मीनाक्षी लेखी | |
---|---|
विदेश राज्य मन्त्री | |
पद बहाली सन् २०२१ जुलाई ७ सहकर्मी भेल्लमभेल्ली मुरलीधरन र राजकुमार रञ्जन सिंह | |
प्रधानमन्त्री | नरेन्द्र मोदी |
मन्त्री | सुब्रह्मण्यम जयशङ्कर |
संस्कृति राज्य मन्त्री | |
पद बहाली सन् २०२१ जुलाई ७ | |
प्रधानमन्त्री | नरेन्द्र मोदी |
मन्त्री | गङ्गपुरम किशन रेड्डी |
पूर्वाधिकारी | प्रह्लाद सिंह पटेल |
लोक सभा सदस्य | |
पद बहाली सन् २०१४ जुन ५ | |
पूर्वाधिकारी | अजय माकन |
निर्वाचन क्षेत्र | नयाँ दिल्ली |
सार्वजनिक उपक्रम समितिको अध्यक्ष | |
कार्यकाल सन् २०१९ अक्टोबर ३० – सन् २०२१ अगस्ट १३ | |
पूर्वाधिकारी | शान्ता कुमार |
उतराधिकारी | संतोष गङ्गवार |
संसदीय विशेषाधिकार समितिको अध्यक्ष | |
कार्यकाल सन् २०१६ अगस्ट २० – सन् २०१९ अक्टोबर २९ | |
पूर्वाधिकारी | एसएस अहलुवालिया |
उतराधिकारी | हरिवंश नारायण सिंह |
व्यक्तिगत विवरण | |
जन्म | नयाँ दिल्ली, भारत | ३० अप्रिल १९६७
राजनीतिक दल | भारतीय जनता पार्टी |
जीवन साथी | अमन लेखी |
सन्तान(हरू) | १ |
मातृ शिक्षाप्रतिष्ठान | कानुन विभाग, दिल्ली विश्वविद्यालय |
पेशा |
|
मीनाक्षी लेखी एक भारतीय राजनीतिज्ञ र भारतको विदेश राज्य मन्त्री र संस्कृति राज्य मन्त्रीको रूपमा कार्य गर्दै छिन्। उनी भारतीय जनता पार्टी (भाजपा) की सदस्य हुन्। उनी १६औँ र १७औँ लोकसभामा नयाँ दिल्ली संसदीय क्षेत्रबाट संसदकी सदस्य हुन्। [१] उनी भारतको सर्वोच्च अदालतमा पनि वकिल हुन्। सन् २०१४ को लोक सभा निर्वाचनमा उनले भाजपा उम्मेदवारको रूपमा उच्च ध्यानकेन्द्रित संसदीय क्षेत्र नयाँ दिल्ली संसदीय क्षेत्र जितिन् र सन् २०१९ मा पुनः निर्वाचित भइन्।[२] सन् २०१६ मा उनी संसदमा लोक सभाको सुविधा सम्बन्धी समितिको अध्यक्षको रूपमा नियुक्त भएकी थिइन्।[३] सन् २०१९ जुलाई २६ मा लोकसभा अध्यक्ष ओम बिडलाले लेखीलाई सार्वजनिक उपक्रम सम्बन्धी समितिको अध्यक्षको रूपमा नियुक्त गरेका थिए जुन पदमा हालसम्म उनी पदासिन छिन्।[४]
उनी सामाजिक र राजनीतिक विषयहरूमा पत्रपत्रिका र शोधपत्रमा लेख लेख्नुको साथै उनी राष्ट्रिय र अन्तर्राष्ट्रिय महत्त्वका विषयमा विभिन्न टेलिभिजन कार्यक्रमहरूमा भाग लिन्छिन्।[५][६][७][८]
दिल्लीको हिन्दू कलेजबाट वनस्पतिशास्त्रमा बिएससी गरेपछि[९] लेखीले एलएलबीको पढाईको लागि दिल्ली विश्वविद्यालयको कानूनी विभाग क्याम्प्समा भर्ना लिएकी थिइन्। उनले सन् १९९० मा दिल्ली बार काउन्सिलमा भर्ना भइन र भारतको सर्वोच्च अदालत, दिल्ली उच्च न्यायालय र देशका विभिन्न भागमा अन्य धेरै अदालत, न्यायाधिकरण र फोरममा अभ्यास गरेकी थिइन्।