्वाधिकारी | राव गङ्गाजी राठौर | ||||
उत्तराधिकारी | राव चन्द्रसेन राठौर | ||||
जन्म | ५ डिसेम्बर १५११ जोधपुर, मारवाड, राजस्थान, भारत | ||||
मृत्यु | ७ नवम्बर १५६२ मेहरानगढ किल्ला, जोधपुर, मारवाड, राजस्थान, भारत | ||||
सन्तान | राव चन्द्रसेन राठौर राव उदयसिंह राठौर रामचन्द्र (१५ पुत्र, २४ पुत्री) | ||||
| |||||
घराना | राठौर-मारवाड | ||||
बाबु | राव गङ्गाजी राठौर | ||||
आमा | महारानी पद्मावती कुमारी | ||||
धर्म | हिन्दु |
राव मालदेव राठौर ( १५११ – १५६२) जोधपुर, मारवाडका हिन्दु राजपूत राजा थिए । उनी मारवाडका राजा राव गङ्गाजीका पुत्र थिए । सन् १५२७ को खान्वाको युद्घमा उनले राजकुमारका रूपमा युद्ध लडेका थिए । उक्त युद्धमा हार बेहोर्दा राजपूत राज्यहरू कमजोर भएका थिए । तर उनले आफ्नो राज्यलाई दृढ नेतृत्व दिएका थिए । मुगल सम्राट हुमायूँले १५५५ मा उत्तर भारत कब्जा गरेका थिए । तर राव मालदेव सुर साम्राज्य वा मुगल साम्राज्य कसैको पनि पक्षधर बनेन र स्वतन्त्र राजाका रूपमा राज्य गरे । उनलाई फारसी इतिहासकार फेरिस्ताले हिन्दुस्तानका सर्वशक्तिमान राजा भनेर वर्णन गरेका थिए ।