![]() | |
मौलिक संस्करण | डिसम्बर २००८ |
---|---|
सञ्चालन प्रणाली | माइक्रोसफ्ट विन्डोज म्याक ओएस आइओएस एन्ड्रोइड |
उपलब्ध भाषाहरू | अङ्ग्रेजी |
प्रकार | अनलाइन भण्डारण सेवा, फाइल समक्रमण |
वेबसाइट | www |
लाइभ ड्राइभ एक अनलाइन बादल भण्डारण सेवा हो जुन जे२ ग्लोबलको नियन्त्रणमा तथा स्वामित्वमा रहेको छ।[१] कम्पनीले असीमित भण्डारणको प्रस्ताव गर्दछ र सिङ्क भण्डारणको लागि यसमा २,००० गिगाबाइट सम्म ठाउँ उपलब्ध छ। लाइभ ड्राइभले प्रयोगकर्ताहरूलाई मोबाइल फोन र ट्याब्लेटबाट तिनीहरूको आँकडामा पहुँच गर्न सक्षम पार्दछ। हाल लाइभ ड्राइभसँग आइओएस , एन्ड्रोइड , विन्डोज, म्याकओएस र क्रोम सञ्चालन प्रणालीका लागि अनुप्रयोगहरू रहेका छन्।
लाइभ ड्राइभको स्थापना सन् २००८ को अन्तमा एण्ड्र्यु माइकलले गरेका थिए। कम्पनीमा अर्का लगानीकर्ता निकोलस कावेल हुन्।[२]
मे २००९ मा, उत्पादन सुरु भएको तीन महिना पछि, व्यवसायलाई १०० मिलियन अमेरिकी डलरको खरीद बिक्री प्रस्ताव गरिएको थियो। कम्पनीले उक्त प्रस्तावलाई रद्द गर्दै उनीहरूले कम्पनी निर्माण गर्न चाहेको बताएको थियो।
अक्टोबर २००९ मा लाइभड्राइभले अन्तर्राष्ट्रिय सफ्टवेयर वितरक कम्पनी लाइफबोटको साथ वितरण सम्झौताको माध्यमबाट अमेरिकी बजारमा प्रवेश गरेको थियो।
अप्रिल २०११ मा, लाइभ ड्राइभले एक (अप्रिल फुल) भ्रामक श्रव्य दृश्यको सृजना गरेको थियो जसमा कम्पनीले क्युआर कोडहरूको प्रयोग गरेर कागजमा फाइलहरू भण्डारण गरिने भनेर झुठो रूपमा भनिएको छ।[३] यो समाचार सिबीएसको मनी वाचका साथ विभिन्न समाचारका स्रोतहरूले एक सही समाचारको रूपमा लिएका थिए।
१० फेब्रुअरी २०१४ मा, लाइभ ड्राइभलाई जे२ ग्लोबलले खरीद गरेको थियो।[४] लाइभ ड्राइभ, जे२ को व्यवसाय बादल सेवाको एक भाग हो, जसमा ई-फ्याक्स , ई-भ्वाइस , फ्युजमेल, क्यामपेनर, र किप इट सेफ समावेश छन्।[५]
अत्यधिक भण्डारणका लागि सयौं प्रयोगकर्ताहरूको खाताहरू बन्द गरिएसँगै, अगष्ट २०१४ मा लाइभ ड्राइभलाई असन्तुष्ट ग्राहकहरूबाट कानुनी कारवाहीको दायरामा ल्याइएको थियो।[६]
सेप्टेम्बर २०१० मा, लाइभ ड्राइभले उनीहरूको खातामा व्यक्तिगत सङ्गीत र चलचित्रहरूको प्रवाह सेवा थपेको थियो। यसले प्रयोगकर्ताहरूलाई आफ्नै सङ्गीत सङ्ग्रह सुन्न वा टाढाको कम्प्युटरमा उनीहरूका चलचित्र हेर्नका लागि क्षमता प्रदान गरेको थियो। कम्पनीले प्रयोगकर्ताहरूलाई एफटिपि पहुँच र असीमित संस्करण पनि प्रदान गरेको थियो। [७]