रामसहाय प्रसाद यादव | |
---|---|
![]() आधिकारिक चित्र | |
नेपालको तेस्रो उपराष्ट्रपति | |
पद बहाली वि.सं. २०७९ चैत ६ | |
राष्ट्रपति | रामचन्द्र पौडेल |
प्रधानमन्त्री | पुष्पकमल दाहाल |
पूर्वाधिकारी | नन्दकिशोर पुन |
वन तथा वातावरण मन्त्री | |
कार्यकाल वि.सं. २०७८ असोज २२ – वि.सं. २०७९ असार १९ | |
राष्ट्रपति | विद्यादेवी भण्डारी |
प्रधानमन्त्री | शेरबहादुर देउवा |
निर्वाचन क्षेत्र | बारा २ |
प्रतिनिधि सभा सदस्य | |
पद बहाली वि.सं. २०७४ फागुन २० | |
पूर्वाधिकारी | रामचन्द्र यादव |
व्यक्तिगत विवरण | |
जन्म | [१] | २४ जुलाई १९७०
राष्ट्रियता | नेपाली |
राजनीतिक दल | जनता समाजवादी पार्टी |
अन्य राजनीतिक संलग्नता | नेपाल सद्भावना पार्टी मजफो-नेपाल जनता समाजवादी पार्टी |
जीवन साथी | चम्पा देवी यादव[२] |
रामसहाय प्रसाद यादव[३][४][५] (Ram Sahaya Prasad Yadav[६] [७]) (जन्म: २०२७ साउन ९) एक नेपाली राजनीतिज्ञ, पूर्व वन तथा वातावरण मन्त्री तथा वर्तमान समयमा नेपालको तेस्रो निर्वाचित उपराष्ट्रपति हुन्।[८] वि.सं. २०७९ चैत्र ३ मा भएको उपराष्ट्रपतिय निर्वाचनमा उनी विजयी भएका थिए।[९]
तत्कालिन मधेशी जनअधिकार फोरमको सामानुपातिक सूचीबाट उनी पहिलो संविधान सभा सदस्य भएका थिए भने वि.सं. २०७४ र २०७९ मा भएको प्रतिनिधि सभा निर्वाचनमा बारा २ बाट निर्वाचित भएर सङ्घीय संसदको सदस्य भएका थिए।[१०][२]
यादवले वि.सं. २०४७ सालमा नेपाल सद्भावना पार्टीमा प्रवेश गरेर आफ्नो राजनीतिक यात्रा सुरु गरेका थिए। पछि उनी मधेसी जनअधिकार फोरमको संस्थापक महासचिव भएका थिए। उनी वि.सं. २०६३-६४ को पहिलो मधेस आन्दोलनमा संलग्न थिए। उनी वि.सं. २०६४ मा उनी पहिलो संविधान सभामा निर्वाचित भएका थिए।[११][२]
यादव शेरबहादुर देउवाको मन्त्रिपरिषद्मा वन तथा वातावरण मन्त्रीको रूपमा काम गरेका थिए।[१२]
बाराको बसवरियास्थित श्री नेपाल राष्ट्रिय प्राथमिक विद्यालयबाट प्रारम्भिक शिक्षा र कचोर्बास्थित श्री जनता निम्न माध्यमिक विद्यालयबाट निमावि तहको शिक्षा । बारा सिम्रौनगढस्थित श्री कंकाली माध्यमिक विद्यालयबाट २०४३ मा प्रवेशिका परीक्षा उत्तीर्ण । बिहार इन्टरमिडियट शिक्षा परिषद् पटना (भारत) बाट सन् १९९० मा विज्ञान/गणित विषयमा प्रविणता प्रमाणपत्र तह (आईएस्सी) उत्तीर्ण । बिहार मुजफ्फरपुरस्थित डा. बाबासाहेब भिमराव अम्वेडकर विश्वविद्यालय अन्तर्गत सीतामढी स्थित एसएलके महाविद्यालयबाट सन् १९९०/९३ मा स्नातक (बीएस्सी) उत्तीर्ण । त्रिभुवन विश्वविद्यालय अन्तर्गत वीरगंजस्थित ठाकुरराम बहुमुखी क्याम्पसबाट वि.सं. २०५५ मा शिक्षा शास्त्र (गणित) मा स्नातक (बीएड) उत्तीर्ण ।
बारा कलैयास्थित पन्नादेवी कन्या माध्यमिक विद्यालयमा वि.सं. २०४८–२०६४ सम्म शिक्षण पेशामा आवद्ध ।
वि.सं. २०४६–२०५२ सम्म सरस्वती नवयुवक क्लबका अध्यक्ष भई नेतृत्वदायी भूमिका निर्वाह ।
वि.सं. २०७८ मा वन तथा वातावरण मन्त्री ।
वि.सं. २०७९ फागुन २७ गते जनता समाजवादी पार्टीका तर्फबाट उपराष्ट्रपतिमा उम्मेदवारी दर्ता । वि.सं. २०७९ चैत ३ गते उपराष्ट्रपतिमा विजयी । वि.सं. २०७९ चैत ६ गते उपराष्ट्रपतिको रुपमा पद तथा गोपनीयताको शपथग्रहण ।
समाज सेवा, पत्रपत्रिका पढ्ने, खेलकूद, संगीत, नयाँ–नयाँ ठाउँको अवलोकन भ्रमण ।