रश्मिला शाक्य (जन्म १९८०) पुर्व कुमारी, लेखिका, र सफ्टवेयर इन्जिनियर हुन्। उनले आत्मकथा From Goddess to Mortal: The True Life Story of A Former Royal Kumari लेखेका थिए जसमा शाही कुमारीको जिवनको बारेमा चर्चा गरेकी छिन्।
उनी चार वर्षको हुँदा तलेजु देवीको रूपमा पुजिन्थिन्। [१] उनले सन् १९८४ देखि १९९१ सम्म शाही कुमारीको रूपमा सेवा गरेकी थिईन्। [२] [३]
२०१५ अक्टोबर २ मा पूर्व कुमारी नानिमैया शाक्य, सुनिना शाक्य, अनिता शाक्य, अमिता शाक्य र प्रिती शाक्यसँगै शाक्यलाई काठमाडौं महानगरपालिकाका प्रमुख कार्यकारी अधिकृत रुद्रसिंह तामाङले संस्कृति र धर्मको क्षेत्रमा योगदान पुर्याएको भन्दै नगद र सम्मान प्रदान गरेका थिए । [४] [५]