![]() रविन्द्र भारती विश्वविद्यालयको प्रवेशद्वार | |
प्रकार | सार्वजनिक |
---|---|
स्थापना | सन् १९६१ |
उप-कुलपति | सब्यसची वासु राय चौधरी |
स्थान | , भारत |
Affiliations | विअआ |
वेबसाइट | www |
रविन्द्र भारती विश्वविद्यालय भारतीय राज्य पश्चिम बङ्गालको राजधानी कोलकातामा अवस्थित यक विश्वविद्यालय हो। कवि रविन्द्रनाथ टैगोरको जन्म शताब्दीलाई चिह्नित गर्नको लागि सन् १९६१ मा पश्विम बङ्गाल सरकारले रविन्द्र भारती ऐन अन्तर्गत ०८ मे १९६२ मा यस विश्वविद्यालयको स्थापना गरेको थियो।[१] यो विश्वविद्यालय टैगोर परिवार निवास, जोरसंको ठाकुर बारीमा स्थित छ।
यस विश्वविद्यालयले स्नातक र स्नातकोत्तर तहमा ललित कला सङ्काय अन्तर्गत कला प्रदर्शन (पर्फर्मिङ आर्ट्स) र दृश्य कला (विजुअल आर्ट्स) कार्यक्रमहरू पढाउँदछ साथै मानविकी, सामाजिक विज्ञान र अन्य विषयहरू कला सङ्काय अन्तर्गत पढाउँदछ।[२]
विश्वविद्यालयका वर्तमान उपकुलपति प्राध्यापक सब्यसची वासु राय चौधरी[३] हुन्, उहाँ सामाजिक वैज्ञानिक तथा राजनीतिक टिप्पणीकारको रूपमा पनि चिनिनुहुन्छ।
२२°३५′०६″उ ८८°२१′३३″पू / 22.58500°N 88.35917°E
![]() |
विश्वविद्यालय तथा शिक्षण संस्थासँग सम्बन्धित यो लेख अपुरो छ। तपाईं यस लेखलाई बढाएर विकिपिडियालाई सहायता गर्न सक्नुहुन्छ। |