![]() | ||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
व्यक्तिगत जानकारी | ||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|
नाम | मोहम्मद जुनायेद सिद्दिकी | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
जन्म | राजशाही, बङ्गलादेश | ३० अक्टोबर १९८७|||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
उपनाम | इमरोज | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
उचाई | १.८५ मी (६ फिट १ इन्च) | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
ब्याटिङ | बायाँ हाते ब्याट्सम्यान | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
बलिङ | दायाँ हाते | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
भूमिका | ब्याट्सम्यान | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
अन्तर्राष्ट्रिय जानकारी | ||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
राष्ट्रिय टोली | ||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
टेस्ट पदार्पण (क्याप ४८) | ४ जनवरी २००८ विरुद्ध न्युजिल्यान्ड | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
अन्तिम टेस्ट | ४ जुन २०१० विरुद्ध इङ्ल्यान्ड | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
ओडिआई पहिलो खेल (क्याप ८५) | २६ डिसेम्बर २००७ v न्युजिल्यान्ड | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
अन्तिम एकदिवसीय अन्तर्राष्ट्रिय | १९ अगष्ट २०११ v जिम्बाब्वे | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
टिट्वान्टी पहिलो खेल | २० सेप्टेम्बर २००७ v पाकिस्तान | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
अन्तिम टिट्वान्टी अन्तर्राष्ट्रिय | २ अगष्ट २००९ v वेस्ट इन्डिज | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
घरेलु टोली जानकारी | ||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
वर्ष | टिम | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
२००३–हाल | राजशाही | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
२०१२ | दरन्त क्लब | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
२०१३ | रङ्पुर राइडर्स | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
२०१५–हाल | सिलेट सुपर स्टार्स | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
खेल जीवन तथ्याङ्क | ||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| ||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
स्रोत: क्रिकइन्फो, १४ डिसेम्बर २०१३ |
मोहम्मद जुनायेद सिद्दिकी (बङ्गाली: জুনায়েদ সিদ্দিকী; जन्म: ३० अक्टोबर १९८७) पाकिस्तानी वंशका एक बङ्गलादेशी क्रिकेट खेलाडी हुन्। जुनायेदका बुबा र हजुरबुबा पाकिस्तानको पञ्जाब प्रदेश अन्तर्गत सियालकोटका हुन् भने उनीहरू बङ्गलादेश स्वतन्त्रता अभियान हुन भन्दा अघि सन् १९६८ मा पूर्वी पाकिस्तानमा (हाल बङ्गलादेश) बसाइँसराइ गरेका थिए। जुनायेद उनको उपनाम इमरोजबाट पनि परिचित छन्। उनी मुख्यतया देब्रे हाते ब्याट्सम्यान हुन् भने कहिलेकाँही उनले बलिङ पनि गर्ने गर्छन्। जुनायेदले सन् २००३-०४ संस्करणको लिग खेलमा राजशाही विभागबाट घरेलु क्रिकेट प्रतिस्पर्धामा पर्दापण गरेका थिए भने उनले सन् २००६-०७ संस्करण सम्म पनि उक्त घरेलु प्रतिस्पर्धामा भाग लिएका थिए। सन् २००७-०८ बङ्गलादेश विरुद्ध न्युजिल्याण्डको टेस्ट र एकदिवसीय अन्तर्राष्ट्रिय शृङ्खलामा जुनायेदले अन्तर्राष्ट्रिय क्रिकेट खेलमा पर्दापण गरेका थिए।
सिद्दिकीले सन् २००४-०५ संस्करणमा पहिलो दर्जाको क्रिकेटमा उनले चिट्टग्राम विभागको प्रतिनिधित्व गर्दै खुलना विभागको विरुद्धमा एक शतक रन जोड्न सफल भएका थिए भने उक्त खेलमा उनले १०४ रन बनाएका थिए।[१] उनी सन् २००६-०७ को संस्करणमा पनि खेलेका थिए। सिद्दिकीले सेप्टेम्बर २००७ मा बङ्गलादेशका लागि ट्वान्टी २० अन्तर्राष्ट्रिय विश्वकपमा पर्दापण गरेका थिए। उनले उक्त खेलमा ७१ रन बनाउन सफल भएका थिए सन् २०१० मा सिद्दिकीले भारत र बङ्गलादेश बीचको खेलमा अर्ध शतक रन बनाउन सफल भएका थिए। सन् २०१७-१९ ढाका प्रिमियर विभागीय क्रिकेट प्रतियोगितामा सिद्दिकीले ब्रदर्स युनियनको प्रतिनिधित्व गर्दै १३ खेलमा अन्य खेलाडीले भन्दा सर्वाधिक ५४२ रन बनाउन सफल भएका थिए।[२] सन् २०१८-१९ बङ्गलादेश राष्ट्रिय क्रिकेट लिगमा सिद्दिकीले राजशाही विभागको प्रतिनिधित्व गर्दै ६ खेलमा कुल ४०४ रन बनाउन सफल भएका थिए।[३] सन् २०१८ अक्टोबरमा आगामी बङ्गलादेश प्रिमियर लिगको संस्करणका लागि खेलाडी किनबेच तथा लिलामी अन्तर्गत उनी खुलना टाइटन्समा आवद्ध भएका थिए।[४] सन् २०१८-१९ बङ्गलादेश प्रिमियर लिगको संस्करणमा सिद्दिकीले १२ खेलमा कुल २९८ रन बनाएका थिए जसका कारण उनी उक्त प्रतियोगिताकै सर्वाधिक रन बनाउने खेलाडी बन्न सफल भएका थिए।[५]
सन् २००७ डिसेम्बरमा बङ्गलादेश र न्युजिल्याण्ड बीच टेस्ट र एकदिवसीय अन्तर्राष्ट्रिय शृङ्खला खेलमा सिद्दिकी पनि राष्ट्रिय टोलीमा पर्न सफल भएका थिए।[६] २६ डिसेम्बर २००७ का दिन सिद्दिकीले एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा पर्दापण गरेका थिए जहाँ उनको पहिलो खेलमा उनले १३ रन बनाएका थिए। ४ जनवरी २००८ का दिन सिद्दिकीले टेस्ट क्रिकेटमा बङ्गलादेश राष्ट्रिय टोलीबाट न्युजिल्याण्ड विरुद्ध पर्दापण गरेका थिए जहाँ उनले ७४ रन बनाउन सफल भएका थिए भने तामिम इकबाल र सिद्दिकीले १६१ रनको साझेदारी गरेका थिए जुन पहिलो टेस्ट खेल्ने खेलडीहरूले बनाएको तेस्रो सर्वाधिक अङ्क थियो।[२] फेब्रुअरीमा सिद्दिकीले दक्षिण अफ्रिका र बङ्गलादेश बीचको खेलमा ७४ रन बनाउन सफल भएका थिए। सन् २०१० मा आयरल्यान्डको विरुद्धमा उनको पहिलो एकदिवसीय शतक बनाउन सफल भएका थिए। सन् २०११ को विश्वकपमा सिद्दिकीले खराब प्रदर्शन गरेका कारण बङ्गलादेश र अस्ट्रेलिया बीचको खेल शृङ्खलामा उनी छनोट भएका थिएनन्।
<ref>
tag; name "stats.cricinfo.com" defined multiple times with different content