मुक्तिवाहिनी | |
---|---|
मुक्ति | |
![]() ![]() मुक्तिवाहिनीको आधिकारिक झण्डा तथा प्रतीक | |
नेता | महम्मद आताउल गनी ओसमानी, प्रधान सेनापति मोहम्मद आबदुर रब, सेनाप्रधान आबदुल करिम खन्दोकार, उपसेना प्रधान |
सञ्चालित अवधि | मार्च - डिसेम्बर १९७१ |
समूह(हरू) | बङ्गलादेशी सेना ∟ के बल ∟ एस बल ∟ जेड बल बङ्गलादेशी नौसेना बङ्गलादेशी विमान सेना बङ्गलादेशी प्रहरी विशेष छापामार योद्धा ∟ मुजिब वाहिनी ∟ कादेर वाहिनी ∟ हेमायेत वाहिनी ∟ आफसार वाहिनी |
सक्रिय क्षेत्र | ![]() |
विचारधारा | बङ्गाली राष्ट्रियतावादी सन् १९७१ को बङ्गलादेश हत्याकाण्डको प्रतिरोध[१] |
को भाग | सन् १९७१ को बङ्गलादेशी अस्थायी सरकार[२] |
सम्बद्ध | ![]() |
विपक्षी | ![]() |
युद्धहरू | गाजीपुरको युद्ध, गोयालहाटीको युद्ध, गरिवपुरको युद्ध, धलाइको युद्ध, राङ्गमाटीको युद्ध, कुष्टियाको युद्ध, दरुइनको युद्ध, अपरेसन बरिशाल, अपरेसन ज्यापट |
मुक्तिवाहिनी वा मुक्तिफौज सन् १९७१ को बङ्गलादेशको स्वतन्त्रता युद्धमा भाग लिएका बङ्गाली सैनिक, विद्यार्थी र सर्वसाधारण जनता मिलेर बनेको एक सैन्य बल हो। सन् १९७१ मार्च २६ का दिन बङ्गलादेशको स्वतन्त्रताको घोषणा पश्चात् साधारण बङ्गालीहरूको यो सेना बिस्तारै विकसित हुँदै गएको थियो भने अप्रिलको मध्यतिर पूर्वी पाकिस्तान सेनाका पूर्व सदस्यहरूले "बङ्गलादेश सैन्य बल" गठन गरेका थिए जसमा अताउल गनी उस्मानीले सेनापतिको रूपमा कार्यभार ग्रहण गरेका थिए। यस अवधिमा भारतले मुक्तिवाहिनीलाई ठूलो सहयोग गरेको थियो। स्वतन्त्रता युद्धको समयमा सर्वसाधारणले यस शक्तिलाई निरन्तर सहयोग प्रदान गरेका थिए। युद्धपछि पश्चिम पाकिस्तानी सेनाविरुद्ध लडेका बङ्गलादेशका सबै सैनिक र जनसेनालाई 'मुक्तिवाहिनीको रूपमा सम्बोधन गरिएको थियो। मुक्तिवाहिनीले प्रायजसो शत्रु पक्षलाई व्यस्त राख्न छापामार युद्धको नीति प्रयोग गर्ने गरेको थियो। मुक्तिवाहिनीको रणनीति धेरै हदसम्म क्रान्तिकारी चे ग्वेभाराबाट प्रेरित भएको मानिन्छ। यसलाई कहिलेकाँही फ्रान्सेली माकी सेना, भिएत कङ र मार्सल तितोको छापामार फौजसँग तुलना गरिएको थियो किनभने यसको रणनीति निकै प्रभावकारी बनेको थियो।
पश्चिम पाकिस्तानी सेनाद्वारा सन् १९७१मार्च २५ का दिन गरिएको हत्याकाण्डको प्रतिरोध गर्न मुक्तिवाहिनि गठन गरिएको थियो जुन सेना बङ्गलादेशको स्वतन्त्रता युद्धको अन्तिम चरणसम्म गठित हुन सफल भएको थियो। सन् १९६९ को अयुब विरोधी आन्दोलनसँगै स्वतन्त्रताको सङ्घर्ष बढ्न थालिसकेको थियो। सन् १९७० को दशकको प्रारम्भमा बङ्गबन्धु शेख मुजिबुर रहमानको छ बुँदे आन्दोलनमार्फत स्वतन्त्रताका लागि पहल सुरु भएको थियो।[३][४] मार्च सन् १९७१ मार्चमा तत्कालीन पूर्वी पाकिस्तान (पछि बङ्गलादेश) मा बढ्दो राजनैतिक असन्तुष्टि र साँस्कृतिक राष्ट्रवादको मागलाई तत्कालीन पश्चिमी शासकहरूले कडा दमन गर्दै अपरेसन सर्चलाइट नामक एक सुनियोजित सैन्य विद्रोहको खाका तयार पारेका थिए।[५]
