![]() | |
लेखक | महाकवी लक्ष्मीप्रसाद देवकोटा |
---|---|
आवरण कलाकार | टेकवीर मुखिया |
देश | नेपाल |
भाषा | नेपाली |
विषय | कविता |
प्रकार | खण्डकाव्य |
प्रकाशक | साझा प्रकाशन |
आइएसबिएन | 978-99933-2-690-8 |
मुनामदन महाकवि लक्ष्मीप्रसाद देवकोटाद्वारा लिखित एक खण्डकाव्य हो । मुना मदन झ्याउरे लयमा आधारित कविता हो जुन नेपाली साहित्यको सबैभन्दा प्रख्यात कृति हो। मुना मदनलाई लिएर सन् १९५९मा आफ्नो मृत्यु अघि उनले भनेका थिए म मरेपछि मेरा सबै कृति जलाईदिए पनि मुना मदन चाही नजलाउनु भनेका हुन्। मुना मदन अहिलेसम्मकै सबैभन्दा धेरै बिक्रि भएको पुस्तक हो।
मुना मदन एक कारुणिक खण्डकाव्य हो, जसले मुना र मदनको बिछोडको प्रेम कथाको बर्णन गर्दछ। मदन धन कमाउनको लागि ल्हासा जान्छन् र फर्कने क्रममा बाटोमा बिरामी हुन्छन्। बिरामी मदनलाई बीच बाटोमै छोडेर उसका साथिहरू आउछन र मदनको मृत्यु भएको कुरा भन्छन्। यो कुराले मुनालाई निकै पीडा हुन्छ। यहि पीडा सहन नसकी शोकमै मुनाको मृत्यु हुन्छ। उता मदनलाई बाटोमा अलपत्र रूपमा एक जना भोटेले फेला पार्छन। उनले मदनको खुबै स्याहार गर्छन (त्यस बेला मदनले भन्छन्" क्षत्रिको छोरो यो पाउ छुन्छ घिनले छुँदैन,मानिस ठूलो दिलले हुन्छ जातले हुदैन") र जब मदन निको भएर घर फर्कन्छ , त्यो बेला उसको परिवार मूना र आमाको मृत्यु भएको खबर सुनेर ऊ मर्माहत हुन्छ।अनि आफू पनि मर्छ ।
मुना मदन देवकोटाका सबैभन्दा लोकप्रिय र सबैभन्दा पहुँचयोग्य कृतिहरू मध्ये एक हुन्। आधुनिक नेपाली कविताको परिचयको रूपमा यो नियमित रूपमा विद्यालयहरूमा अध्ययन गरिन्छ र यसको प्रकाशक, साझा प्रकाशनको लागि सर्वाधिक बिक्री हुने कृति बनेको छ। नेपाली भाषा र संस्कृतिमा यसको प्रभाव सायद अतुलनीय छ, धेरै छंदबद्ध पङ्तिहरू नेपाली स्थानीय भाषामा हितोपदेशको रूपमा प्रयोग गरिएका छन्। [१]