रमेश क्षितिज (अङ्ग्रेजी: Ramesh Kshitij) नेपाली साहित्यको समकालीन धारा (२०४० पछि) का सशक्त साहित्यकार हुन्। कविता विधाततर्फ मात्र नरहेर कथा र गीतलेखनतर्फ पनि त्यत्तिकै सक्रिय र उत्कृष्टता प्रदान गर्न सफल क्षितिज कविका रूपमा चिनिन्छन्। समसामयिक नेपाली कविताका टड्कारो सुनिने स्वरहरूको पंक्तिमा उनी सबैभन्दा अगाडि उभिने सामर्थ्य राख्छन्।[१]
सन् १९६९ मा सल्यान जिल्लामा जन्मिएर जीवनका बाल्यकालिन समय दाङकोहेकुली गाविसको मिरौलीमा बिताएका क्षितिजले कक्षा ४मा पढ्दा पहिलो पटक कविता र कक्षा ६ मा पढ्दा नाटक लेखेका थिए। सिद्धजनता मावि, श्रीगाउँबाट प्रवेशिकासम्मको शिक्षा लिई उच्च शिक्षा अध्ययन नेपाल ल क्याम्पस, काठमाडौंबाट शुरु गरी त्रिभुवन विश्वविद्यालयबाट स्नातकोत्तर (एल.एल.एम) पुरा गरे।
स्वेच्छिक अवकाश लिएर घर फर्किरहेको पूर्व लडाकुले
बिर्सिहिँडेछ बाटोछेउको झुपडीजस्तो चियापसलमा
पसिना पुछेर राखेको रुमाल।
वि.सं. २०५६ सालबाट सरकारी सेवामा प्रवेश गरेका क्षितिज विशेषतः कविता, गीत तथा कथा विधामा कलम चलाउछन्। स्थानिय विकास अधिकारीका रूपमा दूरदराजका गाउँहरूमा विकास निर्माणका काममा संलग्न हुन, जनयुद्धले क्षतविक्षत भौतिक संरचनाहरूको पुनर्निर्माण कार्य गर्ने क्रममा अनेकन व्यक्तिको संसर्गमा पुग्दा भेटिएका लडाकु होस वा कुनै प्राकृतिक छटामा, वा विदेश भ्रमणका बेलामा भेटिएका विदेशी मुहारहरू, त्यस बखत उत्पन्न मानवीय भावना, संवेदनालाई कविले आफ्ना कविताहरूमा व्यक्त गरेका छन् :
भोलि – म हुनेछैन तिम्रो सहरमा
फर्किनेछु आफ्नै देश जसरी फर्किन्छ बतास
सुस्तरी छोएर चेरीका फूलहरू
जसरी फर्किन्छन् लहरहरू समुद्रका किनारबाट
कि त्यसरी - जसरी फर्किन्छ साँझको पक्षी आफ्नै गुँडमा
“
”
"टोकियोमा एक दिन", (घर फर्किरहेको मानिस)
"तिर्खाएको काकाकुल सरी भएँ, कुनै नमिठो भुल सरी भए.." राजेशपायल राईद्धारा स्वरबद्ध यो गीत २०४७ सालमा रेडियो नेपालमा पहिलोपल्ट रेकर्ड भएको थियो। राजेशपायल राईकै आवाजमा अर्को गीत "नमाग मसंग सहारा नमाग, भुईंमा छु आकाशका जुनतारा नमाग .." गीतले वि.सं २०५० सालमा रेडियो नेपालमा क्षितिजलाई सर्वोत्कृट गीतकारको दर्जा दिन सफल भएको थियो।
बटुवा हे मान्छे भन्नु यो संसारमा
जुनजस्तै चम्की हिड अन्धकारमा
बग्छ आँशु एकान्तमा बगी जान देऊ
खुशी तर बोकी हिड अनुहारमा
"क्षितिज" गीति एलबममा समावेश गरिएको अन्जु पन्तको स्वरमा रहेको यो गीतले भनेजस्तै आफ्ना सिर्जनाहरूमा आशा, दार्शनिक चेतना, नयां विचार एवम सकारात्मक भावना जगाउने आशावादी सन्देश दिन चाहने क्षितिजका करीब १०० गीत रेकर्ड भैसकेका छन् भने रेडियो नेपालमामात्र २५ वटा गीत रेकर्ड भएका छन्।[२]
कुभिण्डे दह
राजकुमारीजस्ती युवती जून
ओर्लिन्छे आकाशबाट
कहिले यो कुना, कहिले ऊ कुना
रातभरि नुहाइरहन्छे
यो पोखरीमा - निर्वश्त्र, निर्वश्त्र !
जुनेलीको जादुगरी छडीले छोएर
बिउँझाउँछे
छेउमा सुतेको राजकुमार पहाड
र बिहानीको रेसमी रुमाल सुकाएर डाँडामा
हराउँछे आफू - कहाँ हो कहाँ !
दिनभरि झोक्राएर पहाड
हेरिरहन्छ यही ऐनामा अनि
आफ्नो उदास अनुहार !
१. अर्को साँझ पर्खेर साँझमा, पहिलो मुद्रण २०५७, दोस्रो मुद्रण २०६९
२. घर फर्किरहेको मानिस[३]वेब्याक मेसिनअभिलेखिकरण २०१५-०४-१९ मिति[४],पहिलो मुद्रण भाद्र २०६९, दोस्रो मुद्रण पौष २०६९, तेस्रो मुद्रण २०७०
मिति २०६९ साल माघ २७ गते धरानमा प्रशंसकहरूमाझ कविता वाचन गर्दै कविदर्शकदीर्घा
"त्यसो त, कवि बुद्धजस्तै हुन्छ र कविता लेखन एकप्रकारको विपश्यना नै हो। बुद्धजस्तो कविले ध्यानजस्तो लेखनमार्फत भेटेका काव्यिक आर्यसत्यहरूले मानिसको हृदयलाई हल्लाएर जाने अचम्मको क्षमता बोकेका हुन्छन्। कविताको एक हरफले जीवनको बाटो बदलिन सक्छ। कविताको एक पंक्तिले आन्तरिक शक्ति र अथाह उर्जा भरिदिन सक्छ"[११]। ~ (पहिलो प्रेम र प्रिय कविताको आत्मकथा, घर फर्किरहेको मानिसबाट) भन्ने तपस्वीजस्ता लाग्ने उनै सन्त कवि रमेश क्षितिजका गीत कविता तथा कथाहरू पढिसकेपश्चात मिति २०६९मा स्थापित प्रशंसकहरूको समूह हो "फ्यान क्लब अफ रमेश क्षितिज (Fan Club of Ramesh Kshitij)"।[१२],[१३],[१४],[१५] यस क्लबले मिति २०६९ साल माघ २७ गते होटल रत्न इन, धरानमा कविका एकल कविता वाचन कार्यक्रम "क्षितिजका कविताहरूसंग हामी" आयोजना गरेको थियो। यस विधामा कुनै पनि साहित्यिक सङ्गठनमा आबद्ध नरहेका प्रशंसकहरूद्धारा यस प्रकारको कार्यक्रमको आयोजना गरिएको राष्ट्रमै पहिलोपल्ट हो।[१६]