![]() | |
व्यावसायको प्रकार | सार्वजनिक |
---|---|
साइटको प्रकार | जागिर खोज इञ्जिन |
उपलब्ध भाषा | अङ्ग्रेजी |
संस्थापित | सन् २००७ |
मुख्यालयहरू | लाहोर, पाकिस्तान |
संस्थापक (हरू) | मनिष रहमान |
मुख्य व्यक्तिहरू | रासिद अलि (प्रमुख कार्यकारी अधिकृत) |
उद्योग | इन्टरनेट |
सेवाहरू | अनलाइन रोजगारी |
युआरएल | रोजी.पीके |
अलेक्सा क्रम | ![]() ![]() |
व्यवसायिक | हो |
दर्ता | आवश्यक |
वर्तमान स्थिति | चालू |
रोजी डटपीके (उर्दु: روزی) एक पाकिस्तानी रोजगारी वेबसाइट हो। यसलाई सन् २००७ मा मोनस रहमानले स्थापना गरेका थिए भने यसलाई हाल नसिब नेटवर्कक्स निगमले नियन्त्रण तथा सञ्चालन गर्दै आइरहेको छ। रोजी मुख्यतया तल्लोदेखि मध्यम स्तरका कर्मचारीहरूका लागि जागिर खोज्नका लागि प्रयोग गरिन्थ्यो। सन् २०१६ मा, वेबसाइटले पूर्ण रूपमा इण्टरफेस, एल्गोरिदम र लोगो परिवर्तन गरी पुनर्निर्माणमा गरेको थियो।[२] कम्पनीको प्रधान कार्यालय पाकिस्तानको प्रमुख व्यापारीक केन्द्र मध्ये एक लाहोरमा अवस्थित छ। कम्पनीका प्रमुख कार्यकारी अधिकृत रसिद अलि हुन्।
२००५ मा, मनिष रहमानले , आफ्नो अभिभावक कम्पनी नसिब नेटवर्कक्सको लागि जागिरहरू दर्ता गर्नको लागि परीक्षण रोजगार वेबसाइट बनाउने निर्णय गरेका थिए। अन्य धेरै कम्पनीहरूले मोनिसलाई उनीहरूको कम्पनीको उत्पादनहरूलाई विज्ञापनको रूपमा आफ्नो वेबसाइटमा राख्न सम्पर्क गरेका थिए र रहमानले पनि उनीहरूको विज्ञापन नि: शुल्क दर्ता गराइदिएका थिए जसले नसिबको इण्टरनेटमा ट्राफिक वृद्धि गराउनका लागि मद्दत गरेको थियो।[३] त्यस पछि उनले ठूला कम्पनीहरूलाई रेजुमेहरूको लागि खोजी गर्ने क्षमता प्रदान गरे र उनले यसका साथसाथै सफ्टवेयरको साथ आफ्नै कम्पनीको जागिर बोर्डलाई शक्ति प्रदान गर्ने र उनीहरूको लोगोलाई आफ्नो नयाँ वेबसाइटको प्रमुख पृष्ठमा उनीहरूको दाखिला गर्ने अधिकार प्रदान गरे। रोजी भन्ने शब्द एक उर्दू भाषाको शब्द हो जसको नेपालीमा अनुवाद जीवनयापन हुन्छ।
सन् २००७ मा, रोजी डटपिके पूर्ण कार्यकारी अवस्थामा पुग्यो जसले रहमानको नसिबले भन्दा बढी ट्राफिक उत्पादन गरेको थियो। उनले नसीबको आम्दानी र २० लाख अमेरिकी डलर ड्रापर फिसर जुर्भटसन र इप्लानेट भेञ्चर्सबाट बिक्रेता मानिसहरू मार्फत ठूला सहयोगी ग्राहकहरूलाई सेवा दिने काममा प्रयोग गरे, जसमध्ये प्रायजसोले पत्रिकामा जागिरको विज्ञापन गरेका थिए। हाल वेबसाइट त्रिसट्ठी हजार भन्दा बढी कम्पनीहरूले सक्रिय रूपमा वेबसाइट सामग्रीहरू थप्ने गर्दछन् जस बापत उनीहरूले एकल विज्ञापनको लागि २९ अमेरिकी डलर र सेवाहरूको लागि बीस हजार अमेरिकी डलर सम्म भुक्तानी गर्ने गर्दछन्।[३]
सन् २०१३ मा, रोजी डटपिकेले अज्ञात रकमको लागि साउदी रोजगार वेबसाइट मिहिनती डटकमलमई खरीद गरेको थियो। मिहिनती डटकमको अधिग्रहणको बारेमा छलफल गर्दै मोनिसले भने, "हामीले सबै मिहनतीका कर्मचारी तथा रोजगारदाता रोजी डटपिकेको प्रविधि मञ्चमा सार्दै दुबै रोजी डटपिके र मिहनतीलाई समायोजन गरेका छौं। यो गरेर हामीले अन्य धेरै सुविधाहरूको साथ बेच्नका लागि हाम्रो साउदी बिक्री टोलीलाई धेरै शक्तिशाली उत्पादनहरू दिएका छौं।[४]
रोजी डटपिके पाकिस्तानको शीर्ष रोजगारी वेबसाइटको रूपमा सूचीबद्ध गरिएको थियो जसमा ६५,००० भन्दा बढी कम्पनीहरूले रोजगारी दर्ता गरेका छन् जसमध्ये ३२.५३ मिलियन आवेदन प्रशोधन गरिएको छ। यसमा दैनिकी रूपमा ६० लाख अद्वितीय प्रयोगकर्ताहरूले सक्रिय छन्। सन् २०१५ मा, रोजी डटपिकेले भोष्टोक नाफ्ता र पिटन क्यापिटलबाट $६.५ मिलियन डलरको लगानी प्राप्त गरेको थियो, जसले कम्पनीको कुल उद्यम पूँजी कोषलाई ८.५ मिलियन अमेरिकी डलर सम्ममा पुर्यायो। गत एक वर्षमा पाकिस्तानमा ठूला उद्यम पूँजीगत लगानीहरूको श्रृङ्खलामा यो नवीनतम थियो।[५] अल वर्ल्ड नेटवर्कक्समा माइकल पोर्टरले कम्पनीलाई पाकिस्तानको निजी तिव्र वृद्धि हुने कम्पनीहरूको सूचीमा सूचीवद्ध गरेका थिए।[६] अमेरिकी लेखिका, एल्मिरा बायरस्लीले सन् २०१० मा पाकिस्तानको उद्यमशीलता सम्भावनाको आकलन गर्नका लागि पाकिस्तान भ्रमण गरेकी थिइन् र मोनिसलाई उनको सन् २०१५ को पुस्तक "द अदर साइड अफ द वर्ल्ड" मा उद्यमीहरूलाई एक उदाहरणको रूपमा सूचीबद्ध गरेकी थिइन् भने सिलिकन उपत्यका जस्तै बन्न सक्ने भन्दै लाहोर, इस्तानबुल र मुम्बईलाई दावी गरेकी थिइन्।[७]