पश्चिम पाकिस्तानी सेनाद्वारा गरिएको सुनियोजित सैन्य कार्वाही तथा हत्याकाण्डको मुखमा अनगिन्ती निस्सहाय मानिसहरूले भारतका पूर्वी राज्यहरूमा (लगभग १० लाख शरणार्थी) शरण खोजिरहेका थिए जसले पछि मुक्ति युद्धको गतिशीलतालाई नयाँ आयाम दिएको थियो। [६]बङ्गालका जनताको असहिष्णु मानवीय विपत्तिको सामना गर्दै भारत सरकारले मुक्तिवाहिनीसँग यथासम्भव सक्दो सहयोग गर्न थालेको थियो।[७][८]
सुरुमा मुक्तिवाहिनीलाई मुक्तिफौजको नामले चिनिन थालिएको थियो जसमा अरबी शब्द 'फौज'लाई बङ्गालीमा "वाहिनी" शब्दको पूरकता दिन्छ।[९] यस शब्दलाई पछि विभिन्न भाषाहरू मार्फत बङ्गाली भाषामा अपनाइएको थियो। मुक्तिवाहिनी पहिले सन् १९७१ को मार्च महिनाको सुरुतिर विभिन्न सहर तथा गाउँहरूमा सङ्ग्रास परिषद् भनिने विद्यार्थी तथा युवाहरूको पहलमा गठन गरिएको थियो। मुक्तिवाहिनीको नाममा कसरी परिवर्तन भयो भन्ने कुरा ठ्याक्कै स्पष्ट छैन।[१०] तथापि यस नामले बङ्गालका स्वतन्त्र जनताको लडाकु शक्तिलाई जनाउँदछ।
सन् १९६९ मा अयुब खान विरोधी आन्दोलनको समयदेखि र शेख मुजिबको ६ बुँदे आन्दोलनको चरमोत्कर्षबाट बङ्गलादेशको स्वतन्त्रता युद्धको सुुरुवात भएको थियो। पूर्वी पाकिस्तानका बङ्गालीहरूमाझ स्वतन्त्रताको आन्दोलन सुरु भएको थियो जसको केन्द्र राष्ट्रवादी, प्रगतिशील र वामपन्थीहरू थिए। सन् १९७० को चुनावपछिको सङ्कटले यस विचारलाई अझ बलियो बनाएको थियो। यस सम्बन्धमा शेख मुजिब स्वयं अन्य प्रमुख राजनीतिक दलहरूको दबाबमा परेका थिए। विशेष गरी, कट्टर राष्ट्रवादी युवा विद्यार्थी नेताहरू शेख मुजिबले तुरुन्तै स्वतन्त्रता घोषणा गरेको सुन्न चाहन्थे। केही वामपन्थी र राष्ट्रवादी समूहले सशस्त्र तयारी गरिरहेका थिए। बङ्गाली सेनाका अधिकारी तथा वरिष्ठ सैनिकहरू पाकिस्तानी सेना छोड्न तयार थिए। शेख मुजिबुर रहमानको आह्वानमा मार्च ३ देखि र मार्च ७ पछिका दिनहरूमा तत्कालीन पूर्वी पाकिस्तानका जनता शान्तिपूर्ण असहयोग आन्दोलनमा सामेल भए जुन २५ मार्च १९७१ को मध्यरातसम्म चलेको थियो। सोही दिन पाकिस्तानी सेनाले प्रशासनलाई नियन्त्रणमा लिन एक सशस्त्र हुलमाथि आक्रमण गरेको थियो। सन् १९७१ मार्च २५ को रात पाकिस्तान सेनाले आक्रमण गर्दा केही कम शक्ति भएको प्रतिरोध प्रयासको प्रतिवेदन प्राप्त भएको थियो जसमा विशेषगरी ढाका विश्वविद्यालयको इकबाल हल र राजारबाघ प्रहरी मुख्यालयमा आक्रमण भएको थियो। राजनैतिक घटनाहरूको गतिलाई ध्यानमा राख्दै मुक्तिवादी बङ्गालीहरू र पाकिस्तानी आक्रमणकारी सेनाद्वारा युद्धको वातावरण सृजना गरिएको थियो। सेनाका बङ्गाली सदस्यहरू पनि पाकिस्तानी पक्षबाट निस्केर देशका विभिन्न भागहरूमा भेला हुन थालेका थिए।
मुक्तिवाहिनी र भारतीय सेनालाई संयुक्त रूपमा संयुक्त रूपमा संयुक्त सेना भनिन्छ। सन् १९७१ डिसेम्बर १६ मा पाकिस्तान सेनाका कप्तान जनरल नियाजीले ढाकाको रेसकोर्स मैदानमा सन् १९७१ को डिसेम्बर १६ का दिन आत्मसमर्पण गरेका थिए।
