मिर्जापुर Mirzapur | |
---|---|
शैली | अपराध थ्रिलर एक्सन |
सर्जक |
|
निर्देशक | करण अन्सुमन गुरमीत सिंह |
कलाकारहरू | तल हेर्नुहोस् |
निर्माण गर्ने देश | भारत |
भाषा(हरू) | हिन्दी |
सत्रहरुको सङ्ख्या | १ |
भागहरूको सङ्ख्या | ९ |
निर्माण | |
कार्यकारी निर्माता(हरू) | रितेश सिधवानी फरहान अख्तर |
प्रसारण अवधि | ४४-५३ मिनेट |
निर्माण कम्पनी(हरु) | एक्सेल इन्टरटेनमेन्ट |
प्रसारण | |
मूल च्यानल | अमेजन भिडियो |
प्रथम प्रसारण | १६ नोभेम्बर २०१८ | – वर्तमान
मिर्जापुर एक्सेल इन्टरटेनमेन्टद्वारा निर्मित अमेजन प्राइम भिडियोमा एक अपराध थ्रिलर वेब टेलिभिजन शृङ्खला हो।[१] यो शृ शृङ्खला मुख्य रूपमा मिर्जापुरमा चित्रित गरिएको छ, जसको केही चित्रण जौनपुर, आजमगढ, गाजीपुर, लखनऊ, गोरखपुर र वाराणसीमा छन्। यो लागूपदार्थ, बन्दुक र अराजकता वरिपरि घुम्छ। यसमा उत्तर प्रदेशको पूर्वाञ्चल क्षेत्रमा माफिया डनहरूको दमन र शासन-विधि, र प्रतिस्पर्धा र अपराधको चित्रण छ।[२] यसको पहिलो सत्रमा कुल ९ एपिसोडहरू छन्।[३] शृङ्खला दोस्रो सत्रको लागि नवीकरण गरिएको छ र २३ अक्टोबर २०२० प्रिमियरको लागि निर्धारित छ।[४]
शृङ्खला 'इनसाइड एज' र 'ब्रीथ' पछि अमेजन प्राइम भिडियोको तेस्रो काल्पनिक भारतीय मूल हो। यसमा पंकज त्रिपाठी,[५] दिव्येन्दु शर्मा, अली फजल, विक्रान्त मेस्सी, श्वेता त्रिपाठी, श्रिया पिलगाँवकर, रसिका दुगल, हर्षिता गौर र कुलभूषण खरबन्दा मुख्य कलाकार छन्।[६][७][८]