मोबिकम निगम | |
---|---|
सुरुवात | १८ मार्च १९९७ |
देश | मङ्गोलिया |
प्रधान कार्यालय | उलानबटोर |
वेबसाइट | www.mobicom.mn |
मोबिकम निगम (मङ्गोल: Мобиком Корпораци) एसियाली राष्ट्र मङ्गोलियाको सबैभन्दा ठूलो दूरसञ्चार प्रदायक कम्पनी हो। यो मङ्गोलियाको जेठो दूरसञ्चार कम्पनी पनि हो जसको स्थापना १८ मार्च १९९६ मा भएको थियो। त्यतिबेला यसका कुल १० लाख ३० हजार ग्राहकहरू रहेका छन्। यो तीनवटा कम्पनीद्वारा संयुक्त पूँजी कम्पनीको रूपमा स्थापना भएको थियो जसमा न्यूकम समूह, जापानको सुमिटोमो र केडिडिआई समावेश छन्।
हाल मोबिकम निगमले संस्था र व्यक्तिगत प्रयोगकर्ताहरूलाई दूरसञ्चार, आपसी जडान, इण्टरनेट, भूउपग्रह सञ्चार र सञ्जाल पूर्वाधारहरूका लागि आधारभूत सेवाहरू प्रदान गर्दछ। मोबिकम निगमले हाल ६४ सेवा प्रदायक, २२०० ठेकेदार वितरक र १०,००० भन्दा बढी मोबाइल विक्रेताहरूलाई सेवा प्रदान गरिरहेको छ।[१]
मोबिकम निगमले सन् २०११ देखि, आइएसओ ९००१: २००८ सुरक्षा व्यवस्थापन प्रणाली र आइएसओ २७००१: २००५ गुण व्यवस्थापन प्रणाली मानक लागू गर्दै आइरहेको छ। राजधानीमा रहेको प्रधान कार्यालयसँग काम गर्न, सार्वजनिक सेवाको लागि निजी क्षेत्रको उत्तम व्यवस्थापन र प्राविधिक समाधानको लागि काम गर्न, महानगरीय नागरिक सूचना केन्द्रबाट नागरिकहरूको प्रतिक्रिया लिन, महानगरपालिका सूचना केन्द्रबाट प्रतिक्रिया बुभाउन र सहर अधिकारीहरूको निर्माताहरू र सामाजिक बीमा सन्दर्भ सेवाहरूमा पहुँच बृद्धि गराउन यसले उल्लेखनीय भूमिका निर्वाह गर्दै आइरहेको छ।[२] मानकीकरणका लागि अन्तर्राष्ट्रिय सङ्गठनले (आइएसओ) मोबिकम निगमका लागि अन्तर्राष्ट्रिय गुणस्तर प्रमाणपत्र पुनः जारी गरेको थियो। मोबिकम निगम आइएसओ ९००१: २००८ प्रमाणपत २६ जून २०१४ देखि थप ३ वर्षको लागि नवीकरणीय गरिएको थियो।
मोबिकम निगमसँग सामाजिक जिम्मेवारी कार्यक्रमहरूको विशाल अनुभव छ। यसको स्थापना कालको १८ वर्ष देखि सामाजिक उत्तरदायित्वको रूपरेखा भित्र यसले ३.६ बिलियन तोगरोग खर्च गरिसकेको छ।
१) यसले विमोसप्र र डब्ल्यूसिडिएमए लगायतका लोकप्रिय दूरसञ्चार सेवाहरू सञ्चालन गर्दै आइरहेको छ र विश्वका १७६ वटा देशहरूमा यसले ५०० वटा दूरसञ्चार कम्पनीहरूसँग सहकार्य गरी रोमिङ सेवा पनि सञ्चालन गर्दछ।
२) एकीकृत इण्टरनेट तथा भूउपग्रह सञ्चार सुविधा पनि यसले प्रदान गर्दछ।
३) यसले मङ्गोलियाली बजारमा आइफोन, सामसुङ, नोकिया, ब्ल्याकबेरी र सोनी ब्राण्डका विभिन्न किसिमका मोबाइल बिक्रीवितरण गर्दछ।
४) मोबिकमले साँढे तेस्रो पुस्ता सञ्जाल सन् २००९ मा सुरुवात गरेको थियो भने एचएसपिए पनि सञ्चालन गर्दछ।