याहु! स्पोर्ट्स (अनुवाद: याहु! खेलकुद) एक खेल समाचार वेबसाइट हो जसलाई ८ डिसेम्बर १९९७ मा, बहुराष्ट्रिय अमेरिकी इन्टरनेट निगम याहु!द्वारा सुरू गरिएको हो थियो। यसले स्ट्याट्स निगमबाट यसको धेरैजसो जानकारी प्राप्त गर्दछ। यसले असङ्ख्य लेखकहरूलाई रोजगारी दिनुका साथ साथै यसको मञ्चमा लगभग प्रत्येक उत्तर अमेरिकी प्रमुख खेलहरूको टोली पृष्ठहरू समावेश छ। याहु! स्पोर्ट्सको सुरु हुनुभन्दा पहिले, वेसाइटका केहि सामग्रीहरूलाई याहु! अङ्कपाटीको रूपमा चिनिन्थ्यो।
सन् २०११ देखि २०१६ सम्म, याहु खेलकुद ब्रान्ड अमेरिकी खेल रेडियो सञ्जालको लागि प्रयोग गरिएको थियो। यस सञ्जाल हाल एसबी राष्ट्र रेडियोको रूपमा चिनिन्छ।
याहु! स्पोर्ट्सको इतिहास सम्बन्धित महत्त्वपूर्ण मितिहरू
८ डिसेम्बर १९९७: याहु! स्पोर्ट्सको आरम्भ भएको थियो।[२]
१७ जनवरी २००३: याहु! स्पोर्ट्सको वेबसाइटलाई पहिलो पटक नयाँ शैलीमा प्रस्तुत गरिएको थियो।[३]
८ फेब्रुअरी २००६: याहु! स्पोर्ट्सले यसको आफ्नो छुट्टै आधिकारिक ब्लगलाई सञ्चालनमा ल्याएको थियो। [४]
८ मे २००६: याहु! स्पोर्ट्सले राष्ट्रिय हकी लिगका खेलहरूको प्रत्यक्ष रूपमा प्रसारण गर्न सुरु गरेको थियो।[५]
३० मे २००६: याहु खेलकुदले यसको परीक्षण संस्करणको वेबसाइटलाई सञ्चालन गरेको थियो। ।[६]
१ फेब्रुअरी २००७: याहु! स्पोर्ट्सले गृह पृष्ठमा परिवर्तन गरेको थियो।[७]
१ फेब्रुअरी २००७: याहु! स्पोर्ट्सको परीक्षण संस्करणको वेबसाइटलाई निष्क्रिय पारिएको थियो।
२१ जुन २००७: याहु! स्पोर्ट्सले राइभल्स डटकमको अधिग्रहण गरेको थियो।[८]
११ जनवरी २०११:यसले स्पोर्ट्स फ्यान डटकमसँग सहकार्य गरेको थियो। [९]
२६ अगस्ट २०१३: यसले गृहपृष्ठमा परिवर्तन गरी कालो पृष्ठभूमी राखेको थियो जसले गर्दा यसले विभिन्न प्रकारका नकारात्मक प्रतिक्रियाहरू प्राप्त गरेको थियो। [१०][११]
२९ जनवरी २०१६: याहु! स्पोर्ट्सले बास्केटबल खेलसँग सम्बन्धित एनबिएका समाचारहरूका लागि स्तम्भ खडा गरेको थियो।
१३ जुन २०१७: भरिजोनले यसको नियन्त्रण गरेको थियो।
११ डिसेम्बर २०१७: भरिजोन र एनएफएलले स्थानीय खेलहरूको प्रसारण गर्नका लागि सम्झौतामा हस्ताक्षर गरेका थिए।