रुक्मी | |
---|---|
संस्कृत उच्चारण | रुक्मी |
वासस्थान | विदर्भ |
सन्तान | रुक्मावती |
रुक्मी (संस्कृत: रुक्मी ) महाभारत महाकाव्य अनुसार विदर्भको शासक थिए। उनी राजा भीष्मकका छोरा र रुक्मिणीका जेठा भाइ थिए।[१] हरिवंशमा रुक्मीलाई किम्पुरुष द्रुमबाट युद्धकलाको शिक्षा दिएको उल्लेख छ। रुक्मी कृष्णसँग शत्रुताको व्यवाहार गर्थे।
राजा भीषमकले छोरी रूक्मणीको विवाह कृष्णसँग गरिदिने विचार गरे। यो कुरा थाहा पाएर रुक्मीले पितासँग आग्रह गरे-"रुकमीको विवाह कृष्णको सट्टा चेदिराज शिशुपालसँग हुनु निकै राम्रो होला।" राजा भीष्मक वृद्ध थिए र राजकुमार रुक्मी जिद्दी थिए। रुक्मीको जिद्दीको कारण शिशुपालसँग नै रुक्मिणीको विवाह हुने पक्का भयो तर रुक्मिणी कृष्णलाई मन पराउँथिन्। कृष्णले रुक्मिणीलाई चेदी राजा शिशुपाललाई दुलहीको रूपमा दिन चाहेको भए पनि कृष्णले रुक्मिणीलाई विदर्भबाट भागाएर रुक्मिणीसँग विवाह गरे। रुक्मीले कृष्णसँग युद्ध गरे तर पराजित भए। जब कृष्णले उनलाई मार्न लागेका थिए, रुक्मिणीले आफ्नो भाइको ज्यान बचाउन बिन्ती गरिन्। कृष्ण सहमत भए र रुक्मीको शीर मुडेर रुक्मीलाई मुक्त गरिदिए। [२]
रुक्मी कृष्णसँग पराजित भएपछि निकै दु:खी भए। नगरमा फर्किएर जान उनलाई लाज लाग्यो। रुक्मी त्यसपछि कहिल्यै विदर्भको राजधानी कुन्दिनापुरी फर्किएनन्। यसको सट्टा उनले कृष्णसँग युद्ध भएकै ठाउँमा कुन्डिनाको पश्चिममा "भोजकट" नामको अर्को नयाँ नगर बनाए र त्यहाँबाट आफ्नो राज्य सञ्चालन गर्न थाले। रुक्मीकी छोरी रुक्मावतीले कृष्णका छोरा प्रद्युम्नसँग विवाह गरिन्। रुक्मावती र प्रद्युम्नका एक छोरा अनिरुद्ध जन्मिएको थियो।[३]
रुक्मीलाई अर्जुन र दुर्योधन दुवैैले उनको घमण्डका कारण कुरुक्षेत्र युद्धमा सहयोगीको रूपमा अस्वीकार गरेका थिए। त्यसकारण, रुक्मीको विदर्भ सेना कुरुक्षेत्र युद्धबाट टाढै रह्यो, कौरवहरू र पाण्डवहरू बीचको भिडन्तमा तटस्थ सेना बन्यो।
पासाको खेलमा देवतालाई धोका दिएर आफ्नो यादव कुलको अपमान गरेको कारण बलरामले राजा रुक्मीको हत्या गरेका थिए।[४]
|doi=
मान जाँच (सहायता)।