साइटको प्रकार | |
---|---|
उपलब्ध भाषा |
|
मालिक | आइएसी |
युआरएल | रेफरेन्स.कम |
अलेक्सा क्रम | ![]() |
चालु भएको मिति | फेब्रुअरी 1997 |
रेफरेन्स डट कम (अङ्ग्रेजी: Reference.com) एक अनलाइन विश्वकोश हो जसले जानकारी प्रश्नोत्तरको ढाँचामा प्रदर्शन गर्छ । लेखहरूलाई श्रेणीबद्ध रूपमा सङ्गठन गरिन्छ ।
आइएसीले रेफरेन्स डट कमको अधिग्रहण गर्नु अघि उक्त साइटमा सन्दर्भ सामग्री र उद्धरणको खुलासा गरिन्थ्यो ।
इन रेफरेन्सले फेब्रुअरी १९९७ मा रेफरेन्स डट कमको स्थापना गरेको थियो ।[२] पछि लेक्सिको पब्लिशिङ ग्रूपले साइटको अधिग्रहण गर्यो । सन् २००५ मा रेफरेन्स डट कमले विकिपिडियाका लेखहरूको सङ्ग्रह गर्ने घोषणा गर्यो ।[३] सन् २००७ मा यस साइटलाई इन्टरनेटको दुई सयौँ उत्कृष्ट वेबसाइटको दर्जा दिइयो ।[४] गुगलले कुनै पनि शब्द खोज्दा डिक्शनरी डट कमको परिभाषालाई मान्यता दिएको भएर यसको प्रसिद्धि बढेको थियो । सन् २००९ मा गुगलले आफ्नै अनलाइन शब्दकोश निकाल्नु भन्दा केही समय पहिले डिक्शनरी डट कमको सट्टा आन्सर्स डट कमको परिभाषालाई मान्यता दिन थालेपछि गुगल र डिक्शनरी डट कम बिचको सम्बन्धमा दरार उत्पन्न भएको थियो । कुनैकुनै शब्दहरूको परिभाषा देखाउन गुगलले डिक्शनरी डट कमको नै प्रयोग गर्छ । ३ जुलाई २००८ मा आइएसीले लेक्सिको पब्लिशिङ ग्रूपका साथ थेसौरस डट कम, रेफरेन्स डट कम र डिक्शनरी डट कमको अधिग्रहण गरेको थियो ।[५][६]
रेफरेन्स डट कमले बाह्य स्रोतहरूबाट आफ्नो जानकारी हासिल गर्छ ।[७] यी स्रोतअन्तर्गत अनलाइन शब्दकोश, विश्वकोश, विकिपिडिया लेख र अन्य मेलिङ्ग सूची पर्दछन् ।[८][९]
सन् २०१० मा द वाल स्ट्रीट जर्नलले प्रयोगकर्ता ट्र्याकिङ गर्ने साइटहरूको सूची बनाउँदा रेफरेन्स डट कमले एक चोटीमा नै २३४ ट्र्याकिङ कुकी जडान गरेको खुलासा गर्दै प्रथम स्थान प्राप्त गर्यो ।[१०]