राष्ट्रिय स्वतन्त्र पार्टी | |
---|---|
छोटो रूप | रास्वपा |
सभापति | रवि लामिछाने[१] |
उपसभापति | डोलप्रसाद अर्याल[२] |
प्रवक्ता[३] | मुकुल ढकाल[२] |
स्थापना | २०७९ असार ७ |
प्रमुख कार्यालय | वसुन्धरा, काठमाडौँ |
रङहरू | निलो |
नारा | अब जान्नेलाई छान्ने |
प्रतिनिधि सभामा सिट | २० / २७५
|
राष्ट्रिय सभामा सिट | ० / ५९
|
निर्वाचन चिह्न | |
![]() | |
वेबसाइट | |
rspnepal |
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेपालको एक राजनीतिक दल हो। यसको स्थापना २०७९ असार ७ गते भएको थियो भने यस दल निर्वाचन आयोगमा, २०७९ असार १७ गते दर्ता भएको थियो।[४] यसले प्रतिनिधि सभा निर्वाचन, २०७९मा प्रत्यक्ष तर्फ ७ सिट जितेको थियो। यसको चुनाव चिन्ह गोलाकार भित्रको घण्टी रहेको छ।[५]
रवि लामिछानेले २०७९ असार २ मा ग्यालेक्सी फोरके टेलिभिजनका प्रबन्ध निर्देशक पदबाट राजीनामा दिँदैै प्रतिनिधि सभा निर्वाचन, २०७९ मा चितवन २ बाट चुनाव लड्ने घोषणा गरेका थिए।[६] उनले यसभन्दा अगाडि ७ असार २०७९ मा, २१ सदस्यीय केन्द्रीय समिति सहित राष्ट्रिय स्वतन्त्र पार्टी गठनको घोषणा गरेका थिए। १७ असार २०७९ मा रवि लामिछाने संस्थापक अध्यक्ष र निर्वाचन चिन्हको रूपमा वृत्तभित्रको घण्टीको साथ दल औपचारिक रूपमा निर्वाचन आयोमा दर्ता भएको थियो।[७] सर्वोच्च अदालतको आदेशबाट रवि लामिछाने पदमुक्त भएपछि बसेको राष्ट्रिय स्वतन्त्र पार्टीको आकस्मिक बैठकले डोलप्रसाद अर्याललाई कार्यवहाक सभापतिको जिम्मेवारी दिएको छ ।[८]
दलले प्रतिनिधि सभा निर्वाचन, २०७९मा, १३१ निर्वाचन क्षेत्रमा उम्मेदवार खडा गरेको थियो र प्रतिनिधिसभा सदस्यका लागि बन्द सूची बुझाएको थियो। दलले प्रदेश सभाका लागि कुनै पनि उम्मेदवार खडा गरेको थिएन। दलले प्राथमिक निर्वाचनमार्फत उम्मेदवार चयन गरेको थियो।[९]
दल संवैधानिक समाजवाद र सहभागितामूलक लोकतन्त्रको पक्षमा रहेको छ।[१०] यस दलले यसको कुनै पनि भ्रातृ सङ्गठन र कार्यकर्ताहरू नहुने घोषणा गरेको थियो। दलबाट निर्वाचनका लागि उम्मेदवार छनोट गर्न प्राथमिक निर्वाचन गर्ने र मत दिन्न र अनुपस्थित मतपत्रको व्यवस्थालाई पनि समर्थन गर्ने घोषणा गरेको छ। दलले नेपालका सातै प्रदेशका लागि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री र प्रत्यक्ष निर्वाचित मुख्यमन्त्रीलाई पनि समर्थन गर्दछ।[११]
दलले प्रतिनिधि सभा निर्वाचन, २०७९ निर्वाचनका लागि आफ्नो घोषणापत्रमा वडा अध्यक्षदेखि सङ्घीय सांसदसम्मका निर्वाचित प्रतिनिधिलाई समेट्ने विस्तारित चुनावी वाचापत्रमा निर्वाचित गैरदलीय राष्ट्रपतिको विचारलाई पनि समर्थन गरेको छ र राष्ट्रिय सभाका अध्यक्षले वास्तविक उपराष्ट्रपतिको रूपमा काम गर्ने विचारलाई पनि समर्थन गरेको छ। दलले संवैधानिक निकायमा हुने राजनीतिक नियुक्तिको अन्त्य गर्न माग गर्दै संवैधानिक परिषद् खारेज गरी संवैधानिक निकायमा नियुक्तिका लागि राष्ट्रिय सभाबाट सिफारिस गरी प्रतिनिधि सभाबाट अनुमोदन गर्न माग गरेको छ।[१२] दलले प्रदेश सभा र जिल्ला समन्वय समिति विघटन गर्न माग गर्दै प्रदेशका स्थानीय तहका प्रमुखले निर्वाचित गर्ने प्रदेश परिषद्को पक्षमा उभिएको छ।[१३]
यसले प्रतिनिधि सभा निर्वाचन, २०७९मा, प्रत्यक्ष निर्वाचनको लागि १३१ जना उम्मेदवार खडा गरेको थियो।[१४]
क्र.सं | संसद सदस्य | तस्वीर | निर्वाचन क्षेत्र |
---|---|---|---|
१ | विराजभक्त श्रेष्ठ | काठमाडौँ ८ | |
२ | गणेश पराजुली | काठमाडौँ ७ | |
३ | हरि ढकाल | चितवन १ | |
४ | रवि लामिछाने | चितवन २ | |
५ | शिशिर खनाल | काठमाडौँ ६ | |
६ | सोविता गौतम | काठमाडौँ २ | |
७ | तोसिमा कार्की | ललितपुर ३ | |
८ | स्वर्णिम वाग्ले | तनहुँ १ |
|url=
योजना जाँच गर्ने (सहायता), अनलाइन खबर (नेपालीमा), अन्तिम पहुँच २०७९ असार २८r।