व्यवसायको प्रकार | सार्वजनिक |
---|---|
संस्थापित | १९९६ मस्को, रूस |
मुख्यालयहरू | , |
मुख्य व्यक्तिहरू | दिमित्रि क्रयुकोभ, विकासकर्ता ओल्गा टुरिसचेभा (कार्यकारी) |
उद्योग | इन्टरनेट, सुशाङ्ख्य सफ्टवेयर |
सहायक कम्पनी(हरू) | र्यामब्लर् लेण्टा डटरू एफिसा गजिता डटरू |
युआरएल | http://www.rambler.ru/ |
र्यामब्लर् (रुसी: Рамблер) एक रूसी खोज इञ्जिन हो र रूसको सबैभन्दा ठूलो वेब पोर्टलहरू मध्ये एक हो।[१] यसलाई र्यामब्लर् मिडिया ग्रुप र प्रोफ-मिडियाले सन् २००६ देखि नियन्त्रण गरेको छ।[२] यो सन् १९९६ मा स्ट्याक लिमिटेडद्वारा सुरुवात गरिएको थियो जसमा सर्जे लाइसाकोभ, डिमित्री क्रुयुकोभ, भ्लादिमिर क्रुयुकोभ, भ्लादिभिर समोइलोभ र अन्य टोली समावेश थिए।
सन् २०१९ मा, रूसको सबैभन्दा ठूलो ऋणदाता, साबरबैङ्कले र्यामब्लर् ग्रूपको ४६.५% भागको अधिग्रहण गरेको थियो जसको उदेश्य भनेको रूसी मिडिया र मनोरञ्जन बजारलाई नेतृत्व गर्ने हो।
र्यामब्लर् सन् १९९६ देखी इण्टरनेटमा सक्रिय छ। सन् २००५ मा र्यामब्लर् मिडिया ग्रुप सार्वजनिक गरिएको थियो भने सन् २००५ मा र प्रुफ-मिडियाले यसको अधिग्रहण गरेको थियो।
१८ जुलाई २००८ मा, गुगलले र्यामब्लर् मिडियाको स्वामित्वमा रहेको बेगुनको अधिग्रहण गर्ने घोषण गरिएको थियो। बेगुन सबैभन्दा ठूलो रूसी प्रासङ्गिक विज्ञापन सेवाहरू मध्ये एक हो जसलाई गुगलले १४० मिलियन अमेरिकी डलरमा अधिग्रहण गर्ने भनिएको थियो तथापि रूसको सङ्घीय एकाधिकार विरुद्धको सेवाले यसलाई प्रतिबन्ध गरेको थियो।[३][४] रूसमा यस खोज इञ्जिनको मुख्य प्रतिस्पर्धी भनेको यान्दिक्स र मेल डटरू हुन्। जुलाई २०१३ सम्म, र्यामब्लर् रूसमा ११अौँ सबैभन्दा बढी लोकप्रिय वेबसाइट हो। यो साइटलाई फेब्रुअरी २०१२ मा विच्छेद भएको भनेर सूचित गरिएको थियो।[५]
र्यामब्लर्ले वेब खोजी, इमेल, समाचार समुच्चयन, ई-वाणिज्य लगायताका विभिन्न इण्टरनेट सम्बन्धित सेवाहरू प्रदान गर्दछ र रूसी मातृभाषा हुनेहरूका लागि विश्वव्यापी रूपमा अन्य सेवाहरू पनि प्रदान गर्दछ।
र्यामब्लर् मिडिया ग्रूपले निम्नलिखित वेब सम्पत्तिहरूको नियन्त्रण गर्दछ।
१) लेण्टा डटरू: अनलाइन रूसी पत्रिका
२) डक्टर डटरू: स्वास्थ तथा चिकित्सकिय सुझावहरू
३) मामा डटरू: अभिभावक सुझावहरू
४) फेर्रा डटरू: कम्प्युटर उपकरणहरूका बारेमा जानकारी
जुलाई २०१३ मा, र्यामब्लर् सबैभन्दा लोकप्रिय रूसी वेबसाइटहरू मध्ये ११अौँ स्थानमा आउन सफल भएको थियो। सन् २०१५ मा र्यामब्लर्का २ करोड ६ लाख ग्राहकहरू रहेका थिए। र्यामब्लर्ले ४ पटक रूनेट पुरस्कार पनि जितेको छ। सिमिलर वेबको हालैको तथ्याङ्क अनुसार हो सबैभन्दा लोकप्रिय वेबसाइटहरू मध्ये १९५ अौँ स्थानमा रहेको छ जसको उछाल दर ४१.०९% रहेको छ र अलेक्सा इन्टरनेटको तथ्याङ्क हेर्ने हो भने यसको विश्वव्यापी क्रम २२१ रहेको छ।[६]