रुपे एक भारतीय बहुराष्ट्रिय वित्तीय सेवा र भुक्तानी सेवा प्रणाली हो। भारतीय राष्ट्रीय भुगतान निगम National Payments Corporation of India (NPCI) ले जारी गरेको थियो। [१][२][३] यसलाई भारतीय रिजर्व बैंक (RBI) को घरेलू, खुला र बहुपक्षीय भुक्तानी प्रणाली स्थापना गर्ने दृष्टिकोण पूरा गर्न सिर्जना गरिएको थियो। रुपेले सबै भारतीय बैंक र वित्तीय संस्थाहरूमा इलेक्ट्रोनिक भुक्तानी सुविधा दिन्छ। [४] भारतीय राष्ट्रीय भुगतान निगमले अन्तर्राष्ट्रिय मान्यता प्राप्त गर्न रुपे कार्ड योजनालाई सक्षम बनाउन डिस्कभर फाइनान्सियल, जेसिबीसँग सम्बन्ध कायम राखेको छ। [५][६]
भारतभरका लगभग सबै एटिएमहरूमा रुपे कार्ड स्वीकार गरिन्छ। [७] नेशनल पेमेन्ट्स कर्पोरेशन अफ इन्डिया द्वारा प्रकाशित तथ्यांक अनुसार, रुपे संजाल सञ्जालमा २ लाख एटिएम [८] र २६ लाख भन्दा बढी पोइन्ट अफ सेल ( PoS) टर्मिनलहरू छन्। रुपेकार्ड अधिकांश आन्तरिक भुक्तानी गेटवे र केही अन्तर्राष्ट्रिय भुक्तानी गेटवेहरूमा (अन्य नेटवर्कहरूसँग यसको सञ्जाल मार्फत) अनलाइन स्वीकार गरिन्छ। [९][१०]
पेपालले रुपे कार्ड प्रणालीलाई स्वीकार गर्दछ। [११]अमेजनले सबै रुपे डेबिट कार्डहरू, र कुनै बैंकद्वारा जारी गरिएका रुपे क्रेडिट कार्डहरू स्वीकार गर्दछ। [१२]एप्पलले जुलाई २०२१ मा एप स्टोर र आइट्युन स्टोर मा रुपे डेबिट र क्रेडिट कार्डहरू स्वीकार गर्न थाल्यो। [१३] रुपे कार्डलाई अहिले सम्म पनि एप र गेममा खरिद गर्न गुगल प्लेमा मान्य भुक्तानी विधिको रूपमा स्वीकार गरिएको छैन। [१४]