स्वतन्त्रता युद्धको समयमा बङ्गलादेशको अस्थायी सरकार गठन भए लगत्तै यसले पाकिस्तानी सेनासँगको युद्धलाई निश्चित गरेको थियो। सन् १९७१ को जुलाई ११ का दिन भएको मन्त्रीपरिषद्को बैठकमा कर्नल महम्मद आताउल गनी ओस्मानीलाई स्वतन्त्रता युद्धको प्रधान सेनापति, प्रमुख सेनानी अब्दुर रबलाई सेनाप्रमुख र कप्तान एके खन्दोकारलाई हवाई सेनाका प्रमुखको रूपमा नियुक्त गरिएको थियो।
सो बैठकमा बङ्गलादेशलाई ११ वटा क्षेत्रमा विभाजन गरिएको र प्रत्येक क्षेत्रका लागि एक क्षत्रीय सेनापति नियुक्त गरिएको थियो। क्षेत्र १० लाई सेनापतिको प्रत्यक्ष निगरानीमा दिइएको थियो र यसमा नौसेना र सेनापतिको आफ्नै फौज समावेश गरिएको थियो।
पाकिस्तान सेनाबाट भागेर स्वतन्त्रता युद्धमा सहभागी भएका सेनाका अधिकारीहरूलाई विभिन्न क्षेत्रको जिम्मा लगाइएको थियो भने यी प्रशिक्षित सेनाहरूले छापामार युद्धको नेतृत्व गर्दै स्वतन्त्रता सेनानीहरूमाझ प्रशिक्षित नभएकाहरूलाई प्रशिक्षण दिएका थिए। यी मध्ये अधिकांश प्रशिक्षण केन्द्रहरू सीमा नजिकै अवस्थित थिए भने भारत सरकारको प्रत्यक्ष सहयोगमा सञ्चालन गरिएका थिए।
युद्धमा आफ्नो क्षमता बढाउन प्रत्येक क्षेत्रलाई विभिन्न उप-क्षेत्रमा विभाजन गरिएको थियो। निम्न बमोजिम स्वतन्त्रता युद्धका क्षेत्रहरूलाई आफ्नो क्षेत्रका सेनापतिहरूको नामसहित सूचीकृत गरिएको छ;
মুক্তিযুদ্ধের সেক্টরসমূহ | ||
---|---|---|
সেক্টর | এলাকা | সেক্টর কমাণ্ডার |
১ | চট্টগ্রাম জেলা, চট্টগ্রাম পাহাড়ী এলাকা, এবং মুহুরী নদীর তীরবর্তী এলাকার নোয়াখালীর পূর্বাঞ্চল। | মেজর জিয়াউর রহমান, পরবর্তীতে মেজর রফিকুল ইসলাম দ্বারা প্রতিস্থাপিত |
২ | ঢাকা জেলা, কুমিল্লা জেলা, ফরিদপুর জেলা, এবং নোয়াখালী জেলার অংশবিশেষ। | মেজর খালেদ মোশাররফ, পরবর্তীতে মেজর এ টি এম হায়দার দ্বারা প্রতিস্থাপিত। |
৩ | উত্তরে শ্রীমঙ্গলের কাছে চুরামন কাঠি থেকে সিলেট জেলা থেকে শুরু করে দক্ষিণে ব্রাহ্মণবাড়িয়া জেলার শিংগারবিল পর্যন্ত। | মেজর কে এম সফিউল্লাহ, পরবর্তীতে মেজর এ এন এম নুরুজ্জামান দ্বারা প্রতিস্থাপিত |
৪ | উত্তরে হবিগঞ্জ জেলার কিছু এলাকা থেকে শুরু করে দক্ষিণে ১০০ কিলোমিটার ভারত সীমান্ত বরাবর কানাইঘাট পুলিশ স্টেশন পর্যন্ত। | মেজর চিত্তরঞ্জন দত্ত, পরবর্তীতে ক্যাপ্টেন এ রব দ্বারা প্রতিস্থাপিত |
৫ | দুর্গাপুর থেকে তামাবিল (সিলেট জেলা) এবং সিলেট জেলার পূর্ব সীমান্তের সমগ্র এলাকা। | মেজর মীর শাখাওয়াত আলী |
৬ | রংপুর জেলা এবং দিনাজপুর অংশবিশেষ। | উইং কমাণ্ডার এম খাদেমুল বাশার |
৭ | রাজশাহী জেলা, পাবনা জেলা, বগুড়া জেলা এবং দিনাজপুর অংশবিশেষ। | মেজর নাজমুল হক, পরবর্তীতে সুবেদার মেজর এ রব এবং কাজী নুরুজ্জামান দ্বারা প্রতিস্থাপিত। |
