चित्र:MAPS.ME logo.png | |
![]() | |
मूल सम्पादक(हरू) | युरी मिल्नीचेक,अलेक्जेण्डर बोरसुक , भिक्टोर गोभाको, सियारहेई र्याटिट्सकी |
---|---|
निर्माणकर्ता (हरू) | म्याप्स विथमी जिएमबिएच, माई डटकम |
मौलिक संस्करण | सन् २०११ |
स्थिर संस्करण | ९.४.४
/ अक्टोबर २०१९ |
भण्डारण | |
प्रोग्रामिङ भाषा | सि++, अब्जेक्टिभ-सि, जाभा |
सञ्चालन प्रणाली | एन्ड्रोइड, आइओएस, ब्ल्याकबेरी |
आकार | १३७ एन्ड्रोइड[१] / १७४ आइओएस[२] |
अनुमति पत्र | अपाचे अनुमतिपत्र २.०[३] |
वेबसाइट | maps |
म्याप्स डटमी (पूर्व म्याप्स विथमी) एन्ड्रोइड, आइओएस र ब्ल्याकबेरीको लागि मोबाइल अनुप्रयोग हो जसले ओपन ष्ट्रिट म्यापको आँकडा प्रयोग गरी अफलाइन नक्सा प्रदान गर्ने गर्दछ। नोभेम्बर २०१४ मा, यसलाई बहुप्रतिष्ठित रूसी कम्पनी मेल डटरू समूहले अधिग्रहण गरेको थियो र यो माई डटकम ब्राण्डको एक भाग बनेको थियो। सेप्टेम्बर २०१५ मा, यस अनुप्रयोगलाई स्वतन्त्र स्रोत बनाइएको थियो।[४] सुरुमा, सम्पूर्ण टोलीले यस अनुप्रयोगलाई बेलारुस र स्वीट्जरल्याण्डमा विकास गरेका थिए। म्याप्स डटमी युरी मिल्नीचेक, अलेक्जेण्डर बोरसुक, भिक्टोर गोभाको र सियारहेई र्याटिट्सकीद्वारा स्थापना गरिएको थियो। अलेक्जेण्डरको नेतृत्वमा म्याप्स डटमीले पहिलो पटक बीस लाख पचास हजार प्रयोगकर्ता हासिल गरेको थियो। नोभेम्बर २०१३ देखि अप्रिल २०१६ सम्म युरी मिल्नीचेकले यस परियोजनाको नेतृत्व गरेका थिए र त्यस पछि, एभजेनी लिसोभोस्की उनको पद सम्हालेका थिए।[५] सन् २०१७ को सुरुमा यस अनुप्रयोगको दर्शन परिवर्तन गरिएको थियो।[६]
१) अफलाइन नक्सा आँकडा (अनुकूलन सङ्कुचित ढाँचा) जुन प्रति महिना लगभग १-२ पटक अद्यावधिक गरिन्छ।[७]
२) विश्वव्यापी स्थान-निर्धारण प्रणालीको समर्थन
३) अफलाइन खोजी (नाम, स्थान, श्रेणी र निर्देशाङ्कका आधारमा)
४) पैदल र कारहरूका लागि अफलाइन मार्ग
५) नक्सा सम्पादन
६) बुकमार्कहरू
७) स्वत-पछ्याउने शैली
८) स्थान तथा बुकमार्क साझेदारी
९) केएमएल आयात
यो अनुप्रयोग सुरुवातमा स्वीट्जरल्याण्डको जुरिचमा आधारित म्याप्स विथमीले विकास गरिएको थियो र यसको विकास कार्यालय बेलारूसको राजधानी मिनस्कमा पनि रहेको थियो।
सन् २०१२ मा, म्याप्स विथमी लिथुआनियाको राजधानी भिल्नियसमा आयोजित स्टार्टअप मासिक प्रतियोगितामा प्रथम भएको थियो।[८] टोलीले सिलिकन उपत्यमा नौ-हप्ता प्रशिक्षण पुरस्कारको रूपमा जितेका थिए।
नोभेम्बर २०१४ मा, म्याप्स डटमीलाई रूसी कम्पनी मेल डटरूले अधिग्रहण गरी माई डटकमसँग एकीकृत गरेको थियो र अनुप्रयोगलाई नि:शुल्क बनाइएको थियो।[९] यस परियोजनामा काम गरिरहनका लागि प्राविधिक टोली मस्कोमा रहेको मेल डटरूको कार्यालयमा पुन स्थानान्तरण गरिएको थियो।
म्याप्स डटमीका सबै आँकडाहरू संसारको नि: शुल्क सम्पादन योग्य नक्सा सृजना गर्न एक सहयोगी परियोजना ओपन ष्ट्रिट म्यापद्वारा साभार गरिएको छ।
यसको अतिरिक्त, बुकिङ डटकमको साथ साझेदारीमा यसले होटेलहरूको पनि प्रस्तावि गर्दछ।[६]
अनुप्रयोगमा प्रयोग भएका प्रविधिहरू
सी++ अब्जेक्टिभ-सी जाभा एन्ड्रोइड एनडिके क्युट ओपन जिएल इएस
म्याप्स डटमीले नि:शुल्क रूपमा दुबै व्यवसायीक र व्यक्तिगत प्रयोगको लागि एपिआई प्रदान गर्दछ।