৮ | ১৯৭১ এর এপ্রিলে, এই সেক্টরের এলাকা ছিলো কুষ্টিয়া জেলা, যশোর জেলা, খুলনা জেলা, বরিশাল জেলা, ফরিদপুর জেলা এবং পটুয়াখালী জেলা. মে মাসের শেষের দিকে একে কুষ্টিয়া জেলা, যশোর জেলা, খুলনা জেলা, সাতক্ষীরা জেলা এবং ফরিদপুর জেলার অংশবিশেষ নিয়ে পুনর্বিন্যাস করা হয়। | মেজর আবু ওসমান চৌধুরী, পরবর্তীতে মেজর এম এ মঞ্জুর দ্বারা প্রতিস্থাপিত। |
৯ | বরিশাল জেলা, পটুয়াখালী জেলা, এবং খুলনা ও ফরিদপুর জেলার অংশবিশেষ। | মেজর এম এ জলিল, পরবর্তীতে মেজর এম এ মঞ্জুর ও মেজর জয়নাল আবেদিন দ্বারা প্রতিস্থাপিত। |
১০ | নৌ-সেনাদের নিয়ে এই সেক্টরটি গঠন করা হয় | ভারতীয় কমাণ্ডার এম এন সুমন্ত। |
১১ | ময়মনসিংহ জেলা এবং টাঙ্গাইল জেলা। | মেজর জিয়াউর রহমান, পরবর্তীতে মেজর এম আবু তাহের, স্কোয়াড্রন লিডার হামিদুল্লাহ দ্বারা প্রতিস্থাপিত। |
Source: स्वतन्त्रता युद्धकालीन क्षेत्रहरूको सूची |
सन् १९७१ को अक्टोबरदेखि मुक्तिवाहिनीले पाकिस्तानी आक्रमणकारी सेनामाथि कडा प्रहार गर्दै आएको थियो। सोही वर्षको अगस्ट महिनामा भएको हिन्द-सोभियत सम्झौतापछि बङ्गलादेशले स्वतन्त्रता युद्धलाई आत्मसाथ गरेको थियो। पश्चिमी सीमाका केही सहरहरूमा पाकिस्तानको हवाई हमलापछि अन्ततः डिसेम्बर ३ देखि भारत औपचारिक रूपमा युद्धमा संलग्न भएको थियो। भारतीय सेनाहरूले नोभेम्बरदेखि स्वतन्त्रता सेनानीहरूसँग बेलोनियाको युद्धमा भाग लिएको थियो। भारतीय सेनाले युद्धबाट जोगिने र सकेसम्म छोटो समयमा ढाका कब्जा गर्ने योजना बनाएको थियो। मुक्तिवाहिनीले देशका अन्य भागमा पनि पाकिस्तानी सेना विरुद्धको युद्धमा भारतीय सेनाले मुक्तिवाहिनीलाई ठूलो सहयोग प्रदान गरेको थियो।
बङ्गलादेशको कठिन भू-भागको बावजुदपनि युद्धको विजय तुलनात्मक रूपमा छिटो भएको छ। ढाकालाई दुई हप्ताको अवधिमा स्वतन्त्र गरिएको थियो। मुक्तिवाहिनीलाई प्रत्यक्ष र अप्रत्यक्ष रूपमा भारतीय सेनाले ठूलो सहायता प्रदान गरेको थियो। ढाकाको केन्द्रीय भूभागमा भएका थुप्रै सफल आक्रमण र पाकिस्तान समर्थक, बङ्गाली विरोधी तथा पूर्व पाकिस्तानका पूर्व राज्यपाल मोनेम खानको हत्याले मुक्ति सेनाका छापामारहरूको प्रभावकारिता र क्षमता प्रमाणित गरेको थियो।
सन् १९७१ को डिसेम्बर १६ मा मिरपुर पुल नजिकै पाकिस्तान सेनाका १४ डिभिजनका मेजर जनरल जमसेदले भारतीय जनरल नाग्रालाई आत्मसमर्पण गरेका थिए। राति १०ः४० बजे भारतीय सेना र कादर सिद्दीकीको सेना ढाकामा प्रवेश गरेका थिए। यसले औपचारिक रूपमा ९ महिने युद्धको अन्त्य भएतापनि देशको कुनै-कुनै भागमा अझै पनि युद्ध भैरहेका थिए।
पाकिस्तानी सेनाका पूर्वी क्षेत्रीय सेनापति जनरल अमिर अब्दुल्लाह खान नियाजीले भारतीय-बङ्गलादेशी संयुक्त सेनाका सेनापति तथा भारतीय सेनाको पूर्वी क्षेत्रका सेनापति जगजित सिंह अरोरा समक्ष आत्मसमर्पण गरेका थिए। सो अवसरमा बङणगलादेशका तर्फबाट समूह कप्तान अब्दुल करिम खन्दोकार उपस्थिती रहेको थिए।